बलबहादुरलाई भोटको लागि गृहनगरमा अभियान, भोटिङ गर्न केही दिन मात्र बाकी

इनेप्लिज २०७६ कार्तिक २७ गते ११:३४ मा प्रकाशित


ईटहरी/ द भ्वाइस अफ नेपालका प्रतिष्पर्धीहरुको गायन कलाको लागि भोटिङ भैरहेको छ । लाईभ राउन्डमा पुगेका ४ कोचका १२ प्रतिष्पर्धी अहिले आफ्नो आफ्नो शैली र तरिका अपनाई भोट अपिल गरिरहेका छन् । यता कोच राजुको टिमका बलबहादुर राजबन्शीको गृहनगरमा भने भोटिङ प्रचारप्रसार नै भैरहेको जानकारी प्राप्त भएको छ । चुनाबको शैलीमा पोस्टर पम्प्लेटहरु बाड्ने र भित्ता भित्तामा टास्ने कार्य गर्दै बलबहादुरलाई भोटको अपिल भैरहेको छ । यस्तै उनलाई भोट अपिल गर्न सामाजिक संजालमा समेत ग्रुप बनाएर अभियान चलाईरहेको छ ।

देश बिदेशबाट फ्यान तथा आफ्ना सुभचिन्तकहरुले निरन्तर भोट गरिरहेको फोन तथा म्यासेज गरेर जानकारी गराईरहेको राजबन्शी सुनाउछन् । नक आउट राउण्ड पार गरि टप १२ मा परेका झापा गौरादहका गायक बल बहादुर राजवँशी लाइभ राउण्डमा प्रवेश गरे संगै आफ्ना आवाजका फ्यान, सुभचिन्तक तथा देश बिदेशमा छरिएर रहेका सम्पुर्ण नेपालीहरुलाई अब केही दिनमात्र बाकी रहेकोले अझै भोट गरेर सपोर्ट गर्दिन आग्रह गरेका छन् ।

उनले पाएको भोटिङ कोर्ड ३ रहेको छ । उनलाई जिताउन अबको प्रत्येक हप्ताको प्रस्तुती पछी नेपालबाट मोवाइलको म्यासेज बक्समा ०३ टाइप गरि ३७००० नम्बरमा पठाउनु पर्नेछ । बिदेशबाट पनि एसएमएस मार्फत भोट गर्न सकिने छ । जस अन्तर्गत कतारबाट भोट गर्दा म्यासेज बक्समा ३ टाईप गरि ९२३०० नम्बरमा पठाउनु पर्नेछ । त्यसैगरि ईन्डियाबाट भोट गर्नलाई म्यासेजमा बल बहादुरको कोड ३ टाईप गरि ५३०१० मा पठाउनु पर्नेछ भने प्रभु पे एप्स डाउनलोड गरि अनलाइनबाट पनि बिश्वभरबाट भोट गर्न सकिने छ । फरक शैलि र स्वरका धनि बलबहादुर सबैका आशाका किरण हुन् । लाइभ राउण्डमा प्रवेश पाएका १२ जना प्रतिस्पर्धीहरुबाट खुल्ला भोटिङका आधारमा बर्षको भ्वाइस अफ नेपाल बिजेता छानिने छ ।

प्रतिक्रिया