शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०२:२२
वासिङटन डिसी 15:37

क्यालिफोर्नियाका एक मानिस काम गरेर घर फर्कदा महिलाको लाश देखे पछि

इनेप्लिज २०७६ कार्तिक २२ गते ११:५५ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियाका एक मानिस काम गरेर घर फर्कदा आफ्नो घरमा महिलाको लाश देखे पछि प्रहरीलाई खबर गरेको समाचार छ । प्रहरीले अर्को लाश र बम(गोला )को धम्कि समेत फेला पारेका छन् ।

घेराबारा गरिएको क्यालिफोर्नियाको सिमी भ्याली (उपत्यका ) गत बिहिबार २ जना मानिस र १ कुकुर मृत अवस्थामा फेला परे पछि घर खाली गराइएको छ । प्रहरीका अनुसार उक्त घरको पर्खालमा बमको धम्कि लेखेको समेत पाईएको जनाएको छ ।

गत नोभेम्बर ७ बिहिबार साँझ ६;४५ मिनेटमा मानिस काम गरेर घर फर्के पछि उनले सिमि भ्याली प्रहरीलाई बोलाएका थिए । उनको घरमा रगत लतपतिएको पनि प्रहरीले जनाएका छन् । मानिस र कुकुरको लाश फेला परे पछि त्यहाँ गोलीबारी भएको प्रहरीको ठहर छ ।

२ जना मृतक र निवासीको के सम्बन्ध छ भन्ने स्पष्ट भएको छैन । उक्त घर खाली गर्नुको साथै उक्त क्षेत्रका ४७ वटा घरहरु पनि खाली गर्न प्रहरीले आदेश दिएको थियो । बमको धम्कि दिएता पनि प्रहरीले कुनै गोला बारुद भने फेला नपारेको सिएनएनमा समाचार छ । प्रहरीले उक्त घटनाको अनुसन्धान चलि रहेको जनाएको छ ।

तस्बिर ;आरएमजी न्युज

प्रतिक्रिया