बिहीबार, माघ ९ २०७६
काठमाडौं १०:१४
वासिङटन डिसी 23:29

मन्दिरको उत्साहजनक द्यौसी भैलो

इनेप्लिज २०७६ कार्तिक २६ गते ३:०९ मा प्रकाशित

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र(नेपाली मन्दिर) विल्सभिल मेरिल्याण्डले आयोजना गरेको २०१९ को द्यौसी भैलो कार्यक्रम आकर्षक दान सहयोग रकम संकलन गर्दै सम्पन्न भएको छ । मन्दिर संचालन कार्यसमितिका उपाध्यक्ष सरोज प्रजापतिको निवासमामा आयोजना गरिएको कार्यक्रममसँगै यस बर्षको द्यौसी भैलो समापन गरिएको थियो ।

मन्दिरका कोषाध्यक्ष लक्ष्मण प्रधानले दिएको जानकारी अनुसार द्यौसी भैलोबाट यस बर्ष ७३ हजार ८०६ डलर दान संकलन भएको छ । प्रधानका अनुसार यस बर्ष मात्र १सय ३४ जना दाताहरुबाट यो रकम दान प्राप्त भएको हो । मन्दिरका सचिव परशुराम तिमिल्सिनाको संयोजनमा विगत ६ बर्षदेखि मन्दिरले तिहारको पाव अवसर पारेर द्यौसी भैलो आयोजना गरिदै आएको छ । नेपालीहरुद्वारा शुरु गरिएको अमेरिकाको पहिलो मन्दिर भएकाले यसलाई नेपाली मन्दिर भनेर चिनिन्छ । नेपाली समुदायलाई मन्दिरका आफ्ना योजना, कार्यक्रम तथा विचारहरु संचार गर्न द्यौसी महत्वपूर्ण माध्याम बनेको संस्थाका अध्यक्ष खिलेन्द्रमणि न्यौपानेको भनाई थियो ।

द्यौसी भैलो सन २०१४ देखि निरन्तर आयोजना हुदै आएको छ । देउसी भैलोलाई साँस्कृतिक संरक्षण अभियानको रुपमा पनि हेरिएकोले चर्चित संगितकार गायक तथा नृत्यका प्रशिक्षकहरुलेसमेत साथ सहयोग दिदै आएका छन । संस्थाका महासचिव नेत्र घिसिंग एक गितारिस्टको रुपमा निरन्तर द्यौसी भैलो मा सहभागि रहदै आउनु भएको छ ।द्यौसी भैलोलाई संगितकार अनिल तिमल्सिना , गायक अर्जुन घिमिरे तथा गायिका कमला थापाले आ आफ्नो स्तरीय प्रस्तुती दिनुभएको थियो । छ बर्षसम्म निरन्तर रुपमा द्यौसी भैलोमा रामचन्द्र भट्टराई, नारायण खरेल, मधु भण्डारी, शान्ति न्यौपाने, गौरी गजुरेल, सरस्वती शर्मा शीतल र यशोदा भण्डारी लागि नै रहनु भएको छ । समुदायका लव्ध प्रतिष्ठित व्यक्तित्वहरुवाट द्यौसी भैलोलाई साथ सहयोग प्राप्त हुदै आएको छ ।

यस बर्ष मात्र द्यौसी भैलो टोलि २३ स्थानमा पुगेर आफ्नो प्रस्तुती दिएको थियो । यस क्रममा १सय ३४ जना दाताहरुबाट दान प्राप्त भएको थियो । शुरुदेखि यस बर्षसम्म मन्दिरले ८४ स्थानमा पुगेर आफ्नो प्रस्तुती दिईसकेको छ । यसै गरी यो छ बर्षको अवधिमा करिब चार लाख डलर दान सहयोग पनि संकलन भैसकेको छ । यो रकमबाट मन्दिर ब्यबस्थापन र बिभिन्न परियोजना संचालन गरिदै आएको संचालक समितिले जनाएको छ । द्यौसी भैलोलगायतका कार्यक्रमका बारेमा र अन्य थप जानकारी दिने उद्देश्यले निकट भविष्यमा मन्दिरले प्रेस नोट प्रकाशित गर्न लागेकोले त्यसलाई हेरेर थप जानकारी लिन र आवश्यक सुझाव दिन पनि मन्दिरले अनुरोध गरेको छ ।

प्रतिक्रिया