बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २१:०१
वासिङटन डिसी 10:16

क्यालिफाेर्नीयाको विद्यालयमा गाेली प्रहार हुँदा २ बिधार्थी ;१६ बर्षिय छात्रा र १४ बर्षिय छात्रको मृत्यु

इनेप्लिज २०७६ कार्तिक २९ गते १:२४ मा प्रकाशित

अमेरिकाको दक्षिणी क्यालिफाेर्नीयाको एक बिद्यालयमा बन्दुक प्रहार हुँदा २ जना बिधार्थीको मृत्यु भएको छ । नोभेम्बर १४ बिहिबारका दिन दक्षिणी क्यालीफाेर्नीयाकाे सान्टा क्लारिटाकाे सउगस उच्च विद्यालयमा गाेली प्रहार भएकाे हो ।

स्वयम् बिधार्थी रहेका उक्त बिद्यार्थीले बन्दुक निकाली अन्धाधुन्ध गोलि चलाएका थिए । उनले २ बिधार्थीलाई गोलि प्रहार गरि ज्यान लिएका थिए भने यस्को साथै अन्य ३ जना घाइते बनाएका थिए ।

ताजा जानकारी अनुसार आफ्नो १६ औ जन्म दिवसमा बन्दुकधारी बिधार्थीले स्वयम्लाई आफ्नो टाउकोमा गोलि प्रहार गरेका थिए । उक्त बिद्यालयमा बिहान ७;३० बजे घटना भएको थियो भने लस एन्जेलस काउन्टीका प्रहरी पुग्दा ६ जना बिधार्थीहरु बिद्यालयको आँगनमा फेला परेको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार सुरक्षाको लागि जडान गरिएको श्रब्य दृश्य (भिडियो)मा उनले आफै गोलि चलाएको पुष्टि भएको छ । ४५ क्यालिबर हाते बन्दुक भएको र गोलि चलाउनेको हालत गम्भीर अवस्थामा रहेको छ ।

१६ बर्षिय छात्रा र १४ बर्षिय छात्र को निधन भएको छ भने १४ ,१४ बर्षका छात्र हरु अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार बन्दुक चलाउने बिधार्थी थिए भने उनलाई पहिचान गर्न सकेनन ।

उनको उद्धेश्य के थियो भन्ने बारेमा कुनै जानकारी प्राप्त भएको छैन भने सान्टा क्लारिटा लस एन्जेलस को मुख्य शहर भन्दा उत्तरपश्चिममा ३० माइल टाडा पर्दछ । उक्त शहरको जनसंख्या करिव २ लाख रहेको छ ।

तस्बिर/कृतज्ञता: एपी

प्रतिक्रिया