कार कहां कसरी किन्ने ? महेश भट्टराई

इनेप्लिज २०७६ मंसिर १ गते १२:५५ मा प्रकाशित

अमेरिकामा काम र बाच्नको लागि कार चलाउन जान्नु र आफ्नो कार हुनु अनिबार्य जस्तै छ । मौसम परिबर्तन हिऊ, जाडो र गर्मिका कारण कार बिना जिबन सहज हुदैन ! प्रत्याप्त सुचनाको अभावमा आफन्त बाटै ठगिएका वा कार भिडाएको कुरा पनि सुन्निन्छ !

यदि तपाईले भर्खर लाइसेन्स निकाल्नु भएको हो र अमेरिकामा नया हुनुहुन्छ भने पुरानो चार पांच हजार सम्मको कार नै किन्दा राम्रो हुन्छ ! सबैलाई सिक्न र पछि परिबारको लागि दोस्रो कार हुन सक्छ ।

पछि आफूले चाहे अनुशारको जस्तो सुकै स्पोर्ट वा लक्जरी कार l किन्न सकिन्छ ! शुरूमा तपाईको क्रेडिटले पनि भ्याउदैन ।

पुरानो कार किन्दा :

१. किन्नु अघि कारको मुल्य केलिबुक डटकम kellybook.com गएर चेक गर्नुस । स्मार्ट वे
२. स्थानीय क्रेगलिस्ट Local Craiglist पनि चेक गर्न सक्नु हुन्छ । सावधान हुनुस
३. लिलाम बाट पनि किन्न सक्नु हुन्छ । उच्च जोखिम ,उच्च फाइदा
४. प्रयोग गरिएका अधिकृत बिक्रेताको मा गएर पनि किन्न सक्नु हुन्छ । सुरक्षित तर मुल्य केहि बढि ! सेफ वे
५. नेपाली साथी भाई कै पुरानो पनि किन्न सक्नुहुन्छ ।
६. मेरो सुझाव १००% बिश्वास कसैको नगर्नुस । जहिले पनि दोस्रो जानेको र आफूले बिश्वास गरेको अनुभवी मानिस संग सल्लाह लिएर मात्र निर्णय गर्नुस ।

नया कार कसरि किन्ने ?

पकेट छाम्नुस : आफ्नो बजेट, आम्दानी कति छ र मासिक कति पे गर्न सक्नुहुन्छ वा भ्याउनु हुन्छ ? राम्ररी बिचार गर्नुस !
२. क्रेडिट स्कोर – आफ्नो क्रेडिट स्कोर बारे आफै जानकार रहनुस । आफ्नै बैकको खाता एप्स बाट फ्रि मा हेर्न सकिन्छ । बर्षमा एक पटक बार्षिक क्रेडिट स्कोर डटकम (Annual credit score .com )गएर पनि फ्रि हेर्न सक्नु हुन्छ । बजारमा बिज्ञापनको संजाल/अनुप्रयोग
(website/Apps) मा कहिल्यै आफ्नो क्रेडिट चेक नगर्नुस ।

कारको छनौट : कुन कार लिने हो निधो गर्नुस । कम्प्युटरमा खोजि गर्नुस । कम्पनि ,मोडल ,कलर र अप्सन कम्पति बारे निर्णय लिनुस । डिलरकोमा जान जरूरि छैन । Build your own car in website. अरूको कार, कुरा र प्रभाव नपरि आफ्नो आबस्यकता र बजेट हेरेर निर्णय लिनुस।

४. अनलाइन कोटेसन ; आफ्नो नजिकको जिप कोड र माइल छनौट गरि डिलर संग मुल्य माग्नुस । Truecar.com, carguru.com वा सिधै डिलरको website बाट quote लिनुस ! सबै डिलरमा Internet sales person हुन्छ ! Car/model/color/options बारे पक्का हुनुस ।

५. मोलतोल गर्न सुरु गर्नुस ,कार डिलरले MRSP कै मुल्य शुरूमा दिने गर्छ । तपाईको रिसर्चबाट शुरू मै निधो गर्नुस कि यो कार मैले यति सम्म किन्दा उपर्युक्त हुन्छ । झट्ट डिलरले पैसा भन्दैन वा लेखेर दिदैनन ।फोनमा कुरा गर्नुस । सधै OTR- on the road price माग्नुस ।

