माननीय मुख्यमन्त्री लालबाबु राउत र महान्यायाधिवक्ता दिपेन्द्र झा लाई न्युयोर्क सम्मान
अमेरिकन भ्रमणमा रहनु भएका प्रदेश नम्बर २ का माननीय मुख्यमन्त्री लालबाबु राउत एवं महान्यायाधिवक्ता दिपेन्द्र झा लाई न्यु योर्क अल्बानी मधेसी समाजका सन्योजक प्रशान्त साह एवं विजय चन्द्रले दोसल्ला ओढाई सम्मान गर्नु भयो।
मधेशका समसामयिक बिषयमा बिस्तृत छलफल हुनुको साथै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ मा आगामी दिनमा स्वाथ्य , शिक्षा एवं पर्यटनमा लगानी गर्नको लागि अमेरिकामा छरियर रहेका मधेसी समुदाय
लाई आव्हान गर्नु भयो। पर्यटन वर्ष २०२० मा न्युयोर्क अल्बानी मधेशी समाजले मधेशमा पुर्याउन सक्ने सहयोगको बारेमा छलफल भयो। समाजका सदस्यहरुद्वारा माननीय मुख्यमन्त्री राउत संग बेटी बचाऊ- बेटी पढाउ बारेमा जिज्ञासा राख्दा मुख्यमन्त्री बेटी बचाऊ- बेटी पढाउ’ अभियानले वालविवाह रोक्न तथा शिक्षामा छोरीको आकर्षण बढाउन विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको बताउनुको साथै अभियान अन्तर्गत छोरी शिक्षा वीमा, साइकल वितरण, शौचालय निर्माण, सेनेटरी प्याड वितरण गरिने जस्ता कार्यक्रम रहेको बताउनु भयो।
मुख्यमन्त्री राउतले प्रवासी मधेसीले प्रदेश नम्बर २ मा लगानी गर्दा २० वर्ष सम्म करमा सहुलियत दिने बाचा गर्दा ,महान्यायाधिवक्ता झाले परदेश सरकारको तर्फबाट हुनसक्ने हरेक सहयोग गर्ने कुरा बताउनु भयो। न्यु योर्कअल्बानी मधेशी समाजका संस्थापक सदस्य देवेन्द्र चंद्रबंशी , मुकेश झा एवं रतन मण्डलले चाडैनै प्रदेश नम्बर २ मा स्वास्था एवं शिक्षामा लगानी गर्न योजना अगाडी बढ़ाएको कुरा बताउनु भयो।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
कर घटाऊँ – ठूला नोट र भ्रस्ट्राचार हटाऊँ – के. सी. तथा ओलीलाई बचाऊँ अनि खतिवडालाई निकालौ
अमेरिकाका विश्व किर्तिमानीधारी ठकुरीलाई चौथो र पाँचौ बिश्व गिनीज किर्तिमान प्राप्त ,राजदुत डा कार्कीले गरे सम्मान
ईन्जाले आफ्नो मार्ग चित्र सार्वजनिक गर्यो , ईन्जा र समुदाय बिचको सहकार्यको शूरुवात
चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा ‘राईज अप ‘को प्रदर्शनी
सिनेटर कमला ह्यारिसले राष्ट्रपति पदको उम्मेद्वार बन्ने चाहना त्यागिन
नेपाली समाज टेक्सास (एनएसटि)को निर्वाचन डिसेम्बर २८ मा हुने ,सदस्यता लिने अन्तिम मिति डिसेम्बर २१
प्रबाशी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा म्याग्दीका शेरचन चुनिए
व्हाइट हाउस बुधबार हुने न्यायिक समितिको सुनुवाईमा भाग नलिने
प्रतिक्रिया