कति खर्बमा बेचियो कालापानी ?

अनिलभक्त खरेल (स्वतन्त्र पत्रकार)  २०७६ मंसिर ९ गते २३:२४ मा प्रकाशित


अनिलभक्त खरेल (स्वतन्त्र पत्रकार)  ,“सर्पको खुट्टा सर्पले देख्छ ।” भनौ कि “ लाटाको कुरा लाटाकी आमाले बुझ्छे” भने झैं एउटा दलालले अर्को दलालको कुरा नबुझ्ने हुनै सक्दैन । पुरै नबुझेपनि केही हदसम्म भएपनि बुझेकै हुन्छ जत्ति उस्लाई आवश्यक पर्छ । त्यस्तै “एउटा राष्ट्रघातीले अर्को राष्ट्रघातीलाई नचिन्ने कुरा पनि हुन सक्दैन ।” चाहे हाउभाउ हरेर होस्, चाहे व्यवहार हेरेर होस वा चाहे चरित्र हेरेर नै किन नहोस, एक राष्टघाीले अर्को राष्टघातीलाई चिनेकै हुन्छ । अहिले नेपाली जगतमा प्रतिपक्षी दल र सत्तापक्ष बीच कसले बढी राष्ट्रघाती गरेको भन्ने पोल खोलाखोल र हिलो छ्यापा छ्याप हुनुले दुबै पक्ष राष्टघाती हुन् भन्ने पुष्टि गर्दैन र ? हैनभने नेकांका सभापति शेरबहादुर देउवाले “ओलीसंगको भित्री सल्लाहमा भारतले नेपालको भुभाग समेटेर नयाँ नक्सा छापेको हो, भारतले यत्तिकै नक्सा छापेको हैन, ओलीको सहमति बिना भारतले यो नक्सा छाप्न सक्दैन, नेपालको १ इन्च पनि जमिन मिचिन दिनुहुन्न, यसको सबै दोष ओली सरकारले लिनुपर्छ ।” भनेर सरकारमाथि गम्भीर राष्ट्रघाती आरोप लगाउँदा सरकारी पक्षबाट पहिला कोशी सम्झौता, महाकाली सन्धि लागयतका राष्ट्रघाती कदमको जवाफ कांग्रसले देओस् अनि हामी कालापानी ,लिपुलेक र लिम्पियाधुराको जवाफ दिउला भन्नुले कतै यी दुबै राष्ट्रघाती ठहरिएनन् र ? एक राष्ट्रघातीले अर्को राष्ट्रघातीलाई चिनेको ठहरिएन र अब ? के सरकारी पक्षबाट दिइने जवाफ त्यस्तै हो त ? यदि यो कुरा सँचो हो भने यी “घिउ बेचुवा र तरवार बेचुवा” प्रवत्तिकाहरुबाट नेपाल देश सुरक्षित होला त ? चिन्ताको विषय छ ।

हैन भने प्रमुख प्रतिपक्षी दल, सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, आम बुद्धिजीवि र सर्वसाधारण जनतको सपोर्ट हुँदा हुँदै पनि झण्डै १ महिना बित्न लाग्दा पनि नेपाली सरकारी पक्षबाट भारतीय सरकार पक्षसंग मिचिएको भुभागको बारेमा कडा रुपमा प्रस्तुत हुन नसक्नुको कारण के ? सरकार किन खुट्टा कमाइरहेको छ ? कस्ले रोक्यो सरकारलाई ? के सरकारको यस्तो हुतिहारा पाराले गुमेको भूमि फिर्ता होला त ? सरकारको यस्तो रवैयाले भारतले नाकाबन्दीताका लिइएको अडानका कारण जनताको नजरमा राष्ट्रबादीदेखिएका केपी ओलीको राष्ट्रवाद बाँचिरहँला त ?

सरकारको यस्तो रवैयाले भारतले नाकाबन्दीताका लिइएको अडानका कारण जनताको नजरमा राष्ट्रबादीदेखिएका केपी ओलीको राष्ट्रवाद बाँचिरहँला त ?

