नेपाल माथिको भारतीय दादागिरिका बिबिध आयामहरु

बिरकाजी बस्नेत २०७६ कार्तिक २४ गते ४:१० मा प्रकाशित

बिरकाजी बस्नेत। नेपाल जस्तो सानो मुलुकमा ठुलो छिमेकी भारतको मिचाहा प्रवृत्ति एक आयाममा मात्र छ भनेर बुझ्नु हुँदैन । अहिले कालापानीको कुरा जल्दो बल्दो रुपमा आएको भए पनि केही समय पस्चात सेलाएर जाने छ । सन्धी सम्झौता र अन्तरराष्ट्रिय कानुन अनुसार कानुनी लडाईं गर्ने हो भने नेपालको सिमा टिस्टा देखी कांगडा सम्म नै पुग्ने छ । तर नेपालको निरिहता यती सम्म छ कि गुमेको भु-भाग त परै जाओस हाल भोग चलन गरी रहेको जमिनको रक्षा सम्म गर्न सकी रहेको छैन । राजनीतिक नक्सा अहिले त्यता परेको देखिए पनि भारतले त्यो जमिन ओगटेको १९६२ सन देखी नै हो । त्यस्तै समस्या सुस्ता क्षेत्र पनि हो । यि लगायत अन्य ८१ स्थानमा सिमा अतीक्रमण भएको छ । नेपाल तिरको सिमा रक्षा स्थानीय समुदायले मात्र गरी रहेको छ । जसका कारण नेपालीहरुले जमिन गुमाउनु परेको ,कुट्टिनु परेको ,लुट्टिनु परेको ,छोरी चेली बलात्‍कृत हुनु परेको छ । सिमा रक्षा गर्ने क्रममा कंचनपुरमा एक नेपाली गोबिन्द गौतम मारिए ।

सप्तरिको तिलाठीमा देव नारायण यादव पशुलाई झै बांधेर लगियो । त्यस माथि सिमा क्षेत्रमा समानान्तर बाँध बनाइदिएर तराइका खेती योग्य जमिन र घर डुबाउमा पारेर ब्यापक धन जनको क्षती पुर्याइदिन्छ । उता भारत नेपाल भित्र पसेर सुरक्ष्या कर्मिलाई ढुङ्गा हान्दै गर्दा मारिए भने थर्काउंछ तर नेपाल भने आफ्नो सिमा क्षेत्र भित्र आएर भारतीय सिमा सुरक्षा बल आएर गोली हानी नेपाली मार्दा पनि मुख खोल्ने नैतीक साहस राख्दैन । नेपाली केही नेताहरु दुई देशको मित्रताको अगाडि केही हजार हेक्टर जमिन सँग तुलना गरिनु हुँदैन भन्ने तर्क गर्छन् । यस्ता बेबकुफहरुलाई पुर्खाले नालापानिमा ,जैथकमा ,मलाउमा गरेको बलिदानीको मर्म र महत्व के थाहा छ र । पुर्खा मिल्न आइज राज्य दिन्छु भन्दा आफुलाई बाघको डम्बरु हुँ भनेर ओजस्वी जबाफ दिन्थे भने अहिलेका नेता तलाई म तेरो देशको प्रधान मन्त्री बनाइदिन्छु भन्यो भने मन तातो तेल लिएर गोडा मोल्न पुग्छन । व्यक्तिको जस्तै देशको पनि नियती वा भाग्य हुन्छ भनेर बुझ्नु पर्छ । पुर्खाले लडेर आर्जन गरेको र जोगाएको जमिन हामीले अडेर जोगाउन हम्मे हम्मे परेको छ । साना दु:खले आर्ज्याको मुलुक होइन चार जात छतिस बर्णको साझा फुलबारी अहिले फुलबारीमा पहिरो गइरहेको छ भने फुलहरु पनि रोगी बनेका छन ।

धार्मिक आयाम : देशका सबैभन्दा ठुला देवता पशुपतीनाथमा पूजारी पनि ईण्डियन भट्ट नै हुनु पर्ने भयो । भगवान बुद्धको जन्मस्थल नेपालमा हो तर विश्वका बुद्ध धर्मावलम्बी देशहरु लगायत अन्य मुलुकमा उनी भारतमा जन्मेका हुन भनी भ्रमपूर्ण प्रचार भएको छ । यहाँ सम्मकी नक्कली लुम्बिनी खडा गरेर विश्वलाई भ्रम दिई रहेको छ । त्यस्तै साउन महिनामा महिलाले प्रयोग गर्ने हरिया पहिरन ,मेहन्दिको प्रयोग ,राखी लगाउने प्रचलन ,तिहार दिवाली बनेको , फागु पर्ब होली भएको कुरा हाम्रा संस्कारमा परेका भारतीय प्रभाब नै हुन । त्यस्तै अन्य कतिपय भारतीय च्यानलहरुको प्रभाबले नेपाली जान जीवनका संस्कारमा परिवर्तन ल्याइदिएको छ । भारतका संचार नेपालीका कोठा कोठामा पुगेका छन भने नेपाली संचारको भारत सम्म पहुंच नै छैन ।

