मुहम्मद जयन्तीमा विदा दिन सरकार सकारात्मक, गृहमन्त्री र अध्यक्षबीच भेट

इनेप्लिज २०७६ कार्तिक २२ गते १२:४० मा प्रकाशित

काठमाडौं, २२ कात्तिक । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बक्र ईद विदा र मुहम्मद जयन्तीको विदा घोषणा गरिदिन नेपाल सरकारसँग आग्रह गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापासँग शुक्रबार बिहान भेट गरेर अध्यक्ष अन्सारीले मुहम्मद जयन्तीमा विदाको व्यवस्था गरिदिन माग गरेका हुन् । गृहमन्त्री थापाले मुस्लिम आयोगको आग्रहलाई सकारात्मक रुपमा लिएको जवाफ दिएको अन्सारीले बताए ।

गृहमन्त्री थापाले मुहम्मद जयन्तीमा सार्वजनिक विदा दिन नसकेपछि नेपाल सरकारले समुदायगत रुपमा भएपनि विदा दिने आश्वासन दिएको अन्सारीले जानकारी दिए ।

मुहम्मद जयन्ती यस पटक कात्तिक २४ गतेका दिन परेको छ । सो दिन आयोगले सार्वजनिक विदाको माग गरेको छ ।

नेपाल सरकारले यसअघि मुहम्मद जयन्तीका दिन दिँदै आएको विदालाई कटौती गरिदिएको थियो । कटौती भएको विदालाई यथावत राख्न आयोगको माग छ ।

प्रतिक्रिया