नेपाल ८ विकेटले पराजित, सेमीफाइनलको सम्भावना लगभग समाप्त
काठमाडौं, मङ्सीर २ गते । नेपाल बङ्गलादेशबाट आठ विकेटको भारी अन्तरले पराजित भएको छ । बङ्गलादेश विरुद्धको खेलमा निराशाजनक प्रदर्शनपछि नेपालको एसीसी इमर्जिङ्ग टिम एसिया कपको सेमीफाइनलमा पुग्ने सम्भावना करीब करीब सकिएको छ । हारसँगै नेपाल प्रतियोगिताबाट लगभग बाहिरी सकेको छ । बङ्गलादेश भने तीन खेलमध्ये तीनैमा जित हात पारेर छ अङ्कसहित सेमीफाइनल पुग्ने पहिलो टोली बनेको छ ।
यद्दपी नेपालले सेमीफाइनलमा स्थान सुनिश्चित गर्न समूह बी कै जारी भारत र हङकङबीचको स्पर्धामाथि निर्भर हुनुपर्छ । हङकङले भारतलाई हराएको खण्डमा मात्रै नेपालको रनरेट भारतभन्दा बढी भए सेमीफाइनलमा स्थान बनाउनेछ । तर भारतले हङकङ समक्ष ३ सय २३ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ । जसले गर्दा हङकङको भारतमाथि जित सहज छैन् ।
इमर्जिङ्ग कपको तेस्रो खेलमा नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य बङ्गलादेशले सहजै भेटायो । उसले मात्र दुई विकेटको क्षतिमा २४ ओभरमा १ सय ४० रन बनाएर जित हात पार्यो । बङ्गलादेशको जितमा कप्तान नजमुल शान्टोले उत्कृष्ट अद्र्धशतकीय पारी खेल्नुभयो । उहाँले ५६ बलको सामना गर्दै ५९ रनमा अविजित रहनुभयो ।
ओपनर सौम्य सरकार मात्र ११ रनको योगदान गरेर पेभेलियन फर्किदा नेपालले दबाब सृजना गर्ने अवसर पाएपनि बङ्गलादेशको अनुभव प्राप्त ब्याटिङ्ग क्रम समक्ष नेपाली बलर नीरिह साबित भए । सुशन भारीले अर्का ओपनर नइम शेषलाई ४५ रनमा दिपेन्द्र सिंह ऐरीको हातमा क्याच आउट गराउँदा नेपालले खेलमा वापसी गर्न अत्यन्तै ढिला गरिसकेको थियो । यासिर अलि चौधरी १८ रनमा अविजित रहनुभयो ।
यसअघि बङ्गलादेशको बलिङ्ग आक्रमण समक्ष ब्याटिङ्ग क्रम धराशायी हुँदा नेपाल १ सय ३८ रनमा समेटिएको छ ।
टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले ४४.३ ओभरमा मात्र १ सय ३८ रनमा समेटियो । २८ औं ओभरमा ८५ रनमा आठ विकेट गुमाएको नेपालले एक सय रनभित्रै समेटिने अनुमान गरिएको थियो । तर ९ औं विकेटका लागि करण केसी र सोमपाल कामीले अद्र्धशतकीय साझेदारी गर्नुभयो र नेपालको योगफल १ सय ३८ रनसम्म पुर्याउनुभयो । उक्त साझेदारी नै नेपाली इनिंग्सको सबैभन्दा ठूलो साझेदारी रहन गयो । सोमपालले सर्वाधिक ३८ रनको पारी खेल्नुभयो । करण केसी १८ रन बनाएर पेभेलियन फर्किनुभयो ।
कमजोर सुरुवात गर्दै आएको नेपाललाई ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलको ओपनर जोडीले ३३ रनको साझेदारी गरेर औसत सुरुवात दिलाउनुभयो । कप्तान मल्ल १० र भुर्तेल २२ रन बनाएर पेभेलियन फर्किदा मध्यक्रम चल्न सकेन । यसअघिको दुबै खेलमा मध्यक्रमले नेपाललाई औसत योगफलसम्म पुर्याउँदै आएको थियो । तर बङ्गलादेशको बलिङ्ग समक्ष मध्यक्रममा शरद भेषवाकार, दिपेन्द्र सिंह ऐरी, मोहम्मद अरिफ शेष, पवन सर्राफ, सुन्दीप जोरा र विनोद भण्डारी टिक्न सेकनन् । भेषवाकार १, ऐरी ६, अरिफ शेष ११, सर्राफ ९, जोरा शुन्य, भण्डारी ८ रनमै पेभेलियन फर्किनुभयो ।
बङ्गलादेशका लागि सुमोन खान र साएद मिनहजुल अबेदिनले सामान तीन तीन तथा मोहम्मद तनवीर इस्लाम र मेहदी हसनले सामान दुई दुई विकेट लिनुभयो ।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिकाको टेक्ससमा ३० बर्षिय बिद्यार्थीको सवारी साधन दुर्घटनामा मृत्यु
ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान-२०७६’ बाट सम्मानित
बोष्टनमा उत्साहप्रद प्रगति गरेको नेपाली क्लासले यसरी मनायो अभिभावक दिवस
एनआरएनए अमेरिकाद्वारा डिसी स्थित भारतीय राजदुतावासमा बिरोध पत्र पेश
रक्तदान उत्प्रेरक अर्जुन मैनाली
भर्जिनियामा ईनास अमेरिकाको केन्द्र तथा राज्य समितिको बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम भव्यताको साथ सम्पन्न
प्रतिक्रिया