जुन Tax, tag, delivery, registration, number plate जोडेको Final price हो ।कुरा बुझ्न मात्र भनेर पनि डिलर जानु भो भने पनि तपाई फस्न बेर लाग्दैन ।कि पहिल्यै कुरा बुझेर “ म यो कार लाई OTR यति मात्र दिन सक्छु” भन्न सक्नु पर्यो ।

6. Don’t pay Dealership and Inventory fee
7. Don’t buy any additional insurance
8. Don’t add any additional features unless necessary. Always You can add later.
9. Never trade in your old car with Dealers.They always devalue your car.
10. Financing: Toyota र Honda company को आफ्नै financing company छ । त्यहि बाट लोन दिन्छ। सबै जसो कार कंपनीले public holiday र

नया बर्षमा केहि अफर दिएका हुन्छन! Interest rates car, company र credit हेरेर हरेकको फरक फरक हुन्छ । जबकि Toyota ले 0% दिदा Honda को minimum 0.99- 1.99% हुन्छ । यो सबै credit score र financial history मा पनि निर्भर गर्छ । बैक लोन रेट र second opening को लागि आफ्नो खाता भएको बैक वा online र साथिभाई संग पनि बुझ्नुस । धेरै जसो तपाईको क्रेडिट पुगेन भनेर मुल्य र ब्याजमा गलाएर फसाउने गर्छन ।

11. Guarantee: यदि तपाई नयां हुनुहुन्छ, Tax file गर्नु भएको छैन वा थोरै छ र क्रेडिट history छैन भने तपाई लोन दिदैन । जमानी खोज्दछ । त्यसैले कार किन्न जादा तपाईले सधै आफुले र आफुलाई बिश्वास गर्ने मानिस संगै लिएर जानुहोला र पूर्व कुरा राख्नु होला ।

12. Ask for help or spread the word : पैसा, कार, लोन सबै आफैले तिर्ने हो भने घर वा कार किन्दा मानिस हरू आज सम्म पनि प्रेम वा बिबाह छिन्दा झै सुटुक्क गर्न जरूरि छैन । यदि एक साथीले कुनै डिलर बाट कम मुल्यमा किनेको प्रमाण बिल देखाउनु भो भने उक्त डिलर बाध्य हुन्छ वा अर्को डिलरमा गै बार्गेनिंग गर्न सहज हुन्छ ।

मेरो सुझाब :
कार किन्ने भनेर सोझै डिलर कहा कहिल्यै नजानु होला । तपाई दिमाग भुट्न माहिर एजेन्टहरूले एउटा कार किन्न गएको मानिस लाई अर्को कार भिडाएर

चर्को ब्याजमा फसाएर(Trap) पठाउछन । हिंऊ पर्ने ठाऊमा बस्नु हुन्छ भने एउटा ठुलो साइज वा चार चक्केकिन्दा राम्रो ! हरेक कुरा सुटुक्क गरेर जिवनभर पछुताएर मरिच झै खुम्चनु र आफै लाई थुक्क गर्नु भन्दा बेलैमा अनुभवी संग सल्लाह लिनुस ! कार र घर अर्काको रिस, डाह र प्रतिस्पर्धाले हैन आफ्नो आबस्यकता, हैसियत, झमता हेरेर सोचेर बिचार गरि राम्ररी बुझेर मात्र किन्नु राम्रो !

जमानी बस्दा यदि कार किन्नेले एक बर्ष सम्म लगातार नबिराएर लोन तिरेको छ र ग्यारन्टी दिनेले घर किन्न पर्यो वा पुन लोनको कारबार गर्नु पर्दा उक्त कार लोन आफ्नो नरहेको प्रमाण बैंक स्टेटमेन्ट पेश गरेमा स्विकृत हुन्छ । आफ्नै नामको कार लोन पनि चार बर्ष नियमित तिरेर एक बर्ष मात्र बाकि छ भने प्रमाण पेश गरेमा पुन लोन स्विकृत हुन्छ !

भौतिक सुबिधा क्षणिक हुन्छ भन्ने सधै मनमा राख्नुस ! नजानेको मानिस लाई सक्दो सहयोग गरौ । ज्ञान र अनुभव बाडेर सकिदैन ! सेवा नै धर्म हो ।

प्रतिक्रिया