नेपाल भारत सिमा सबाल

बिरकाजी बस्नेत २०७६ मंसिर ४ गते ३:०५ मा प्रकाशित

बिरकाजी बस्नेत । नेपालको भारतसंग सिमा जोडीएका २६ जिल्ला मध्ये २३ जिल्लामा सिमा समस्या वा बिबाद छ । जङ्ग बहादुरले देशको रक्षाका लागि खडा गरेका ८५५३ सिमा स्तम्भ मध्ये २७१६ गायब छन भने १५५६ वटा क्षतीग्रस्त छन । यसरी हेर्दा करिब ६० हजार हेक्टर जमिन भारतले मिचेको छ । २०७३ को फागुनमा कंचनपुरको आन्नद बजारमा भारतीय एस बि का फौजले नेपाल शहर भित्र पसेर गोली हानी निर्दोस नागरिक गोबिन्द गौतमको हत्या गरे । ७२ सालमा सुन्सरीको हरिपुरमा ४ जना नेपाली माथि गोली हाने । ७३ भदौमा महोत्तरीको मटिहानिमा २ जना माथि निर्घात कुट्पिट गरे । सप्तरीको तिलाठिमा देव नारायण यादबलाई अपहरण गरी बांधेर कुट्पिट गरे । नेपालले सुगौली सन्धिका प्राबधान नमान्न भरमग्दुर प्रयास गरेको हो । तर अन्तिम पटक मकवानपुर गढिको लडाईंमा पनि नेपाल पराजित भए पछी नेपालले उक्त सन्धिमा लालमोहर लगाएर चन्द्र शेखर उपाध्याय मार्फत जनरल डेभिट अक्टरलोनी लाई पठाएको हो । त्यस सन्धिको धारा ५ अनुसार नेपालका राजाले काली पारीका क्षेत्रमा आफ्नो दाबी त्याग्ने छन भन्ने उल्लेख गरिएकाले महाकाली नदी पूर्णरुपले नेपालको स्वामित्वमा पर्दछ भन्ने अर्थ राख्दछ । महाकाली नदिको बहाबमा परिवर्तन आएकाले दोधारा र चांदनी महाकाली पश्चिम पर्न पुगेका हुन । हालै भारतले जारी गरेको नक्सामा कालापानी क्षेत्र आफ्नो भित्र पारेकोले त्यस प्रती नेपालमा जनबिरोध भएको भए पनि उक्त क्षेत्र नेपालको हो कि होइन भन्ने आम नेपालीलाई थाहा थिएन । ४६ को परिवर्तन पछी नेपालको सदनमा पहिलो पटक त्यस क्षेत्र बाट निर्बाचित सांसद प्रेम सिंह धामिले कुरा उठाए पछी मात्र उजागर भएको हो । यती भए पछी पनि नेपालका सत्ता संचालक यती सम्म गैर जिम्मेवार छन कि २०७२ सालको संबिधान र परिवर्तित निसान छापमा समेत उक्त क्षेत्र समाबेश गरिएको छैन । पहिलेका हाम्रा राष्ट्रगान हरुमा ” पस्चिममा किल्ला कांगडा पूर्वमा टिस्टा पुगेथ्यौ “भन्ने हरफ हुन्थे भने हालको गानामा केबल “फैलिएका मेची महाकाली भन्नेमा मात्र सिमित छ ।

