अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोह सम्पन्न

इनेप्लिज २०७६ कार्तिक २५ गते ३:१९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुई वर्षमा नेपाली भाषाका साहित्यस्रष्टाहरुलाई प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार आज अमेरिकाको वासिंटन डी सी मा एक भव्य समारोहका बीच वितरण ग¥यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको यस समारोहमा पुरस्कार लिन वासिंटन डी सी आइपुगेका स्रष्टाहरुलाई अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की तथा बिओटी अध्यक्ष गीता खत्रीले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । समारोहका प्रमुख अतिथि डा कार्कीले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेललाई अमेरिकी डलर २५०० राशीको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभयो ।

अनेसास विशिष्ट प्रतिभा पुरस्कारको राशी २५०० डलर
अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको राशी २००० डलर

यस वर्ष नेपाली साहित्यका विभिन्न विधामा गरी कूल आठ पुस्तकहरु पुरस्कृत भएका छन् । अमेरिकी डलर २००० राशीको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट यस वर्ष नेपालका कथाकार नरेन्द्रराज पौडेल रोबोटका आँखा नामक कथासंग्रहका लागि पुरस्कृत भएका छन् ।

यसै गरी अमेरिकी डलर ११०० राशीको अनेसास स्व. दिल–लीला सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कार छाप्रो नं.५५ नामक उपन्यासका लागि भुटानबाट प्रवासी जीवनका क्रममा नेपाल हुँदै हाल अमेरिकामा रहेका युवा उपन्यासकार रमेश दियालीले प्राप्त गरेका छन् । यो पुरस्कार अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा बोर्ड अफ ट्रस्टिज सदस्य डा. कुमार बस्नेतले जापानबाट सौजन्य गर्नुभएको हो ।

अनेसास रोहिणी शर्मा–सीता शर्मा सर्वोत्कृष्ट काव्य पुरस्कार नेपालीकी कवि कुन्ता शर्मालाई प्रदान गरिएको छ । अमेरिकी डलर १००० राशीको यो पुरस्कार कवि शर्माको मेरो मान्छे कवितासंग्रहका लागि प्रदान गरिएको हो । यो पुरस्कार एरिजोना निवासी अनेसास बोर्ड अफ ट्रस्टिज (बिओटी) का पूर्व उपाध्यक्ष रोहिणी शर्माको सौजन्यमा अनेसासलाई प्राप्त भएको हो ।

अमेरिकी डलर १००० राशीको अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार नेपालका कथाकार युवराज मैनालीलाई प्रदान गरिएको छ । अनेसासका पूर्व अध्यक्ष तथा बिओटीका उपाध्यक्ष पदम विश्वकर्माले यस पुरस्कारका लागि सौजन्य गर्नुभएको हो । मैनाली पुरस्कार ग्रहण गर्न अमेरिका आउन सक्नुभएन । यसैगरी अनेसास स्व. प्रा. डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार नेपालका नवोदित उपन्यासकार तीर्थ गुरुङलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशी अमेरिकी डलर १००० रहेको छ, यस पुरस्कारका दाता बोर्ड अफ ट्रस्टिजका पूर्व अध्यक्ष सुमनराज तिमसिना हुनुहुन्छ ।

अनेसास डा. श्याम कार्की–इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार यस वर्ष नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिएको छ । यस पुरस्कारको सौजन्यकर्ता अनेसास बिओटीका पूर्व अध्यक्ष डा. श्याम कार्की हुनुहुन्छ ।

५०० अमेरिकी डलरको अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कार यस वर्ष नमिता बरालले प्राप्त गरेकी छन् । उनको आँगन गजलसंग्रहका लागि यो पुरस्कार प्रदान गरिएको हो । बिओटी अध्यक्ष गीता खत्रीले यो पुरस्कार सौजन्य गर्नुभएको  हो ।  ५०० डलर राशीकै अनेसास लक्ष्मण सत्याल सर्वोत्कृष्ट संस्कृति अनुसन्धान पुरस्कार मस्टो संस्कृति नामक सांस्कृतिक अनुसन्धानपरक कृतिका लागि संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रादन गरिएको हो । यो पुरस्कार अनेसासका आजीवन सदस्य कल्पना सुवेदीले वहाँका पिता लक्ष्मण सत्यालको सम्मानमा सौजन्य गर्नुभएको हो ।

अनेसासको २८ वर्षको इतिहासमा यस वर्ष पहिलोपटक पुरस्कारको राशीमा वृद्धि गरिनुका साथै विधागत रुपमा पुरस्कारलाई व्यवस्थित गरिएको छ । अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारलाई प्रवासी नेपाली साहित्यिक संस्थाले प्रदान गर्ने सबैभन्दा बढी धनराशीको पुरस्कार यसै वर्षदेखि स्थापित गरिएको छ ।

