बुधबार, फागुन ७ २०७६
काठमाडौं ०६:४५
वासिङटन डिसी 20:00

क्यानाडामा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीहरुलाई दर्जनौ स्वर्ण पदक

इनेप्लिज २०७६ कार्तिक २५ गते २३:३९ मा प्रकाशित

क्यानाडाको एडमन्टनमा रहेको हिमालयन तेक्वान्दो एकेडेमीका नेपाली खेलाडीलाई दर्जनौ स्वर्ण पदक प्राप्त हुनुको साथै उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका छन् ।

क्यानडियन आइटिएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१९ सस्काच्युयन तेक्वान्डो फेडरेसनको आयोजना गरेको हो । सो प्रतियोगितामा हिमालयनका खेलाडीले १५ स्वर्ण, १४ रजत र १९ कास्य पदक गरि कुल ४८ पदक जितेका छन् ।

उक्त प्रतियोगितामा स्पायरिङ र प्याटर्न गरी दुई विधा समावेश गरिएको थियो भने खेलाडीहरु गिब्सन ढकाल, प्रसिद्वि कडेल, प्रशुन शर्माले दुवै विधामा स्वर्ण पदक जित्न सफल भएका छन् ।

त्यस्तै गरि आरुष उप्रेती, अनुप घिमिरे, आर्यन भट्टराई, जोनिस चौधरी, प्रद्योतन निरौला, प्रशुभ अधिकारी, रिकेश पुरी, स्पन्दन गौतम र सुभम अधिकारीले स्वर्ण पदक जितेका छन् ।

उक्त प्रतियोगिता मै खेलाडी विवेक तिम्सिना, गणेश वोहोरा, जेम्स चौधरीले दुवै विधामा रजत पदक जितेका छन् । आरम्भ खरेल, अवि सिह, आदित्य अधिकारी, अरिक पौडेल, आयुस ओझा, विवश लामिछाने, जेनिसा चापागाई र रिकेस पुरीले रजत पदक जितेका छन् ।

दुवै विधामा कास्य पदक जित्नेमा अनुप रसाईली, प्रवेश पौडेल, रियाज अर्याल, र शशांक भन्डारी छन् । आरम्भ खरेल, आरुष उप्रेती, अवि सिंह, आदित्य अधिकारी, अनुप घिमिरे, एरिक पौडेल, आर्यन भट्टराई, आयुष ओझा, भविष लामिछाने, जेनिस चापागाई, स्पनदन गौतमले रजत पदक जितेका छन् ।

गत नोभेम्बर ८ र ९ मा सस्काच्युन राज्यको रेजाइना सहरमा सम्पन्न प्रतियोगितामा क्यानाडामा रहेका करिव ४ सय ५० खेलाडीको सहभागिता रहेको थियो ।

द्वय राजु गड्तौला र हुमन गौतम द्वारा संचालित हिमालयन तेक्वान्डो एकेडेमीले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । क्यानाडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनमा हिमालयन तेक्वान्डो एकेडेमी रहेको छ । गडतौलाको नेतृत्व र गौतमको व्यवस्थापनमा प्रतियोगितामा भाग लिएको थियो ।

तीन वर्ष अघि देखि सञ्चालनमा आएको रहेको एकेडेमीमा नेपाली मुलका करिव ८० प्रशिक्षार्थी छन् । अक्टोबरमा युरोपमा हुने विश्व च्याम्पियनसिपका लागि खेलाडीहरुलाई तयारी चलिरहेको पनि प्रशिक्षक गड्तौलाले बताए । यसै गरि हिमालयन तेक्वान्डोमा हाल नेपाली भाषी विद्यार्थी मात्र रहेपनि अन्य समुदायका खेलाडीलाई पनि भर्ना खुल्ला रहेकोे सञ्चालक गौतमले बताए ।

प्रतिक्रिया