नेपाली सेनाद्वारा विपद्सम्बन्धी जनचेतना

इनेप्लिज २०७६ कार्तिक २२ गते १२:४६ मा प्रकाशित

काठमाडौँ, २२ कात्तिक । नुवाकोटको देवीघाटस्थित नेपाली सेनाको जबरजङ्ग गणले लिखु गाउँपालिका–१स्थित बराफेदीमा विपद् व्यवस्थापनसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

नारायणदेवी माध्यमिक विद्याललयका शिक्षक, शिक्षिका, विद्यार्थीलगायत सोही ठाउँका बासिन्दासमेत सहभागी सो कार्यक्रममा विपद्बाट कसरी बच्ने, कसरी समस्या समाधान गर्ने र विष्फोटक पदार्थबाट कसरी सुरक्षित हुने भन्नेबारे प्रयोगात्मक अभ्याससमेत गरिएको सोही गणका गणपति उदयबहादुर लामिछानेले जानकारी दिनुभयो ।

उक्त गाउँपालिका–१ का वडाध्यक्ष नरहरि पाण्डे र सोही विद्यालय सहायक प्रधानाध्यापक दीपक सिटौलालले कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

प्रतिक्रिया