बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २०:५१
वासिङटन डिसी 10:06

क्यालिफोर्नियामा एसियन मूलका मानिस माथि गोलीबारी हुँदा ४ को मृत्यु ६ घाइते

इनेप्लिज २०७६ मंसिर २ गते ११:५२ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीबारी द्वारा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । गत आइतबार नोभेम्बर १७ का दिन क्यालिफोर्निया को फ्रेस्नो शहरमा रति उक्त घटना भएको प्रहरीले जनाएको छ ।

अमेरिकन फुटबल पार्टी( अमेरिकन भकुण्डो भोज) को आयोजना गरेको समयमा अज्ञात संदिग्ध व्यक्तिले अन्धाधुन्ध गोली  चलाउदा ४ जना को मृत्यु र ६ जना घाइते भएका हुन् ।

उक्त शहरको घर पछाडीको आगनमा भोज चलि रहेको समयमा गोलीबारी भएको हो । उनीहरु अमेरिकन फुटबल हेरी रहेको समयमा घर पछाडी बाट आएर गोली चलाएको फ्रेस्नोका प्रहरीले बताएका छन् ।

उक्त गोलीबारी क्यालिफोर्निया को स्थानीय समय राती को ८ बजे भन्दा अगाडी भएको हो । उक्त घटनामा १० जना लाई गोली प्रहार गरिएको थियो । जस मध्ये ४ जना को अस्पतालमा मृत्यु भएको छ भने घाइते भएकाहरु बाच्ने अपेक्षा गरिएको प्रहरीले जनाएका छन् ।

सबै घाइतेहरु एसियन मूलका पुरुषहरु रहेका र उनीहरुको उमेर २५ देखि ३५ सम्म रहेको प्रहरीले जनाएको छ ।

समाचार : एनबीसी४ न्युज डटकम ,तस्बिर :सिएनएन

प्रतिक्रिया