टिकापुरका मिर्गौला पिडित चौधरीलाई एनआरएनए नाइजेरिया द्वारा सहयोग

इनेप्लिज २०७६ मंसिर ५ गते २३:३८ मा प्रकाशित

लेगोस , नाइजेरिया । गैरआवासिय नेपाली संघ , राष्ट्रिय समन्व समितिले गत तिहारमा देउसी खेली आफ्नो कल्याणकारी कोषमा जम्मा भएको रकम ने रु पैसठ्ठी हजार आठ सय सतसठ्ठी कैलालीको टिकापुर नगरपालिका ,सितापुरका दुबै मिर्गौला काम नलाग्ने भइ काठमाडौंको त्रिबिबि शिक्षण अस्पतालमा उपचाररत बिपन्न परिवारका रमेश चौधरीलाई उपचार सहयोग गरेको छ ।

एनआरएनए नाइजेरियाका निम्न सदस्यहरुले गत तिहारको देउसीमा एनआरएनए नाइजेरियाको कल्याणकारी कोषका लागि गरेको सहयोग आज एनआरएनए नाइजेरियाले टिकापुर सरोकार समूह मार्फत उनको खातामा हस्तान्तरण गरेको हो ।

१. चिरञ्जीवी रोका – १०० युएस डलर २.बिश्वास पौडेल – १०० युएस डलर ३.बिदुर घिमिरे – ५० युएस डलर ४. संजय थापा – १०० युएस डलर  ५.अभिषेक मान सिंह – ५० युएस डलर ६.आशा श्रेष्ठ सरकार – २८युएस डलर ७.सोमेश अर्याल – ५० युएस डलर ८.हिक्मत थापा – १०० युएस डलर जम्मा ५७८ डलरको नेपाली हुन आउने रकम पैसट्ठी हजार आठसय सतसठ्ठी ( नेरु ६५,८६७ ) रमेशकी श्रीमती रिताकुमारी चौधरीको खातामा आज जम्मा गरिएको हो ।

यस अघि नाइजेरियाका अर्का मनकारराजेन्द्र बक्सीबाट प्राप्त रु २२,६०० उनको खातामा जम्मा गरि सकिएको छ । सामान्य दैनिक मजदूरी गरि खाने रमेश चौधरीको दुबै मिर्गौला काम नलाग्ने भइ फेर्नु पर्ने भएको छ । मिर्गौलाका लागि परिवारका सदस्य बाट खोजी जारी भए पनि प्रत्यारोपणका लागि करिब १० लाख खर्च लाग्ने उनलाई बताइएको छ । जुन रकमको जोहो गर्न उनको परिवारलाई असम्भव प्राय छ ।

प्रतिक्रिया