आर्थिक आयाम : नेपालमा भारतीय बस्तु र सेवाको प्रयोग करिब ९६ प्रतिसत छ भने नेपालबाट नगण्य मात्रामा कच्चा पदार्थहरु भारत निर्यात हुन्छन । केही नगदे बाली र औध्योगिक सामन अली बढी निर्यात हुन थाल्यो भने नाकामा नै क्वेरन्टाइनको समस्या वा अतिरिक्त कर लगाएर सामन महँगो पर्ने र खपत नहुने अवस्थामा पुरयाइ दिन्छ्। त्यस्तै कतिपय नेपालका बिकास पारीयोजनाहरु जिम्मा लिने तर पुरा नगरने पनि गरेकै छ । पञ्चेस्वर बहुउद्धेसिय परियोजना ,हुलाकी सडकको लागी १५ बर्ष अघी गरेको ८ अर्ब सहयोगको प्रतिबद्धता मध्ये आधा सम्म दिएको छ । त्यस्तै २००८ को जनबरिमा जि एम आर ले जिम्मा लिएको ९०० मेघावटको माथिल्लो कर्णाली पारीयोजनाको हाल सम्म सुरसार छैन । एक तेल पाइप लाइन पर्‍योजना सम्म सम्पन्न भएको छ । नेपाली रेमिटेन्स भारतले पाउने गरेको छ जुन उसको छैठौ ठुलो रेमिटेन्स स्रोत हो । तर नेपाली कामदारले दु:ख गरी कमाएर ल्याएको केही रकम प्राय सिमा क्षेत्रमा नै प्रहरिले लुट्ने गरेको छ ।

तर नेपाली कामदारले दु:ख गरी कमाएर ल्याएको केही रकम प्राय सिमा क्षेत्रमा नै प्रहरिले लुट्ने गरेको छ ।

त्यस्तै नेपाल भित्र रहेको उद्ध्योग र बाणिज्य पनि अधिकांसत भारतीय मुलका मारबाडिकोहरुको हातमा छ । जस्तो कि हुलास ,खेतान ,गोल्छा ,ज्योती ,चौधरी समुह आदी आदी । नेपाललाई पूर्ण रुपले भारतको बजार बनाइेको छ । नेपालले रातो माटोको धुलो सम्म लाई लाल दन्त मन्जनको रुपमा प्रयोग गर्नु परेको अवस्था छ ।

पहिचानको आयाम : भारतले नेपालको अन्तरराष्ट्रिय पहिचानमा भ्रमपूर्ण समाचार छरी संकट्मा पारेको छ । जस्तो कतिपय अबस्था र नेपालको पहुंच नपुगेका देश हरुमा नेपाललाई भारतको एक प्रान्त हो भनी दिन्छ । पाकिस्तान र बंगलादेश जस्तै नेपाल पनि भारत टुक्रिएर बनेको राज्य हो भन्ने प्रचार गर्न पनि भ्याएकै छ । कतीपय भु छेत्रमा सगरमाथा लगायतका अग्ला हिमाल भारतमा पर्छन भन्ने भ्रान्ती छरेको छ । यहाँ सम्मकी स्वर्गिय इन्दिरा गान्धिको अस्तु सगरमाथामा बिसर्जन गरिएको भनी केही अफ्रिकी संचार माध्यममा प्रचार गरिएको थियो । त्यस्तै नेपाललाई आफु संरक्षित राष्ट्र हो भन्ने भ्रमपनी दिने गरेको छ । संयुक्त राष्ट्र संघको सद्स्यता लिने क्रममा पनि के नेपाल स्वतन्त्र राष्ट्र हो र भन्ने प्रश्न उसकै कारण पनि उठेको थियो । त्यस्तै नेपालको अधिकारिक सरकारी लिपी देबनागरी हो भनी दर्ता गर्न खोज्दा उसले यो लिपी आफ्नो भनी दाबी गरिदियो जसका कारण नेपालले नेवारी रन्जना लिपिलाई अधिकारिक लिपिको रुपमा दर्ता गर्नु पर्‍यो । ब्रिटेन र अमेरिकाको एउटै लिपी दर्ता हुंदा नेपालको किन हुन नसक्ने दाबी नेपालले प्रस्तुत गर्न सकेन ।

