बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २०:२४
वासिङटन डिसी 09:39

सिर्जना उत्सवको ४२ औ शृंखला

इनेप्लिज २०७६ मंसिर २ गते २:१८ मा प्रकाशित

 

समाचारदाता

अमेरिकाको बोस्टनमा आइतबार मासिक साहित्यिक कार्यक्रम “सिर्जना उत्सव” सम्पन्न भएको छ | पाँच बर्षदेखि आयोजना हुदै आएको कार्यक्रमको यो ४२ औ शृंखला हो | साहित्यकार दीपा राई पुनको जन्मोत्सवको सन्दर्भ पारेर आयोजना गरिएको यस पटकको कार्यक्रममा हरि काफ्ले, अच्युत अधिकारी ,अग्नि पराजुली, महेश्वर पन्त , सुशील नेपाल, ममता कर्माचार्य , अनु शाह, गोवर्धन पूजा , लालगोपाल सुवेदी ,दीपा राई पुन, धीरज पुन, भक्त गुरुङलगायतले कविता वाचन गरे | कार्यक्रम आगामी कार्यक्रमको संयोजक अनु शाहको सभापतित्वमा सम्पन्न भएको थियो |

 

बोस्टन वरिपरिका साहित्यकारहरूको नयाँ सिर्जना सुन्ने सुनाउने उदेश्यले संचालित यस सिर्जना उत्सवले बोस्टन बाहिरबाट आउने साहित्यकारको सम्मानमा साहित्यिक कार्यक्रम गर्ने र सर्जकको कृति प्रकाशन गर्ने कार्य पनि गर्दै आएको छ | निकट भविष्यमा पचासौ शृंखलाको अवसर परेर यसले स्मारिका प्रकाशन गर्ने पनि भएको छ |

प्रतिक्रिया