नेपालमा राणा शासन अन्त्य भए पछी ०८ सालमा मातृका कोइराला नेपालको प्रम भए । मंसिर ११ गते ८ मन्त्री सहित भारतको भ्रमण गरे । उनले भारत सँग गरेका सन्धी मध्ये एक थियो भिम नगरमा कोशी नदिमा बांध एकलौटी भारतले बनाउन पाउने । भिम शमसेरले मौजा दिएको हुनाले उक्त स्थानको नाम भिमनगर राखिएको थियो । बांध भन्दा दक्षिणको भिमनगरको भाग भारत तिर पारे । बांध निर्माण गर्न आएको स्टाफको लागि अस्थायी आवास निर्माण गर्न बिरपुर लिएर बसे र पछी त्यसलाई स्थाइ बसोबासमा परिणत गरे । यस्का अलावा शिव लाल मरवैतालाई शिव नगरको मौजा दिईएको थियो र उनले ०८ साल सम्म नेपालमा मालपोत तिरेका थिए र ०९ साल पछी भारत तिर तिर्नु पर्ने भयो । सन्धिको सर्त अनुसार कोशी नदिको दुई तिर तटबन्ध बनाउनु पर्ने थियो । तर धरानको सर्दु खोला बाट बाँधको लागि ढुङ्गा ल्याउनु पर्ने भएकाले पूर्व तर्फ अस्थायी बाटो बनाएको थियो । केही समय अघी कोशीको बहाब परिवर्तनलाई आफ्नै बाटो फर्काउन आएको टोली बिराटनगरमा कार्यालय राखी बसेको थियो । एक बर्ष अघी मात्र उक्त टोली फर्काउन सकिएको थियो । अहिले नेपाल तिर केबल कोशी बांध र भन्टाबारी मात्र नेपाल तिर बांकी छ । नियन्त्रण सहित उक्त बांध भारतले एकतर्फी उपयोग गरीरहेको छ । सुरुमा ९९ बर्षका लागि गर्न सहमती भएको सम्झौता सोल्टी होटलमा दुबै पक्षले हस्ताक्षर गर्ने बेला सम्म भारतीय पक्षले ९९ को अगाडि १ कपट पूर्ण तरिकाले थपिदिएर १९९ बर्ष बनाएको छ ।

सुरुमा ९९ बर्षका लागि गर्न सहमती भएको सम्झौता सोल्टी होटलमा दुबै पक्षले हस्ताक्षर गर्ने बेला सम्म भारतीय पक्षले ९९ को अगाडि १ कपट पूर्ण तरिकाले थपिदिएर १९९ बर्ष बनाएको छ ।

सम्झौताको अर्को बुंदामा नेपालको आधुनिक सर्भे गर्ने भनेर सघाउन भारतीय टिम नेपाल आउने भयो । उनिहरुले एक जिल्लामा छ वटा टिम बनाएर काम सुरु गरे । उनिहरुलाई गाइड्लाइनका लागि भनेर नेपालका पुराना नक्सा दिने काम गरियो । उनिहरुले बि सं १७ सालमा नापी सके । तर उक्त सालको राजाको कदम पछी नक्सा पनि नेपाललाई नबुझाई लिएर गए । उक्त नक्सा राजा महेन्द्रले पटक पटक माग गरी पठाए पनि दिएनन । पछी बिरेन्द्रको पालामा पनि अधुरो नक्सा फिर्ता गरे । सिमा छेत्रको २६ जिल्लाको २० ठाउंको हराएको भनी दिएका छैनन ।

अर्को बुंदामा नेपालको उत्तरी सिमाको १७ ठाउमा भारतीय जांच चौकी रहन दिने भन्ने थियो । १००- १०० जना जबानको पोस्ट रहने भयो । इण्डियन मिलिटरी मिसनको अफिस ३०० जना जबान सहित शशी भवनमा भाडा तिर्ने गरी मेजर जनरलको नेतृत्वमा मुख्यालय कायम गरी बस्न सुरु गर्‍यो । नेपालको प्रधान मन्त्री बोर्ड मिटिंगको पदेन सद्स्य मात्र हुन्थ्यो । उक्त मिसनले नेपाली सेनाको २७ हजार फौजलाई कतै लड्नु नपर्ने सेरेमोनियल मात्र हो भनी १० हजारमा झारी दियो । जबकी नेपाल आर्मिको एक्टिव २४ बटालियन र ८ बिर्गेड थियो भने अढाइ हजारको प्यारागण थियो । याद रहोस् युद्ध बाट नै सत्तामा आउनु भएका प्रचन्डले पनि नेपालमा १० हजार सेना भए पुग्छ भन्नु भएको थियो ।