पुरस्कार वितरणपछि पुरस्कारदाताका तर्फबाट सुमनराज तिमसिना, तथा राम लामाले मन्तव्य राखेका थिए । यसै गरी पुरस्कार प्राप्त गर्ने रमेश दियाली, नरेन्द्रराज पौडेल, कुुन्ता शर्माले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

समारोहमा बिओटी सल्लाहकार खगेन्द्रप्रसाद लुइटेलले अनेसासले पछिल्ला वर्षहरुमा निकै छिटो फड्को मारेको बताउँदै अबका दिनमा अनेसासले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पाठकहरुसम्म पु¥याउनका लागि अन्य भाषामा अनुवाद गर्दै लैजानुपर्ने बताउनुभयो ।

बिओटी सचिव शिव लामिछानेले पुरस्कार समितिले विगत ११ महिनादेखि आजको तयारीका लागि निरन्तर विभिन्न चरणमा काम गरिरहेको बताउँदै यस वर्ष सबैभन्दा बढी अर्थात् विभिन्न विधामा कूल १३६ लेखकका पुस्तकहरु प्राप्त भएको जानकारी गराउनुभयो । समारोहमा पुरस्कार समितिका अध्यक्ष प्रा. डा.गोपी उप्रेती, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, केन्द्रीय कार्यसमितिका सचिव लालगोपाल सुवेदी, बिओटी उपाध्यक्ष पदम विश्वकर्मा तथा अध्यक्ष गीता खत्रीले अनेसासको विकासक्रम र यसको संस्थागत विस्तारबारे मन्तव्य प्रकट भएको थियो । प्रमुख अतिथि राजदूत अर्जुनकुमार कार्कीले अनेसासले भाषामात्र नभई नेपाली संस्कृतिलाई विश्वभरि बोकेर विस्तार गरिरहेको बताउनुभयो ।

बिओटी उपाध्यक्ष पुरु सुवेदीले स्वागत मन्तव्य दिनुभएको समारोहमा अनेसासका संस्थापक होमनाथ सुवेदीको उत्तर अमेरिकाको नेपाली साहित्यको इतिहास नामक कृति र राम लामा अविनाशीको पिल्सिएको परदेशी मन कवितासंग्रहको विमोचन गरियो ।

यसै वर्षदेखि अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्रदान गर्ने व्यवस्था अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समितिले गरेको छ । अन्तर्राष्ट्रिय आयात निर्यात व्यवसायी तथा अनेसास बोर्ड अफ ट्रस्टिजका कोषाध्यक्ष राम लामा अविनाशीले यो पुरस्कारका लागि २५०० डलर राशीको रकम सौजन्य गर्नुभएको छ । सन् २०१७ देखि सुरु भएको यस पुरस्कारको वितरण यस अघि अनेसास केन्द्रीय कार्यसमितिले गरेकोमा अनेसासको विधान २०१६ अनुसार यस पुरस्कारलाई यस वर्षदेखि अनेसास बोर्ड अफ ट्रस्टिज पुरस्कार समिति अन्तर्गत व्यवस्थित गरी वितरण गर्ने व्यवस्था गरेको कुरा पुरस्कार समितिका सदस्यसचिव शिव लामिछानेले बताउनुभयो । वहाँका अनुसार अनेसासका सबै पुरस्कार अबदेखि पुरस्कार समितिअन्तर्गत ल्याइने प्रयास भइरहेको वहाँले बताउनुभयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा आजै दोस्रो चरणमा विशेष कवि गोष्ठीको आयोजना ग¥यो । स्व. महाकवि देवकोटालाई सभापति मानेर सुरु भएको यस कवितावाचनमा कुन्ता शर्मा, कृष्ण सादगी, हरि अधिकारी, शिव लामिछाने, गोवद्र्धन पूजा, पदम विश्वकर्मा, गीता खत्री, नारायण अधिकारी, सुदीपभद्र खनाल, राजेन्द्र श्रेष्ठ, ममता कर्माचार्य, दीपा राई पुन, महेश्वर पन्त, सीता पाण्डे, विमला निरौला, शरद निरौला, गोपाल रेग्मी, भीम रेग्मी, पुरु सुवेदी, रश्मी भट्ट, कल्पना सुवेदी, अरुण रुपाखेतीलगायतका कविहरुले कविता, मुक्तक र गजलवाचन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रधान कार्यालय वासिङटन डी सी मा रहेको छ । हाल अनेसास विश्वका तीस मुलुकका ६० भन्दा बढी च्याप्टरमा विस्तार भएको छ । यस संस्थाभित्र करीब १ हजार ७ सय आजीवन सदस्य तथा ६९ जना बोर्ड अफ ट्रस्टीहरु रहेका छन् । अनेसास केन्द्रीय कार्यसमितिको निर्वाचन हरेक दुई वर्षमा हुने गरेको छ । साथै यसको सल्लाहकार तथा नियामक निकायका रुपमा रहेको बोर्ड अफ ट्रस्टीजको निर्वाचन हरेक चार वर्षमा हुने गरेको छ ।

प्रतिक्रिया