रोक्न खोज्दा पनी रोकिएनन यी चेलीका आशु ! यो कस्तो बज्रपात यस परिवारमा (भिडियो सहित)

इनेप्लिज २०७६ कार्तिक ३० गते १३:३७ मा प्रकाशित

पाँचथर स्थाई घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका दूबै मृगौला पिडित तिल रानाका लागि प्रबासी यूनिक साँस्कृतिक मञ्चको अभियानमा रु ८१,०००|- एकासी हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरी स्कटनेपाल मिडिया मार्फत् तिल रानाको परीवारलाई हस्तान्तरण गरेको छ।रानाको करीब एक महिना अगाडि मात्र मृगौला प्रत्यारोपण गरीएको हो।

टिचिङ हस्पिटलमा मृगौला प्रत्यारोपण गरेर पुनर्जीवन पाएका तिल रानाको परीवारलाई अहिले आर्थिक संकट परेको छ।प्रबासी यूनिक साँस्कृतिक मञ्चका सँस्थापक अध्यक्ष श्री बिरु केसी, उपाध्यक्ष शान्ति खनाल र यूनिक साँस्कृतिक मञ्चका सम्पूर्ण पदाधिकारी हरुको पहलमा सो रकम संकलन भएको थियो।आज सम्म कुनै पनि मिडियाको नजरमा नपरेका पिडित रानाका लागि लोक दोहोरी गायिका सरु थापाले धेरै मिडियाहरुलाई हार गुहार गरीन्। तर कुनै पनि मिडियाले आफ्नो पीडा नसुनेको कुरा दुखी हुँदै बताईन्। करीब दश लाख भन्दा माथि रकम ॠण गरेर आफ्नो श्रीमानको मृगौला प्रत्यारोपण गरेको बताउने पिडित रानाकी श्रमती रञ्जु थापाले रुँदै सहयोगको अपिल गरेकी छिन्।महिनाको पैँतीस देखि चालिस हजार सम्मको औषधी प्रयोग गर्नुपरेको कुरा पनि स्कटनेपाललाई बताएकी छिन्। रानाका लागि रञ्जुकी आमाले आफ्नो एउटा मृगौला दिएकी थिइन्।

तपाईं पनि तिल रानालाई सघाउन चाहनुहुन्छ भने सिधा सम्पर्क- तिल राना की श्रीमती रञ्जु थापा:- 9841593565 Til Bahadur Rana एनएमबि बैंक खाता नम्बर :- 0120064886000016 सके सहयोग गरौँ,नसके एक शेयर चाहीँ अबश्य गरौँ है? निलमणी भण्डारी, स्कटनेपाल प्रस्तोता काठमाडौँ नेपाल। जानकारीका लागि हामीलाई सम्झनु होस् 014771264 धन्यवाद।

हेर्नुहोस यो हृदयविदारक भिडियो :

प्रतिक्रिया