मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:३३
वासिङटन डिसी 07:48

अमेरिकाका राज्य सिनेटर द्वारा कानुन मन्त्री ढकाल समक्ष भ्रमण बर्षमा नेपाल जाने प्रतिज्ञा

एटलान्टामा नासाद्वारा सार्वजनिक स्थलमा भ्रमण बर्षका सामग्री सावर्जनिक स्थलमा प्रदर्शन

इनेप्लिज २०७६ कार्तिक २६ गते १:३९ मा प्रकाशित

 

नेपाल सरकारले गर्न लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका(नासा)ले औपचारिक रुपमा कार्यक्रम सुरू गरेको छ । एक बिशेष कार्यक्रमको आयोजना गरि नेपाल सरकारका न्याय तथा कानुन मन्त्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा कार्यक्रमको सुरुवात एटलान्टावाट भएको छ ।

नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग)को सहयोगमा भएको कार्यक्रमको पानसमा बत्ति बाल्दै र रिबन काटेर भ्रमण बर्ष २०२० को ब्यानर (तुल )खोलि प्रमुख अतिथिले कार्यक्रमको उदघाटन गर्नु भएको हो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै कानुन मन्त्रीले प्रबासमा रहेर नेपालीहरुले नेपाल सरकारको कार्यक्रमलाई सफल बनाउन लागि परेको देख्दा खुसि ब्यक्त गर्दै सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बचनबद्धता ब्यक्त गर्नु भयो । उहाले यस्ता कार्यक्रमहरुले सबै नेपालीहरुलाई जोड्न सहयोग पुर्याउने कुरा बताउनु भयो ।

नेप्लीज एसोसिएशन इन साउथइष्ट अमेरिका (नासा ) को आयोजना तथा नेप्लीज एसोसिएशन अफ़ जर्जिया को सहयोगमा भ्रमण बर्ष २०२० को प्रवर्द्धन कार्यक्रम को उद्घघाटन कार्यक्रम नेपालका क़ानून तथा न्याय मन्त्री माननीय भानुभक्त ढकाल ज्यू को प्रमुख अतिथि तथा जर्जिया राज्यका सिनेटर द्वय Steve Henson एवं Sheikh Rahman को विशेष अतिथि मा सम्पन्न कार्यक्रम,एटलान्टा , जर्जिया अमेरिका ।

Posted by Enepalese on Sunday, November 10, 2019

बिदेशमा जन्मिएका दोस्रो पुस्तालाई नेपाल चिनाउन भ्रमण बर्षले मद्धत पुर्याउने ढकालको भनाई थियो । कार्यक्रमको बिशेष अतिथिहरुमा जर्जिया राज्यका डेमोक्रेटिक पार्टीका सिनेटका नेता (लिडर) सिनेटर स्टिभ हेन्सन र सिनेटर शेख रहमान हुनु हुन्थ्यो ।

सो कार्यक्रममा बोल्दै सिनेटर स्टिभ हेन्सनले आफु नेपालीहरुको बिचमा आएर बोल्न पाउदा खुसि ब्यक्त गर्दै एट्लाण्टामा नेपाल दिबस मनाउन आफुले सिनेटमा प्रस्ताब लाने बताउनु भयो ।

अर्का सिनेटर शेख रहमानले आफुले नेपाल भ्रमण बर्षलाई सहयोग गर्दै २०२० मा नेपाल जाने बताउदै नासाले संचानल गर्ने कार्यक्रमको सफलताको कामना गर्नु भयो । कार्यक्रममा पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटाले पनि शुभकामना संदेश दिनु भएको थियो ।

नासाका अध्यक्ष विनय अर्यालको सभापतित्वमा भएको कार्यक्रममा नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसिले सबैलाई स्वागत गर्दै भ्रमण बर्षलाई सहयोग गर्न अनुरोध गरेका थिए भने नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनीले धन्यवाद दिएकी थिइन ।

१९९१ मा एटलान्टाबाट नै सुरु भएको नासाको आफ्नो कार्यकालको सुरुवाति बैठक पनि एटलान्टाबाट नै सुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्षको कार्यक्रम पनि यहीबाट नै सुरु गरेको बताए ।

कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्ष भरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए । स्थानीय बालबालिकाहरुले सांगीतिक प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए ।

यसै गरि भ्रमण बर्षमा संचालन गरिने बिबिध कार्यक्रम मध्ये ४ वटा कार्यक्रम सोही दिन सुरुवात गरिएको छ । बिशेष गरि भ्रमण बर्षको संदेश जाने गरि अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको र एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरि चारवटा गाडी रोक्ने स्थल शेल्टर ( बस चढ्ने र उत्रने सार्वजनिक स्थल ) मा भ्रमण बर्षको तुलहरु राखिएको छ ।

बिशेष गरि भ्रमण बर्षको संदेश जाने गरि अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने लक्ष्य राखिएको 

जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतिक चिन्ह ) लाई प्रोफाइल ( परिचय )को रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रयोग गरि सुरुवात गरिएको छ ।

जस मध्ये सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन ,नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण ,सामाजिक संजाल (फेसबुक)मा भ्रमण बर्षको लोगो (प्रतिक चिन्ह ) लाई प्रोफाइल ( परिचय )को रुपमा प्रयोग गरि र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रयोग गरि सुरुवात गरिएको छ ।

यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको संदेश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष बिनय अर्यालले बताए ।

अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिएनएनको मुख्यालयमा व्यवसाय संचालक रामजी पराजुलीलाई प्रचार सामग्री हस्तान्तरण गरियो ।

नासाले भ्रमण बर्षभरी गरिने बिभिन्न कार्यक्रमहरुको सूची यस प्रकारले तयारी गरेको छ ।

NEPALESE ASSOCIATION IN SOUTHEAST AMERICA WILL ORGANIZE THE FOLLOWING TO PROMOTR VNY 2020

1.Advertise the Big posters and Signs in the busy road crossing in shelers and benches of many states in Southeast America .Already Done In 4 different locations in Atlanta .
2.Apply the facebook profile picture frame with VNY 2020 official logo in mass individual FB accounts. Already Done In I inauguration ceremony and going with in public .
3.Apply the signature block with the appropriate words in nass individual emails accounts to promote VNY 2020. Already Done In I inauguration ceremony and going with in public .
4.Organize Eassy Competition on “ Visit Nepal 2020 “ Program
5.Inform in every city’s townhall meeting
6.Display VNY Posters in Library, Retail busniness area and in other appropriate areas
7.Organize big procession in downtown or busy area either on walking or with car rally . NASeA has announced to do so one in Florida on coming Buddha Purnima
Car bumper Sticker display
8.Print Shopping bags with VNY logo and promotional wordings and distribute in all Neaplese owners of retail businesses
9.Get help from all Nepalese Students association @ various universities to organize info session in their respective universities
10.Talk show in many local FM and TV stations
11.Request to all Nepalese related associations any events to start few promotional wordings from now onwards all year long 2020
12.Participate in any local level events of international food festivals / musical festivals/ cultural events
13.Big sign stickers in city buses
14.Contact with movie theature to ad VNY 2020 in weekends shows
15.Kids art competition in Nepali Pathshala and disply them in silent auction
16.Organize dedicated monthly talk session by NASeA at least 3 in interval of 3-4 months from now onwards till end of November 2020
17.Publish special edition of Shangri La ( NASeA Newsletter) to promote only for VNY 20 ko 20
18.Print customized US first class postal stamp with VNY 2020 logo

 

प्रतिक्रिया