गैरआवासीय नेपाली संबन्धि ऐनमा सुझाव संकलन गर्न अमेरिकाज क्षेत्रमा कार्यदल गठन
कृष्ण के सी/अमेरिका/११/६/१९
गैरआवासीय नेपाली संबन्धि ऐनमा सुझाव संकलन गर्नको लागि अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ। नोवेम्बर ६, २०१९ का दिन क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीले आब्हान गरेको बैठकले सो निर्णय गरेको हो।
बैठकमा क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्री उपसंयोजक (डिआर्सी) राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की थापा, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्यहरु होम गौतम, स्वराज खाती, जेदु पोख्रेल, शंकर खड्का, शिवराज पौडेल र तुलसी सापकोटाको उपस्थिति रहेको थियो।
गैरआवासीय नेपाली संघका महासचिवले गैरआवासीय नेपाली संबन्धि ऐनमा सुझाव संकलन गर्नको लागि गरेको आब्हानलाइ समयमा नै सफलतापूर्वक सम्पन्न गर्नको लागि यो कार्यदल गठन गरिएको हो। आरसी राजन त्रिपाठीको संयोजकत्वमा गठन गरिएको ७ सदस्य कार्यदलले समयमा नै सुझास संकलन गरि त्यसलाई कम्पायल गरेर आइइएसमा पठाउने छ।
कार्यदलमा राजन त्रिपाठी-आरिसी (संयोजक), राम पोख्रेल-डिआर्सी, उमा कार्की थापा- क्षेत्रीय महिला महिला संयोजक, बिमला सापकोटा क्षेत्रीय युवा संयोजक, जेदु पोख्रेल- आइसीसी सदस्य, सुनिल साह- अध्यक्ष एनसीसी अमेरिमा र चिरन्जीवी घिमिरे-अध्यक्ष एनसीसी क्यानाडा रहेका छन्।
साथै सो बैठकले अमेरिकाज क्षेत्रबाट आइइएसमा निर्वाचित तिनैजना व्यक्तिहरु उपाध्यक्ष सोनाम लामा, उपाध्यक्ष रबिना थापा र सचिव गौरी जोशीलाइ सो संबन्धि जानकारी गराउनका साथै बधाई ज्ञापन समेत गर्नेछ।
बैठक पछि आरसी राजन त्रिपाठीले आफ्नो कार्यकालमा एनसीसीहरुलाइ सकृय रुपमा अगाडी बढाउने र उनीहरुको सहभागिता बढाउने बताएका छन्। उनले, आपसी कार्यसंपदानको दुरी घटाउने, आम नेपाली समुदायमा संघप्रतिको बितृष्णा हटाउनको लागि काम गर्ने कुरा समेत बताएका छन्।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
अमेरिकामा दुई नेपाली द्वारा केन्टकी संघीय सरकार माथि मुद्दा दायर
अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?
अमेरिकाको टेक्ससमा ३० बर्षिय बिद्यार्थीको सवारी साधन दुर्घटनामा मृत्यु
नेपाली जनसम्पर्क समिति अमेरिका भर्जीनिया च्याप्टरको अपिल
भारतले नेपालको भूमीमाथि गरिरहेको अतिक्रमणको बिरूद्धमा हुने बिरोध र्यालीमा सहभागी बनौ !
न्यु जर्सीमा भएको गोलीबारीमा एक प्रहरी तथा तीन नागरिकको मृत्यु
डिसीमा हुनगइरहेको कार्यक्रममा सहभागी हुन नासा) र आन्माको अपील
भारतले गरेको भूमि अतिक्रमण सम्बन्धि बिज्ञमण्डलहरुको बहस बाना सामुदायिक केन्द्रमा हुने
प्रतिक्रिया