ब्रिटेन र अमेरिकाको एउटै लिपी दर्ता हुंदा नेपालको किन हुन नसक्ने दाबी नेपालले प्रस्तुत गर्न सकेन ।

उसले मयुर लाई राष्ट्रिय चरो बनाएकोले नेपालले डांफे बनाउनु परेको हो । यहाँ सम्मकी नेपालीले बल्ल तल्ल निर्माण गरेको संबिधान सबै नसमेटिने छ भन्दै मोदी लण्डन र ब्रसेल्स सम्म प्रचार गर्दै हिंडे ।

समाज शास्त्रीय आयाम : ईतिहासको बिभिन्न काल खण्डमा बिभिन्न बहानामा भारतको भुखण्डमा रहेका नेपाली भासी भारतीयहरुलाई लखेट्ने वा अनागरिक बनाउने कार्य गर्ने गरेको छ । कहिले मेघालय त कहिले मणिपुर वा आसामबाट यस्तो कार्यहरु बेला बेलामा भएका छन । यहाँ सम्मकी भुटानमा रहेका नेपाली भाषीहरु जसले डुक्पाहरुलाई मकै भुटेर खानु पर्छ भनी सिकाए लाई बिना कारण भुटानबाट लखेट्न दबाब दियो ।

यहाँ सम्मकी भुटानमा रहेका नेपाली भाषीहरु जसले डुक्पाहरुलाई मकै भुटेर खानु पर्छ भनी सिकाए लाई बिना कारण भुटानबाट लखेट्न दबाब दियो ।

उनीहरुलाई सिमा जोडीएको आफ्नो देशको भुमिमा टेक्न समेत नदिएर नेपालको सिमामा छोडिदियो । उनीहरु स्वयम आफ्नो देश फर्केर जान लाग्दा आफ्नो सिमामा खुट्टा राख्न समेत दिएन । पछी उनिहरु शरणार्थीबाट पुन शरणार्थी बनी अन्य देशहरुमा पलायन हुन वाध्य भए । अहिले पनि आसाममा ठुलो संख्यामा रहेका नेपाली भासी भारतीय हरुलाई अनागरिक बनाउने कानुन लागु गर्दै छ । यता नेपालमा एकआपसमा मिलेर बसेका समुदायलाई बिभेदको नारा बोकाएर फाटो गरी एक समुदायलाई आफ्नो घर जग्गा सम्पत्ति त्यागी अन्य ठाउमा जस्तो कि केही राजमार्ग छेउछाउ केही इटहरी र हेटौंडा र केही राजधानी तिर स्थानतरण हुनु पर्ने वाध्यकारी परिस्थिती निर्माण गरिदियो ।

यस कार्यका लागि उसको बिरगन्ज स्थित महाबाणिज्य दुताबासले केन्द्रिय भूमिका खेल्ने गरेको छ । जहिले नागरिकताको कृतिम समस्या खडा गरी दबाब र प्रभाब मार्फत कानुन बनाउन लगाउने गरेको छ जुन यधपी जारी छ । नेपाल सरहद भित्र रहेका कुनै पनि नेपाली दाजु भाई नागरिक बन्न छुट्नु हुँदैन । रोटीबेटी को काहानी गर्दै खुल्ला सिमाको फाईदा उठाएर नेपालको जानसांख्यिक बनोट र संरचनामा परिवर्तन गर्ने उस्को अभिस्ट देखिन्छ ।

भु-राजनीतिक आयाम : नेपालमा रहेका केही स्थायी शक्तिलाई उन्मुलन गर्न लगाइयो र उक्त खाली ठाउको नेतृत्व अप्रत्यक्ष रुपमा आफ्नो मातहत लगियो । अर्थात नारयणिहिटी वैलाए पछी लैनचौर मौलाएको छ । उदाहरण पहिलो संबिधान सभा चुनावमा नेपालीहरु सहमत हुन नसकी रहेकोमा असन्तुष्ट पक्षलाई लैनचौरले मध्यस्त गरेको ,लैन्चौरमा गएर नेपाली बिच सम्झौताहरु गरिएका ,सरकारी कार्यालय समय सुरु नहुँदै रामबरण मार्फत लोकमानको नियुक्ति ,सेनापती कटुवालको पद थमौती ,संबिधान निर्माण पस्चात सुशिल कोइरालाको प्रधान मन्त्री पदमा पुन उम्मेद्बारी ,देउवा र महराको भारत भ्रमण पछी ओली सरकारको बर्खास्ती चिनको राष्ट्रपती नेपाल आउने तय भएकै समय पारी भारतिय राष्ट्रपतिको नेपाल आबागमन केही उदाहरण मात्र हुन । नेपालका प्रधानमन्त्री नियुक्त भएपछी ओहोदाको प्रमाण पत्र बुझाउन दिल्ली पुग्नु पर्ने अबस्था । यस् जय शंकरको संबिधान जारी नगराउन नेपाली संस्थापनलाई दिइएको चेतावनी , उसको असन्तुष्टिमा नेपालको संबिधान सर्व स्वीकार्य हुन नसक्ने अबस्था आदी आदी ।

