आलम प्रकरण : पीडितका पक्षमा उभिएका स्पष्ट न्यायकर्मी

इनेप्लिज २०७६ कार्तिक २३ गते ९:५६ मा प्रकाशित

रौतहट, २३ कात्तिक । रौतहटको राजापुर विस्फोट र व्यक्ति हत्याको मुद्दामा थुनछेक बहस जारी छ । पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद अफताब आलमसहित ११ जनालाई हिरासतमा राखिएको छ र सोही विषयमा बहस सकिएको छैन ।

आलमका पक्षबाट हाईप्रोफाइल वकिलहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसीलगायतले बहस गरिरहेका छन् । तर यस्तो अवस्थामा पीडित र सरकारका पक्षबाट भने स्पष्ट वक्ता, न्यायकर्मी पूर्वमहान्यायाधीवक्ता युवराज संग्रौलाले पनि बहस गरेका छन् ।

संग्रौला नेपालको राजनीतिक अवस्था, न्याय र मानवअधिकारको अवस्थाका विषयमा बोल्ने स्पष्ट वक्ता हुन् । उनले आलमलाई साधारण तारेख अथवा धरौटीमा छाड्न नहुने अडान पनि राखेका छन् ।

उनले रौतहट जिल्ला अदालतका न्यायाधीश दिपक ढकालको इजलासमा पीडितका पक्षबाट बहस गर्दै आलमलाई छाडे प्रमाण नष्ट गर्ने चलखेल हुन सक्ने भएकाले पूर्पक्षका लागि थुनामा राखेर नै अन्तिम फैसलासम्म जानुपर्ने अनुरोध गरेका थिए ।

उनको अनुरोधको संकेत यसै पनि सही दिशामा रहेको कतिपयले बताएका छन् । बहसका क्रममा नै अदालतमा पीडित भनिएका ओसी आलमकी पत्नीलाई उनी नमारिएको विदेशमा रहेको भनी निवदेन दर्ता गराउनका लागि दबाब दिइएको थियो । तर अदालतले उक्त विषयमा अहिले निवेदन दर्ता गर्न नमिल्ने भनेको थियो ।

‘आलम र उनका सहयोगीले जुनसुकै प्रकारको षडयन्त्र गर्न सक्छन् यसर्थ संग्रौलाले गर्नुभएको मागलाई अदालतले गम्भिरताका साथ सुन्नुपर्छ’, सर्वसाधारण भन्छन् ।

प्रतिक्रिया