सोमबार, मंसिर २३ २०७६
काठमाडौं १०:५९
वासिङटन डिसी 00:14

नेपाल जानु अघि ईन्जाद्वारा दुवै हात गुमाई अमेरिकामा कृतिम हात जोडेकी मेघा घिमिरेलाई बिदाई

इनेप्लिज २०७६ मंसिर ६ गते २:५० मा प्रकाशित

विजय थापा ,डिसी । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल(ईञ्जा)ले गत नोभेम्बर २० का दिन दुबै हात गुमाएकी मेघा घिमिरेको कृतिम हात अमेरिकामा सफलतापूर्वक जडान भै नेपाल फर्कनु अगाडी बिदाई कार्यक्रमको आयोजना गरि खुशी साथ उनलाई बिदा गरेको छ ।

हाई टेन्सन (बिजुलीको तारमा अत्यधिक विद्युत संचालन शक्ति )को कारण दुई हात गुमाउनु परेकी मेघा घिमिरेको अन्तत्वगत्वा नारी फाउन्डेसनको पहल र व्यवस्थापनमा अमेरिकाको राजधानी वाशिंगटन डिसीमा सफलतापूर्वक कृतिम हात जोडिएको हो ।

मेघा र उनकी आमा नोभेम्बर २१ बिहिबारका दिन नेपाल उडी सकेका छन् । सोही अवसरमा ईञ्जाले डिसी क्षेत्र मै बसोबास गर्दै आएका पाँचौ पटक गिनिज विश्व रेकर्ड (बिश्व किर्तिमान )राख्न सफल कीर्तिमानधारी उज्जल ठकुरी र आफ्नो वजन समूहमा हालसालै आयरल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय आईपिएल विश्व पावर लिफ्टिंग प्रतियोगितामा स्वर्ण पदक बिजेता रूप कार्कीलाई पनि प्रसंसापत्र द्वारा सम्मान गरिएको छ । कार्कीले आफनो तौल समूहका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व च्याम्यिपयन बनेका हुन् ।

यसै गरि डिसी क्षेत्र कै श्रीओम कीर्तन मण्डलीले पनि मेघा र रिमालाई प्रशंसा प्रमाणपत्र हस्तान्तरण गर्नुको साथै रुप कार्की तथा उज्ज्वल ठकुरीलाई पनि सम्मान गरेको छ ।

नेपाल जानु ठिक एक दिन अगाडी मेघाले उनलाई नेपालबाट झिकाउने र उनको हात जोड्नलाई मद्धत गर्ने समाजसेवी रिमा कटवाल ( केसी) लाई बिशेष धन्यबादको साथै सबै सहयोगी मन र संचारकर्मीहरुलाई बिशेष धन्यबाद दिएकी छिन् । उनले अमेरिका आउने सोचेको पनि थिइन् । अमेरिका आए पछि मैले दोश्रो जीवन प्राप्त गरेको र आफू निकै खुशी भएको बताइन ।

नारी फाउन्डेसनकि अध्यक्ष कटवाल(केसी)ले मेघाको कथा सुनेर उनलाई ल्याउन सफल हुन्छु जस्तो नलागेको बताईन । काम हुन् सकेकोमा खुशी लागेको र मेघा पनि खुशी भएको बताईन । मेघाले नेपाल गएर यस्तै हुनेलाई काम गर्न सक्छ भन्ने लागेको भन्दै आफूले संचालन गरेको प्रतिष्ठानबाट यस्तै सहयोग अन्यलाई गर्न सकौ भनिन ।

ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले मेघालाई बिदा खुसि साथ गरौ र सम्मान समेत गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले द्वय भारत्तोलक रुप कार्की र गिनिज वर्ल्ड रेकर्ड ( बिश्व कीर्तिमानी) उज्ज्वल ठकुरीले मात्र स्वर्ण पदक नभई हाम्रो लागि मेघा घिमिरेको हात लाग्न सफल भएकोमा उनि पनि स्वर्ण पदक बिजेता झैँ भएको बताए । ईञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिल मणि दाहालले मेघा र रिमा को साथै खेलाडी द्वय कार्की तथा प्रशंसा पत्र बितरण गरेका थिए ।

अध्यक्ष लुइँटेलले दुवै खेलाडीको उत्तरोतर प्रगतिको कामना गरेका थिए भने दुवै खेलाडीले मेघा लाई सहयोग गर्ने रिमालाई मुक्त कण्ठले प्रशंसा गरेका थिए । बिदाई समारोहमा मेघाकि आमाले सबैलाई धन्यवाद दिदै रिमा केसी(कटवाल)लाई बिशेष धन्यवाद दिएकी छिन् ।

श्रीओम कीर्तन मण्डलीको तर्फ बाट सीता खरेल लुइँटेलले प्रशंसा पत्र वितरण गर्दै रिमा केसीले गरेको कामको प्रसंशा गरेकी छिन् । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल-(इन्जा)ले विदेशमा रहेका नेपाली समुदायसंगको साझेदारी कार्यक्रम गत नोभेम्बर १७ सार्वजनिक गरेको थियो ।

ईञ्जाले र्सार्वजनिक गरेको कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रममा उपस्थित व्यक्ति तथा संस्थाहरुले करिव २० लाख रुपिया (१८ हजार ३ सय १२ डलर) सहयोग प्रदान गर्नु भएको थियो ।

ईञ्जाले समुदायलाई सहयोग पुग्ने गरी सामुदायिक पत्रकारिताको तालिम प्रदान गर्ने, विदेशमा रहेका नेपाली वालवालिकाहरुलाई नेपाली भाषा सिकाउन बालसंचार कार्यक्रम अन्तर्गत “छुनुमुन” नामक बिधुतिय अनुप्रयोग (अनलाइन एप्लिकेशन)को विकास गर्ने, सामुदायिक पत्रकारिताको प्रबर्द्धनका लागि अङ्किय स्थापनामा सहयोग पुर्‍याउने, नेपालीभाषा र संस्कृतिको प्रबर्दन गर्न समुदायसंग साझेदारी गर्ने लगायतका रहेका छन् ।

यसै गरि भर्जिनिया निवासी व्यवसायी तथा पत्रकार सुनिता खत्रीले सामुदायिक पत्रकारिता पुरस्कारका लागि ईञ्जासंग सहकार्य गर्न हरेक दुइ वर्ष १,१११ डलर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन् । यसै गरि साहित्यको क्षेत्रमा क्रियाशिल व्यक्तित्वलाई हरेक वर्ष पुरस्कृत गर्ने स्रष्टा सम्मानका लागि गीतकार अम्विका गुरुङले सन् २०२० का लागि १ हजार १ डलर सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन् ।

ईञ्जा द्वारा स्थापना गरिएको ईञ्जा अन्तर्राष्ट्रिय पुरस्कार केही दिन अगाडि मात्रै नेपालमा हाम्राकुरा डटकमका प्रधान सम्पादक अजय वावु सिवाकोटीलाई नेपालमा एक कार्यक्रम आयोजना गरी प्रदान गरेको थियो ।

प्रतिक्रिया