नबलपरासिको सुस्तामा नारायणी नदिले २०३४ सालमा बढीले बहाब परिवर्तन गरे पछी करिब २१ हजार हेक्टर भुमी नदी पश्चिम पर्न गयो । २०४० साल बाट मिच्न सुरु गरेको हो र सबै भन्दा बढी ६२ सालमा नेपालको राजनितिक परिवर्तन हुँदै गरेको बेलामा मिचेको हो । अहिलेको अवस्थामा भनेको १४ हजार हेक्टर भारत तिर पारी सकेको छ भने नेपाल तिर केबल सात हजार हेक्टर मात्र बांकी छ ।

अहिलेको अवस्थामा भनेको १४ हजार हेक्टर भारत तिर पारी सकेको छ भने नेपाल तिर केबल सात हजार हेक्टर मात्र बांकी छ । 

केही समय अघी नेपालको तर्फबाट सशस्त्र प्रहरीको बेस रहेको रहेको भए पनि नेपाल तिर सर्बसाधारण जनतको लागि स्कुल ,हुलाक ,स्वास्थ्य चौकी जस्ता सुबिधा केही पनि उपलब्ध छैनन । यहाँ सम्मकी त्यहाका नागरिक लाई नागरिकता पनि राज्यले दिएको छैन जस्का लागि भारतको स्वीक्रिती आबस्यक पर्ने भन्दै प्रशासन बसेको छ । एक पटक नेपालको उक्त क्षेत्रमा नापी गर्न टोली गएको थियो । उक्त टोलिका कर्मचारीलाई ईन्डियाले समातेर थुनी दियो । नेपालले उक्त कार्यको बिरोध सम्म गरेन र आफ्ना कर्मचारीको बचाउ समेत गरेन । यसरी उक्त क्षेत्र समस्याको रुपमा रही रहेको छ ।

बि सं २०३० सालमा दर्चुला बाट निर्बाचित रा पं स बहादुर सिंह ऐट्वालले कालापानी छेत्रमा भारतीय फौज बसेको जानकारी गराएका हुन । त्यस पछी भने आम नेपाली बिच उक्त कुरा गुमनाम नै थियो । हामीले बिद्यालय तहमा अध्ययन गर्दा देखिको नेपालको नक्सामा लिम्पिया धुरा सम्मको भाग देखाइएको थिएन । पछी ५१ सालमा त्यही जिल्लाबाट निर्बाचित सांसद प्रेम सिंह धामिले उक्त मुद्धा सदनमा उठाए पछी मात्र आम सर्बसाधारण नेपालीको जानकारीमा आएको हो । त्यस पछी यस् कुरालाई निरन्तर पूर्व नापी बिभाग प्रमुख बुद्धी नारायण श्रेष्ठले उठाउदै आएका हुन ।

फेरी एकपटक यो आम नेपालीको चासोमा परेको छ । कालापानि लिम्पियाधुरामा भारतीय नियन्त्रणको वास्तविकता जान्न सरकारले सुर्यनाथ उपाध्यायको नेतृत्वमा गठन गरेको टोलिले बिस्तृत विवरण तयार गरेको हो । रणनितीक महत्वको उक्त क्षेत्रमा दुई प्रमुख कारणले भारतले अनाधिकृत कब्जा जमाएको छ । एक चाइना सँगको रणनितिक भुगोल र अर्को मानसरोबर जाने तिर्थयात्राीको लागि बाटो निर्माण र चाइना र ईन्डिया बिचको ब्यापारिक मार्ग । ब्यापारिक मार्गको लागि दुबै देशले नेपाललाई सरोकार नै नराखी सम्झौता पनि गरी सकेका छन । त्यस्तै उक्त छेत्रमा राष्ट्रको उपस्थिती नेपालको तर्फ बाट सुन्य अवस्थामा छ । नदिको मुहान संग सौदा बाजी गरिएको अवस्था छ । नदिको मुहान महाकाली सन्धी गर्दाको ताका निर्धारण गर्ने अबसर थियो । त्यो बेला नेताहरुलाई सन्धी गर्न मात्र मतलब रह्यो । त्यो भन्दा पहिला गिरिजा कोइरालाले आफ्नो पहिलो भारत भ्रमण गर्दा टनकपुर सम्झौता गरेर फर्के पछी देशलाई केबल समझदारी भनेर ढांट्ने काम गरे । यसलाई पछी अदालतले सच्याउने काम गरेको हो । तर महाकाली सन्धीको प्याकेज पछी नेपालको भुमी सहित ओगोटेर बांध बाधी लगिएको छ । यस्तै कुरा राणा कालमा भएको सम्झौता अनुसार सारदा ब्यारेज बनाउदा पनि नेपालको भुमी प्रयोग भएको छ । तर यि भुमीको सट्टा भर्ना अहिले सम्म नेपालले पाएको छैन । महाकाली सन्धी गर्दाको एउटा सर्त भनेको नेपाल लाई फुलबारी बंगलाबन्ध को ब्यापारिक मार्ग निर्बाध प्रयोग गर्न दिने भन्ने थियो ।

