बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २०:३१
वासिङटन डिसी 09:46

तमु धी भर्जिनियाले तमु ल्होछार पौष १५ मा मनाउने

इनेप्लिज २०७६ मंसिर ३ गते २३:२१ मा प्रकाशित

तमु धी भर्जिनियाले तमु ल्होछार पौष १५ अर्थात् डिसेम्बर डिसेम्बर २९ का दिन मनाउने भएको छ । गत आइतबार नोभेम्बर १७ का दिन भर्जिनिया स्थित तमु (गुरुङ)हरुको प्रतिनिधि संस्था तमु धी भर्जिनिया कार्य समिति तथा तमु ल्होछार मूल आयोजक समितिको संयुक्त बैठक द्वारा उक्त निर्णय गरेको हो ।

संस्थाका अध्यक्ष नन्द कुमार गुरुङको अध्यक्षता तमु ल्होछार मूल आयोजक समितिको संयोजक नेत्र गुरुङको निवास हर्नडन शहरमा बसेको थियो ।

बैठकले तमु ल्होछार (पौष १५ ) च्युल्हो (मुसा वर्ग ) को आगमन संगै सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु हुने तमु ( गुरुङ ) लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा अग्रिम शुभकामना व्यक्त गरेको छ ।

साथै तमु ल्होछार (पौष १५ ) भब्य ,सभ्य र हर्ष उल्लासका साथ मनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । जस्मा अतिथि सत्कार उपसमिति,सांस्कृतिक उपसमिति ,स्वयम् सेवक परिचालन उपसमिति ,टिकट बिक्रि वितरण उपसमिति ,मंच सजावट उपसमिति ,प्रमाण पत्र ,ब्याज( बिल्ला ) तथा अन्य व्यवस्थापन उपसमिति रहेका छन् ।

यसका साथै तमु धि भर्जिनियाको तुल (ब्यानर)मा मनाउन गई रहेको यो ऐतिहासिक तमु ल्होछार कार्यक्रममा स परिवार उपस्थित हुनु भई मौलिक नेपाली परिकारका खानको स्वाद संगै बिबिध सांस्कृतिक कार्यक्रमहरुको आनन्द लिन सम्पूर्ण भर्जिनियाका अतिरिक्त डिसी,मेरिल्याण्ड वासी दाजुभाई दिदीबहिनीहरुमा तमु धी भर्जिनिया हार्दिक निमन्त्रणा गर्दछ ।

कहिले ? पौष १५ अर्थात् डिसेम्बर २९

समय ? साँझ ६ देखि मध्यरात १२:३० सम्म

कहाँ ? 21453 epicerie plaza , suite 200 , sterling ,va 20164

# 571 524 2345

प्रतिक्रिया