सोमबार, मंसिर २३ २०७६
काठमाडौं १०:०५
वासिङटन डिसी 23:20

अन्तर्राष्ट्रिय भारत्तोलक कार्की नेपालमा हुने राष्ट्रिय भारत्तोलन प्रतियोगिता (नेसनल पावर लिफ्टिङ)को लागि नेपाल जाने

विजय थापा २०७६ मंसिर १० गते ०:३८ मा प्रकाशित

डिसी । डिसी क्षेत्रका वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगिताका स्वर्ण पदक बिजेता भारत्तोलक रुप कार्की नेपालमा हुने राष्ट्रिय भारत्तोलन प्रतियोगिता (पावर लिफ्टिङ )को लागि नेपाल जाने भएका छन् ।

तर उनि नेपालमा हुने उक्त प्रतियोगिताको लागि प्रतियोगीको रुपमा प्रतियोगितामा सहभागी हुन् भने जान लागेका हैनन् । उनि आफ्नो मातृभूमिमा आयोजना हुने नेसनल पावर लिफ्टिङ (भारत्तोलन)प्रतियोगिता आफूले हासिल गरेका ज्ञान र शीप को साथै प्रतियोगितालाई गर्न सक्ने सक्दो सहयोगको लागि जाने भएका हुन् ।

बिगत बर्षमा भारत्तोलक कार्की आफ्नो समय निकालेर नेपाल पुगी काठमाडौँ र बुटवल लगायत क्षेत्रमा पुगेर जानेका कुरामा सहयोग गरेका थिए । यस पटक पनि उनलाई समयले साथ दिएमा आफूले सक्रिय भूमिका निर्वाह गर्ने र मेरो कसैलाई आवश्यक परेमा सबैलाई सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन् ।

उनि बिशेष अतिथिको रुपमा प्रतियोगितामा सहभागिता हुने छन् । नेपालबाट पनि उनलाई आउन आग्रह समेत गरेकोले आगामी डिसेम्बर ३ का दिन नेपाल उड्ने भएका हुन् । नेपालमा हुने नेसनल पावरलिफ्टिंग (राष्ट्रिय भारत्तोलन )खेल तथा प्रतियोगितालाई अझ मजबुत र सशक्त बनाउन योगदान दिन ईच्छुक रहेको कार्कीले ईनेप्लिजलाई बताए । नेसनल पावरलिफ्टिंग (राष्ट्रिय भारत्तोलन) प्रतियोगिता जनवरी १२ ,२०२० मा हुदैछ ।

साथै साथीभाईहरुले निम्तो समेत दिएकोले मातृभूमिको लागि सहयोग गर्न पाउनु मेरो अहोभाग्य हो कार्कीले भने । कार्कीले गत अक्टोबर २७ का दिन मास्टर टु ( Master 2 )२२० पाउण्ड तौल समूहमा आयरल्याण्डमा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग आईपिएल प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका थिए भने उनले एटलान्टामा २०१७ मा सम्पन्न वर्ल्ड पावरलिफ्टिंग प्रतियोगितामा मास्टर वान( master 1)प्राप्त गरेका थिए ।

कार्की ड्रग टेस्टेड (कृतिम रुपमा शारीरिक बल वृद्धि गर्न ओखति प्रयोग नगर्ने बिधि ) खेलाडी हुन् ।

प्रतिक्रिया