महाकाली सन्धी गर्दाको एउटा सर्त भनेको नेपाल लाई फुलबारी बंगलाबन्ध को ब्यापारिक मार्ग निर्बाध प्रयोग गर्न दिने भन्ने थियो ।

त्यो पनि पञ्चेस्वर परियोजना जस्तै हावा खाएको छ । नेपाल ,चिन र भारत बिचको त्रिदेशिय बिन्दु जिरो नम्बरको पिलर बनेको नै छैन ।

हालको प्रदेश न २ मा मात्र पनि २१ स्थानमा ४६० हेक्टर भुमी भारतिय पक्षले आफ्नो तिर पारेको छ । पर्सामा ५ स्थानमा २२७ हेक्टर् ,बाराको २ स्थानमा ३६ हेक्टर् , रौतहट्को १ स्थानमा १५ हेक्तर ,सर्लाहिको २ स्थानमा १२ हेक्टर,महोत्तरीको २ स्थानमा १४ हेक्टर , सिराहाको २ स्थानमा ४१ हेक्टर् र सप्तरीको सात स्थानमा १४५ हेक्टर जमिन लगिएको अवस्था छ ।

सन १९८१ मा राजा बिरेन्द्रको पालामा सिमा द्वीपक्षिय टोली सिमा निर्धारण गर्न खटाइेको थियो जुन बिना कुनै निस्कर्स २००९ मा खारेज गरियो । तोया नाथ बराल नापी बिभाग प्रमुख हुँदा नेपाल बाट झापातिर गएको टोली सिमा निर्धारण गर्न नबसी दार्जीलिङ घुम्न गयो र भारतीय पक्षले एकातर्फी आफ्नो ढंगले सिमा निर्धारण गर्‍यो । त्यस्तै पश्चिम कन्चनपुर तिर संलग्न एक ब्यक्ती भारतिय टोली सँगै खाने बस्ने र भता लिने गरेको समाचार आएको थियो । यसरी सुस्ता र कालापानी बाहेक निर्धारण गरिएको सिमामा हस्ताक्षर गर्न भारतले पटक पटक नेपाललाई दबाब दिने गरेको छ । यसरी कर्मचारीहरुले देश बिरुद्ध गरेको गद्धारी सहितको सिमामा दुई देशिय हस्ताक्षर भयो भने नेपालको अरु थप भुभाग भारत तिर पर्ने छ जसलाई नेपालको तर्फ बाट तिनै तोया बरालले हस्ताक्षर गरेका हुन । उनी सेवा निर्बित भएर राती भागेर आफ्नो घर कास्की गएको भोलिपल्ट भारतीय राजदुत प्लेन मार्फत उनलाई भेट्न घरमै गएका थिए र एक स्कुललाई १ करोड दिएका थिए ।

उनी सेवा निर्बित भएर राती भागेर आफ्नो घर कास्की गएको भोलिपल्ट भारतीय राजदुत प्लेन मार्फत उनलाई भेट्न घरमै गएका थिए र एक स्कुललाई १ करोड दिएका थिए ।

