गीतकार रबि मान सिंह बस्न्यातको गीत मिर्मिरेको बिहानी गायक यम बराललको स्वरमा सार्वजनिक

इनेप्लिज २०७६ कार्तिक ३० गते ३:०१ मा प्रकाशित

क्यानडामा बसोबास गर्दै आएका गीतकार रबि मान सिंह बस्न्यातको गीत मिर्मिरेको बिहानी गायक यम बराललको स्वरमा सार्वजनिक भएको छ । नोभेम्बर १५ का दिनमा सार्वजनिक भएको उक्त गीतको संगीत टिका बम्जनले दिएका छन् ।

स्वर यम बरालको रहेको छ भने गीतकार बस्न्यात स्वयम् परिकल्पनाकार हुन् । उक्त गीतमा कलाकारहरुमा पदम ब ठकुरी ,भुवन सिंह,रमेश गुरुङ तथा सबिता राना मगर रहेका छन् ।

व्यवस्थापन बिशेष सहयोगीहरुमा लिला ब बस्नेत र टिका बोम्जनको रहेको छ । सम्पादन अर्जुन पोखरेलले गरेका छन् । द्वन्दकालमा ज्यानको बाजी राखी मातृभूमिको लागि प्राण आहुति दिने शुरबीर योद्धाका कथा प्रस्तुति गरिएको छ ।

प्रतिक्रिया