सरकारकै कारणले गर्दा केपी ओलीको राष्ट्रवाद ,कालापानी, लिपुलेक र लिम्पियाधुरामा आइपुग्दा स्खलित भयो कि भएन ? उनको राष्ट्रवाद लम्पसारवादमा परिणत भयो कि भएन ? यत्ति हुँदापनि भारतीयपक्षसंग कुटनीतिक र राजनीतिक पहल मात्रै हैन कि राष्ट्रसंघमा समेत जानकारी नगराउने हो भने ओलीको राष्ट्रवाद कालापानी, लिपुलेक र लिम्पियाधुरामा आएर समाप्त भयो भनेर भन्ने कि नभन्ने ? उनलाई देशको सीमाभन्दा पनि आफ्नो मन्त्रिमण्डको चिन्ता रहेका रहेछ भनेर किन ओंला नठड्याउने ? के यो अहिले मन्त्रिमण्डलको पुनर्गठन गरेर समय खेर फाल्ने अवस्था हो ? देशको यत्ति ठुलो मुद्धालाई थाँती राखेर बेवास्ता गर्दै परराष्टमन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव शंकरदास वैरागी रुस र सर्वियाको एक साता भ्रमणमा निस्कनुको कारण के ?

देशको यत्ति ठुलो मुद्धालाई थाँती राखेर बेवास्ता गर्दै परराष्टमन्त्री प्रदीपकुमार ज्ञवाली र सचिव शंकरदास वैरागी रुस र सर्वियाको एक साता भ्रमणमा निस्कनुको कारण के ?

कुटनीतिक पहल गरेर विवाद समाधान गर्ने मुख्य जिम्मेवारी पाएका मन्त्री र सचिवनै एक हप्तासम्म विदेशतिर मोजमस्ती गर्न जाने उचित समय हो त ? के यस्ताहरुबाट यो विवाद समाधान होला त ? हैनभने “सीमा बचाऊ नागरिक अभियान” का तर्फबाट अभियानका अभियन्ता पूर्व सचिव डा. द्वारिकानाथ ढुंगेल लगायतकाले सो नक्सा नेपाल सरकार देखि संयुक्त राष्टसंघ सम्म पुर्याउने उद्घोष गर्दा समेत सरकारको मौन व्रत किन र कस्का लागि ? कतै शेरवहादुर देउवाले लगाएको आरोप झै यो सरकारको नै संलग्नता त छैन सो भूभाग भारतमा पार्न ? सरकारको यस्तै मौनताले प्रश्न गर्न मन लाग्छ सरकार कति खर्बमा बेच्यो कालापानी, लिपुलेक र लिम्पियाधुरा ?

के लोकतन्त्र गाण्तन्त्र यस्तै गर्नको लागि ल्याइएको हो ? हैन भने यो १४ वर्षे अवधिमा देश र जनताले महंगी, अन्याय, अत्याचार, भ्रष्टाचार, बलात्कार, घुसखोरी बाहेक के पाए ? के हज्जारौं छोटे राजा पाल्नका लागि मात्रै २४० वर्षे ईतिहासको अन्त्य गरिएको हो त ? हैनभने बार्षिक १२ करोडको खर्चको बारेमा सेतो हात्ती राज्यले पाल्न सक्दैन भनेर रत्नपार्कको भित्ता रंग्याउने, रत्नपार्कका रेलिड भाच्नेहरु अहिले खर्बौ रकम राज्यबाट दोहन हुँदा कुन दुलामा छन् ? राजतन्त्र फालेपछि राज्यबाट २ खर्ब रुपैया त सेना समायोजन तथा हतियार व्यवस्थापन र संविधान निर्माणमा नै खर्च भैसकेको छ ।

राजतन्त्र फालेपछि राज्यबाट २ खर्ब रुपैया त सेना समायोजन तथा हतियार व्यवस्थापन र संविधान निर्माणमा नै खर्च भैसकेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता परिवारको छानवीन आयोगको खर्च छुट्टै छ । हज्जारौं छोटे राजा पाल्ने खर्च पनि छुट्टै छ । हालै हटाईएका एक मन्त्रीले मात्रै २ वर्षको अन्तरालमा झण्डै २ अर्ब रुपैयाको सम्पत्ति जोडेको समाचार छ ।

हालै हटाईएका एक मन्त्रीले मात्रै २ वर्षको अन्तरालमा झण्डै २ अर्ब रुपैयाको सम्पत्ति जोडेको समाचार छ ।

