डिसीका तीनसय क्यामराले २६ मिलीयन डलर कमाए

यादवराज जोशी २०७६ मंसिर ५ गते ०:५४ मा प्रकाशित

अमेरिकामा यातायात निगरानीको लागि क्यामराको प्रयोग साधारण कुरा हो । यस्ता क्यामराले विशेषत सवारीको गति निगरानी गर्छन । अमेरिकाको राजधानी वासिंटन डिसीका करिव तीनसय क्यामरा सवारीको गति निगरानी गर्न मात्र नभई बढी राजश्व उठाउनकै लागि प्रयोग भएपछि विवादको विषय बनेको छ । डिसी क्षेत्रका दुईसय ९५ क्यामराले विगत साढे दुई वर्षमा २६ मिलियन डलर राजश्व संकलन गरेका छन् ।

यि क्यामराले गत जुलाईमा २४ हजार चाकललाई जरिमाना गरेका थिए । जरीमानाको रकम आठसय अमेरिकी डलर सम्म थियो ।

“यि क्यामराहरु स्पीड ट्रयाप हुन,” अनावश्यक ठाँउमा अवैज्ञानिक तरिकाले लगाईएका क्यामराबारे टिप्पणी गर्दै का जोन टाउनसेन्डले भने । कहिल्यै काम नभएको स्थानमा वर्क जोनको बोर्ड राखिएको छ । त्यसको आठ/नौ सेकेण्ड दुरीमा क्यामरा छ । ति क्यामराले चालक र सवारी दुवैको निगरानी गर्छन । गति बढी भए वा चालकले मोबाईल फोन प्रयोग गरेको भेटे फोटो खिचि हाल्छन र जरिमाना पत्र (टिकट) पठाउछन् ।

एबिसी टेलिभिजनले विगत चार महिनासम्म गरेको स्थलगत अध्ययनमा डिसीको आई-२९५ मा वर्क जोनको बोर्ड राखिएको थियो तर त्यहाँ कतै काम भैरहेको थिएन । यस्तै उक्त सडककै एक स्थानमा उच्चतम गति ५० माईल प्रति घन्टाबाट ४० माईलमा घटाईएको थियो । तर सुचना बोर्ड निकै सानो राखिएको थियो जहाँ हतपति चालकको आँखा पुग्दैन । “वर्क जोनको बोर्ड राख्नु, गति सीमा घटाउनु, असहज स्थानमा साना बोर्ड राख्नु चाकललाई ट्रयापमा पार्ने नीति हो । हामी यस्को विराध गछौृ,” जोन टाउनसेन्डले भने ।

गत जुलाईमा काम भइरहेको मेरील्याण्डको स्विटल्याण्ड पार्कवे आई-४९५ मा चारहजार टिकट जारी भएको थियो । त्यो सडकमा दैनिक दुईलाख सवारी चल्छन । तर डिसीको आई-२९५ मा सोही महिना २४ हजार टिकट जारी भएको छ । “वर्क जोनको सुचना छ, काम भैरहेको छैन । सीमा घटेको सुचना असहज स्थानमा छ । अनि आठ/नौ सेकेण्डको दुरीमा क्यामरा छ । यो कमाउने भन्दा अरु केही होईन,” जोन टाउनसेन्डले भने ।

डिसीमा जारी टिकटको संख्या प्रहरी र डिएमभीको आकाँडामा फरक छ । डिसी प्रहरीको रेकर्डमा गत जुलाईमा १० हजारमात्र स्पीड टिकट जारी भएको देखिन्छ भने डिएमभीको रेकर्डमा २४ हजार टिकट । “ट्राफिक सुरक्षाको नाममा क्यामरा राखेर डिसी प्रशासनले कमाउने दाउ गरेको छ,” जोन टाउनसेन्डले आरोप लगाए ।

स्रोतः एबिसी

प्रतिक्रिया