शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०२:४८
वासिङटन डिसी 16:03

ब्लुमवर्गले ट्रम्पलाई टक्कर दिने

२०२० को राष्ट्रपति निर्वाचनमा उम्मेद्वारी घोषणा

यादवराज जोशी २०७६ कार्तिक २२ गते ०:३५ मा प्रकाशित

यादवराज जोशी

सन् २०२० को राष्ट्रपति निर्वाचनमा डेमोक्र्याडबाट वर्तमान राष्ट्रपति ट्रम्पलाई टक्कर दिने उम्मेद्वार नभएकाले भन्दै माईकल ब्लुम्वर्गले उम्मेद्वारी घोषणा गरेका छन् । उनले अल्बामाको प्राथमिक मतदानको समयसीमा भित्रै औपचारिक उम्मेद्वारी दर्ता गर्ने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ब्लुमवर्ग न्ययोर्कमा पूर्व मेयर र अर्बपति हुन । गत मार्चमा आफुले राष्ट्रपतिमा उम्मेद्वारी नदिने बताएका थिए । ब्लुमवर्गका सल्लाहकार होवार्ड वाल्सनले बिहीबार जारी गरेको विज्ञप्तिमा डेमोक्र्याटभीत्र ट्रम्पलाई टक्कर दिने उम्मेद्वार नभएकोले ब्लुमवर्गले उम्मेद्वारी दिन लागेको बताइएको छ ।

ब्लुमवर्ग पूर्व रिपब्लिकन हुन । उनले केही समय स्वतन्त्र हैसियतमा पनि काम गरे । उनी गत वर्षमात्र डेमोक्र्याट पार्टीमा प्रवेश गरेका हुन । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा उनले हिलारी क्लिन्टनलाई समर्थन गरेका थिए । उनी ट्रम्पका कट्टर विरोधी मानिन्छन् ।

राष्ट्रपति ट्म्पलाई २०२० को राष्ट्रपति निर्वाचनमा टक्कर दिने सोच भएपनि ब्लुमवर्गले राष्ट्रपतिको औपचारिक उम्मेद्वार बन्न सोही पदका बलिया दाबेदार एलिजाबेथ वारेन र जोइ बिदेनसंग कडा प्रतिस्पर्धा गर्नु पर्नेछ ।

स्रोतः एजेन्सीहरु

 

प्रतिक्रिया