अन्य भ्रष्टाचार त कत्ति हुन् कत्ति ? सबैलाई कमाउनमै ध्यान छ चाहे देश भाँडमा जाओस् कस्लाई के मतलब ? हामीले सानामा पढेका कथा अनुसार “ एकदिन जंगलमा बघिनीको ओढारमा बाटो विराएर झुक्किएर कतैबाट स्यालको छाउरो आइपुगेछ । हेर्दै मायालाग्दो स्यालको बच्चादेखेपछि बघिनीले लुकाएर आफनै दुध खुवाउन थालिछ । बघिनीको दुध खान पाएपछि त स्याल अलि ठुलो र बलियो भएछ । बघिनीका सबै सन्तान सिकारमा जाने बेलामा स्यालले बघिनीसंग भनेछ ‘आमा म पनि सिकार खेल्न जान्छु,’ तब बघिनीले भनिछ ‘सिकारमा खेल्न जान त खान्दान चाहिन्छ, तँ जस्ता कुखुराचोरको सन्तानले के सिकार खेल्छस्’ ?” हो अहिलेको सरकार स्यालको छाउराले सिकारमा जाने रहर गरे जस्तै हो । उनीहरुमा न इतिहासप्रतिको सम्मान छ, न विगतको ज्ञान र भविष्यको सही विश्लेषण नै छ । त्यसैले होशियार कुखुराचोरको सन्तानदेखि ? देशलाई बघिनीका सन्तान डमरु भन्दा कुखुराचोरका सन्तानहरु स्यालका छाउरा प्रवृत्तिहरुबाट बचाइराख्नु जरुरी छ ।

देशलाई बघिनीका सन्तान डमरु भन्दा कुखुराचोरका सन्तानहरु स्यालका छाउरा प्रवृत्तिहरुबाट बचाइराख्नु जरुरी छ ।

डमरुले अगाडिबाट आक्रमण गर्छ तर कुखुराचोरको सन्तानले लुकेर आक्रमण गर्छ । देशमाथि खतरा भारत, चीन या अन्य देशबाट नभई आफ्नै मुलका लोपी, पापी, दुष्ट, लालची लेण्डुपे कुखुराचोारका सन्तानहरुबाट छ ।

देश बचाउने हो भने सर्बप्रथम यी लेण्डुपे कुखुराचोरहरुको समुल नाश गरिनुपर्छ । हैनभने कालापानीसम्म आइपुगेको भारत एकदिन काठमाडौंमा आइपुग्नेछ । बाध्यता र विवशताले विदेशीएका नेपालीलाई भुतपुर्व नेपाली, भगौडा नेपाली भन्नेहरुले नै नेपाललाई भुतपुर्व नेपाल बनाउँदैछन् । अनी उनीहरु आफै भगौडा भएर लेण्डुपदोर्जे जस्तै दिल्ली जानेछन् सबैमा बेलैमा चेता जागोस् । पछि ज्या भनेर पछुताएर काम छैन । चेतना भया ।

अन्त्यमा भगौडा नेपाली वा भुतपुर्व नेपाली जे भने पनि अमेरिकामा रहेका नेपालीहरुले यही डिसेम्बर १४ तारिख शनिबारका दिन व्हाइट हाउस अगाडी भारतले गरेक भूमि अतिक्रमणका विरुद्ध व्यापक बिरोध जुलुश प्रदर्शन गर्दै सो मुद्दालाई अन्तर्राष्टियकरण गर्दैछन् ।

अमेरिकामा रहेका नेपालीहरुले यही डिसेम्बर १४ तारिख शनिबारका दिन व्हाइट हाउस अगाडी भारतले गरेक भूमि अतिक्रमणका विरुद्ध व्यापक बिरोध जुलुश प्रदर्शन गर्दै सो मुद्दालाई अन्तर्राष्टियकरण गर्दैछन् ।

स्मरण रहोस् यस अघि सन् २०१५ मा भारतले अघोषित नाकाबन्दी गर्दा पनि अमेरिकामा रहेका नेपालीले ऐक्यबद्धता जाहेर गर्दै बिरोध प्रदर्शन गरेका थिए । अब यसैगरी सारा विश्वबाट नेपालीमुलका नागरिकहरुले आवाज उठाएर सो मुद्धालाई अन्तर्राष्टियकरण गर्न जरुरी छ ।

अस्तु भर्जिनिया, अमेरिका

प्रतिक्रिया