पूर्वमन्त्री रुप ज्याेति र उनकी छाेरीलाई ३ दिन हिरासतमा राख्न अनुमति

इनेप्लिज २०७६ कार्तिक २२ गते १२:३३ मा प्रकाशित

काठमाडौँ, २२ कात्तिक । उद्योगी एवं पूर्व अर्थसहायक मन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई काठमाडौँ जिल्ला अदालतले तीन दिन थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश दिएको छ ।

हाउजिङ निर्माणमा ठगी गरेको आरोपमा पक्राउ परेका रुप र उनकी छोरी सुरुचीलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान प्रहरीलाई अनुमति दिएको हो ।

अदालतको आदेशपछि महानगरिय प्रहरी परिसरले उनीहरुविरुद्ध अनुसन्धा अघि बढाएको जनाएको छ ।

ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया