बिहीबार, मंसिर १९ २०७६
काठमाडौं २१:०५
वासिङटन डिसी 10:20

महाअभियोगमा खुला सुनुवाई बुधबारबाट सुरु हुने

यादवराज जोशी २०७६ कार्तिक २७ गते ०:३३ मा प्रकाशित

यादवराज जोशी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगमा बुधबारदेखि खुला सुनुवाई हुने भएको छ । विगत २० वर्षमा यो राष्ट्रपतिविरुद्धको महाअधियोगमा पहिलो खुला सुनुवाई हो । जसलाई मानिसहरुले टेलीभिजनबाट प्रत्यक्ष हेर्न सक्नेछन् ।

यसअघि हाउस अफ रिप्रिजेन्टेभीभको बन्द कोठामा सुनुवाई हुदै आएको थियो ।

खुला सुनुवाईमा सयौ क्यामरा राष्ट्रपति ट्रम्पको बचाउकर्तामाथि फोकस हुनेछन् । त्यसकारण ह्वाईट हाउसले राष्ट्रपतिको बचाउ कसरी गर्ने विशेष रणनीति बनाएको ह्वाईट हाउस सम्वद्ध अधिकारीले बताएका छन् । खुला सुनुवाईको बेला राष्ट्रपति ट्रम्प आफ्नो चुनावी प्रचारमा केन्द्रित हुने छन् जसले गर्दा उनले तत्काल प्रतिक्रिया दिन सक्ने छैनन । ट्रम्पको ट्वीटले उनलाई समस्यामा पार्न सक्ने देखेर यस्तो रणनीति दिइएको हो ।

यसैगरी, ह्वाईट हाउसले रिपव्लिकन सभासदहरुलाई राष्ट्रपतिको बचाउ कसरी गर्ने भन्ने बारेमा मिलेर रणनीति बनाइरहेको छ । राष्ट्रपतिसंग प्रत्यक्ष सम्पर्क र सम्वन्ध भएका अधिकारीको सुनुवाई रोक्न वा उक्त प्रक्रिया रद्ध गर्न रिपब्लिकन सभासदले भुमीका खेल्नेछन् ।

बुधबारका लागि दुई कुटनीतिज्ञहरु युक्रेनकालागि कार्यवाहक अमेरिकी राजदुत विलियम टेलर र युरोप र युरेरिया हेर्ने उप सहायक विदेशमन्त्री जर्ज केन्टको सुनुवाई निस्चित गरिएको छ ।

राष्ट्रपति ट्रम्पले आगामी सन् २०२० को राष्ट्रपतिय निर्वाचनका आफ्ना सम्भावित विपक्षी उम्मेदवार जोई बिदेनका छोरामाथि निगरानी र छानविन गर्न युक्रेनका राष्ट्रपतिलाई अनुरोध गरेको टेलीफोन वार्ता सार्वजनिक भएपछि हाउसमा ट्रम्पविरुद्ध महाभियोग छानविन भैरहेको छ ।

स्रोतः एजेन्सीहरु

तस्वीरः च्यानल फोर न्यूज

प्रतिक्रिया