गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (प्रेस विज्ञप्ति: भारतले जारी गरेको नक्सा सम्बन्धमा )

इनेप्लिज २०७६ कार्तिक २५ गते १२:१९ मा प्रकाशित

 

भारत सरकार बाट हालै प्रकाशित भारतको राष्ट्रिय नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरिएको प्रति गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल सरकारको पहलमा सम्पन्न सर्वदलीय बैठकको मर्मलाई आत्मसाथ गर्दै नेपाल सरकार र सरोकार वाला बाट सीमा सम्बन्धी विषयहरू सुल्झाउन अन्तर्राष्ट्रिय निकायमा समाधानका लागि कूटनीतिक पहल गरियोस् भनी अनुरोध गर्दछौँ । साथै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयमा एनआरएनए आइसिसीले चालेको कदम प्रति हामी ऐक्यबद्धता जाहेर गर्दछौँ ।

बि्ज्ञप्ति हेर्न कृपया तलको लिङ्कमा क्लिक गर्नुहोस्:
https://adobe.ly/2pR0Iqv

धन्यबाद !

गैर आवासीय नेपाली सङ्घ
राष्ट्रिय समन्वय परिषद् अमेरिका

प्रतिक्रिया