बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २०:०४
वासिङटन डिसी 09:19

एन्टाको अध्यक्षमा महिला उम्मेदवार अपराजिता झा पहिलो पटक अध्यक्ष पदमा निर्वाचित

इनेप्लिज २०७६ मंसिर १ गते २३:४५ मा प्रकाशित

 

अमेरिकाको विभिन्न राज्य तथा शहरहरुमा बसोबास गर्दै आएका तराईवासीद्वारा स्थापित एसोसिएसन अफ नेपाली तराईतएन इन अमेरिका (एन्टा) को अध्यक्षमा अपराजिता झा निर्वाचित भएकी छिन् ।

एन्टाको ईतिहासमा महिलाले नेतृत्व लिएको यो पहिलो अवसर हो । नव निर्वाजित अध्यक्ष अमेरिकाको न्यू जर्सीमा बसोबास गर्छिन । अमेरिकाको आयवा राज्यको राजधानी डे मोयनमा शनिबार सम्पन्न एन्टाको पाँचौ महाधिवेशनको अवसरमा नयाँ निर्वाचित केन्द्रीय कार्यसमितिको घोषणा गरिएको हो ।

चुनावी मैदानमा दुई समूह मैदानमा उत्रिएका थिए । एउटा समुह बाट अपराजिता झा अर्को समूह बाट सुबोध मल्लिक बीच प्रतिस्पर्धा भएको थियो । गत नोभेम्बर १६ का दिन सम्पन्न निर्वाचनको परिणाम अनुसार एन्टाको वरिष्ठ उपाध्यक्षमा इन्द्रदेव साहु, महासचिवमा धीरज चौधरी, उपाध्यक्ष (अन्तर्राष्ट्रिय)मा अनिल द्विवेदी, उपाध्यक्ष (राष्ट्रिय)मा रणधीर शर्मा, कोषाध्यक्षमा मुकेश कर्ण र प्रवक्तामा मोहनकुमार यादव विजयी भएका छन् ।

यसै गरि संयुक्त सचिवमा विन्देश्वर साह र संयुक्त कोषाध्यक्षमा सन्तोष साह निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरुमा मनिष सिंह, सुनैना चौधरी, कुशेश्वर मण्डल, खुसनानन्दन ठाकुर र प्रभात झा निर्वाचित भएका छन् ।

एन्टाको पाचौ महाधिवेसन मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यसै गरि प्रदेश दुई बाट मुख्य न्यायधिवक्ता दीपेन्द्र झा र मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी विशिष्ट अतिथिको रुपमा महाधिवेशनमा सहभागिता जनाउनु भएको थियो ।

प्रतिक्रिया