स्रोत साधन र सिमा : नेपालका स्थायी जलस्रोतको कपट्पूर्ण तरिकाले प्राप्त गरेको एकतर्फी लाभ ,दोहोरो उच्चस्तरिय बैठक र छलफलमा नेपाली पक्षको गृहकार्य र बिज्ञताको अभाब , समकक्षी बार्तामा नेपाली पक्षको इन्फेरिय कम्प्लेक्ससिटी ,अर्को पक्षको प्रलोभन ,दबाब र प्रभाबलाई सामना गर्न नसक्ने राज्य संयन्त्र , व्यक्तिगत आर्थिक र पदिय लाभहानिमा दिर्घकालिन महत्वका सम्झौता गर्ने राजनीतिक नेत्त्रित्व ,छिमेकी सिमा छेत्रमा रहेका पूर्बाधारमा नेपाल तिरको गतिछाडा अवस्था , समस्या पन्छाउने नेपाली प्रवृत्ति जस्तो सिमामा केही समस्या भए स्थानीय प्रशासन केन्द्रले समाधान गर्छ भन्ने ,केन्द्रले गृहलाई लाउने ,गृह ले परराष्ट्रलाई देखाउने र वार्ता समिती वा बिज्ञप्ति जारी गर्ने जस्तो हालसाल कालापानी आएको परराष्ट्रको बिज्ञप्ति आदी आदी ।

रक्षा र सार्बभौमिक आयाम : नेपाली सेनाको आधुनिकरण ,हतियार र तालिम सम्बन्धमा सन १९५० को सन्धी मार्फत बांधिएको हात , भूकम्पको समयमा भारतिय जहाजको विमानस्थल कब्जा , मोदी सगै ब्ल्याक क्याटको सुरक्षा विमानस्थलमा राखिन खोजेको एयर मार्सल , कोशी बांध मर्मत गर्न आएको टोली बिराटनगरमा स्थायी रुपले बस्न खोज्नु हाल हटाईएको ,सैनिक पेन्सन बितरण गर्ने नाममा बिभिन्न भागमा खोलिएका कार्यालय , नेपाल सरकारलाई नसोधिकन ५ करोड आफुखुसी खर्च गर्न सक्ने सहुलियत आदी छन । जबकी कास्मिरको ,ब्रिटिशको र सिङ्गापुरमा भएको डोनाल्ड ट्रम्प र किम जोङ्ग युनको बार्तामा गोर्खालीले सुरक्षा दिन सक्षम छन ।

सुचना र संचारको आयाम: नेपालबाट उडेको एक जहाज अपहरण भए पछी भारतीय संचार माध्यमले गरेको नेपालको तेजोबध , चाइना नेपाल पसेर भारतको सुरक्षा खतरा भन्दै फैलाउने हौवा , कास्मिर ,खालिस्तान र दार्जीलिङ को दमन भुलेर नेपालमा सामुदायिक बिभेद छ भन्दै गर्ने हौवा बाजी र नेपाली बिभीषण प्रशासन यन्त्र र केही संचारकर्मी जस्तो भारतका लागि नेपालका राजदूतले समय माग्दा दिल्ली एक महिना सम्म समय दिदैन तर मोदी दोस्रो पटक प्रधानमन्त्री हुंदा प्र म ओली भन्दा अगाडी ऋषि धमला कुन प्रोटोकलका आधारमा मोदीलाई भेटेर बधाइ दिन सक्छन र अमरेस सिंह पहुच पाउछन ?

अन्त्यमा भारतले नेपाल सँग माग गरेको २००९ ,२०४६ र २०६३ मा रक्षा ,अर्थ र परराष्ट्र उसको छाता भित्र हुनुपर्छ भन्ने नै हो ।

प्रतिक्रिया