५ वर्ष बित्न ३ वर्ष बाकी रेसम फिरीरि…..

भानु काफ्ले २०७६ कार्तिक २४ गते १३:५५ मा प्रकाशित

सम्माननीय प्रधानमन्त्री ज्यू,

भानु काफ्ले ,सर्वप्रथम हजुरको स्वास्थलाभको कामना । लाग्थ्यो हजुरको भाषण सुन्दा देशले छलांग मार्नेछ तर त्यो नितान्त फरक रह्यो ।एउटा राजा फालेर आज सयौं छोटे राजा पाल्दैछौं हामी ।हाम्रो देशले गुमाएको भुमी फिर्ता ल्याउनु पर्नेमा उल्टै आफ्नो भुमी छिमेकीले हस्तक्षप गर्दैछ। तपाईका हावा तालका भाषण मात्र समाचारका हेडलाईन बने तर देशको हितमा कहिल्यै काविल बनेनन् । गरेका भाषणले कुनै अर्थ राखेन ।

बुद्ध जन्मेको हाम्रो देशको भुमी हडप्न खोज्ने र कुनैबेला हाम्रो देशलाई नाकाबन्दी लगाउने भारतका मोदी टुटे फुटे अंग्रेज़ी बोलेर लण्डन डुल्न भ्याउछन् । आखीर यिनीपनि फिरिंगीहरुकै गुलाम त हुन् ।नुनको सोझो । पुन: स्मरण रहोस् , भारत मनोबैज्ञानीक रुपमा अझै पनि ब्रिटिसको गुलाम नै छ । उसको गुलामी टुटेको छैन । तर हामी ? के हामी स्वावलम्बी भएर हाम्रा भिमसेन थापा , अमर सिंह थापा, बलभद्र कुवर र ७४ वर्षको उमेरमा पनि देशको रक्षाका निम्ति लडेका बिरहरुले जस्तै बिरता देखाउन सक्दैनौ ? के हामी आई लाग्ने माथी जाही लाग्न सक्दैनौ? बिर नेपालीहरुसंग जोरी खोज्नेको शिर क्षेद गर्न के हाम्रो सिरुपाते खुकुरी काबिल छैनन् र ? कालापानी, लिम्पियाधुरा र लिपुलेकमा गिद्दे नजर लगाउनेको आखा फुटाउन हामी जस्ता युवाहरुका हातमा रहेका संगिनहरु हर्दम तयार छन् । औषधीको ट्याबलेटमा आडिएको तपाईको जिवनले देश अड्याउने एउटा ट्यवलेटको काम गरोस् । पाँच वर्षको कार्यकाल मध्य दुई वर्ष बितिसक्यो र अब बाकी रह्यो तिन वर्ष ।अबको तिन वर्ष देशका लागी केही गर्ने जमर्को गर्नुहोस् ताकी तपाईको जीवनको अन्त्य पश्चात पनि तपाईको नाम अमर रहोस् ।

माट को कसम् खाएर भनौत सम्माननीय ज्यू झापा आन्दोलनका सहयात्रिहरु तपाईंका काला जेल जीवनका कोठरीहरु के ? यहि मात्रिभूमि माथि को अस्मिता नांगो नाच हेर्न बिबस् हुनलाई हो ? कि आफ्नो जीवनको उतरार्द मा भिमसेन थापा हुन तपाईंलाई कत्ती जिजिबिसाले प्रेरित गर्दैन ?

पदशक्ति र लोभलुप्तले गर्दा त्यही पुरानो कुर्सी प्रिय भएर समाधि लिनु भन्दा भिमसेन भएर सेरिनु ईतिहास मा कालजयि भएर दसकौ सदियौ सम्म जिबित रहनु होला ।

सबैको हृदयमा रहनु होला नत्र आसे पासेको भएर बाच्नु भयो भने पाच् बर्ष बित्न तीन बर्ष बाँकी रेसम फिरिरी……

प्रतिक्रिया