भारतले बन्द गर्‍याे अकस्मात नेपालगन्जकाे सीमा नाका

इनेप्लिज २०७६ कार्तिक २३ गते ९:५७ मा प्रकाशित

नेपालगञ्ज, २३ कात्तिक । भारतले शनिबार बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ । भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् ।

भारतले नाका सील गरेपछि मात्रै नेपाली अधिकारीलाई मौखिक जानकारी दिइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नाका बन्द गरेकोबारेमा औपचारिक रुपमा जानकारी नआएको बताए ।

भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ । बाँके प्रहरीका प्रवक्ता शिवबहादुर सिंहले भारतीय अधिकारीहरूले बिहानमात्रै नाका सील गरेको बारेमा जानकारी दिएको बताए ।

भारतीय प्रहरीले नेपालबाट कोहीलाई पनि प्रवेश गर्न दिएका छैनन् । बिरामी बोकेका एम्बुलेन्सलाई मात्रै जान दिएका छन् । नेपालगञ्ज नाकाबाट भारतीय अस्पतालमा उपचार गर्न ठूलो संख्याका बिरामी जाने भएकाले भारतीय प्रहरीले एम्बुलेन्सलाई छुट दिएको छ । भारतबाट नेपालतर्फ आउन दिइएको छ ।

बिहान एक्कासि नाका बन्द गरिएपछि नाकामा पुगेका नेपालीहरू अलपत्र भएका थिए । भारततिर जान थालेका नेपाली नाकामा रोकिएका छन् ।

प्रतिक्रिया