उनले कती रकम बक्सिस पाएका छन खोजी गर्नु पर्ने बिषय छ । जब नेपालले सिमा सुरक्ष्याको लागि नेपालले सिमित मात्रमा भए पनि सशत्र प्रहरी परिचालन गर्‍यो उसले सिमामा रहेका पिल्लर्हरुको अवस्था सहित ४ भोलुमको रिपोर्ट सरकार लाई बुझाएको छ २०६७ सालमा । यस कुराको जानकारी गृहका एक सहसचिवले भारतीय राजदूत लाई गराए । त्यस पछी दुताबासले अख्तियार प्रमुख लोक मान सिंहलाई सशस्त्र प्रमुख हरुलाई कारबाही गर्न दबाब दिए । त्यस पछी लोकमानले केही ससस्त्र प्रमुख लाई भ्रस्टाचार गरेको आरोपमा बनिबनाउ बयान दिन लगाएर जेल हालिएको छ । यस्ता देशघाती हरुको हातमा देश पर्न पुगेको बिबस्ता छ ।

त्यस्तै नेपालको बिभिन्न ३२ जिल्लामा गोर्खाभर्ती केन्द्रको कार्यालय राखेको छ । यता नेपालमा भने ऐतिहासिक दस्ताबेज हरुको अभिलेख सम्म पनि ब्यबस्थित रुपमा राखिएको छैन । १९४७ को गोर्खा भर्ती बारे नेपाल ,भारत र ब्रिटेन बिच भएको गोर्खाभर्ती सम्बन्धी सन्धिको मुल कपी र यहाँ सम्मकी सुगौली सन्धीको मुलप्रती पनि नेपालमा पाइएको छैन । जबकी हाम्रा पुर्खा हरु भोजपत्र ,बंसावली ,ठ्यास्पु जस्ता कुरा र सिलालेख मार्फत रेकर्ड राख्ने गर्दथे ।

अब नेपालले तत्कालका लागि प्रबुद्ध बर्गको प्रतिबेदन सार्वजनिक गर्नु पर्दछ । दसगजाको पुनर्स्थापना गरेर प्रष्ट नो म्यान्स ल्यान्ड कायम गरिनु जरुरी छ । भारतले राजदुताबास मार्फत गर्ने र अन्य सहायता रकम नेपाल सरकारको अनुमतिमा मात्र खर्च गर्न पाउने ब्यबस्था गरिनु पर्छ । असमान नदी सम्झौता लगायत अन्य सम्झौता बाट नेपाललाई पीडित बनाइएको छ , सच्याउनु पर्छ । भारतीय गोर्खा भर्ती केन्द्र र पेन्सन क्याम्प बन्द गरी बैंक मार्फत आर्मी पेन्सन बितरण गरिनु पर्दछ । भारतको कार्गिल र नेपालको कालापानीको अवस्था एउटै होइन र भनेर बार्ताको टेबलमा राखिनु पर्दछ । सिमा निर्धारण कार्यालय सेनाको मातहातमा राखिनु पर्दछ । भारतीय सुरक्षाको थ्रेट कम गर्न पनि सिमा ब्यबस्थित गर्न आग्रह गर्नु पर्दछ । नेपालको इन्टेलिजेन्स अझ सशक्त पारीनु पर्दछ । भुमिको महत्व कस्तो र कती हुन्छ भन्ने भुमिहिन बनेका प्यालेस्टानीबाट देश चलाऊनेले सिक्नु जरुरी छ । नेपाली सेनाको गुणात्मक र आधुनिक सस्त्र मार्फत आधुनिकिकरण गरिनु पर्दछ ।

नेपाली सेनाको गुणात्मक र आधुनिक सस्त्र मार्फत आधुनिकिकरण गरिनु पर्दछ

रक्षा बिनाको आर्थिक सम्वृद्धि इराकले कुबेत खाएको घटनाबाट शिक्षा लिन जरुरी छ । सशत्र प्रहरिको संख्या थपी सिमा पोस्ट थपिनु पर्दछ । दैनिक उपभोगका बस्तु उत्पादनमा देश आत्मनिर्भर हुनुपर्दछ । कतिपय सबालमा ब्रिटिश लाई समाबेश गर्नु पर्ने पनि हुन्छ । अन्तिम अवस्थामा यु एन र आ सि जे संस्थामा आफ्ना ससक्त दस्ताबेज पेश गरी दाबा गर्नु पर्ने हुनसक्छ । आदी आदी ।

केही तथ्यांक बिभिन्न श्रोत बाट लिएको हुनाले केही तल माथि भए सुझाबको अपेक्षा गर्दछु ।

प्रतिक्रिया