शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०३:१४
वासिङटन डिसी 16:29

केसी डान्स सेन्टरले कुनै पनि उमेरकालाई नृत्य प्रशिक्षण दिने

भर्ना खुल्यो

इनेप्लिज २०७६ कार्तिक २२ गते ०:०१ मा प्रकाशित

विजय थापा ,डिसी क्षेत्रमा दशैँ तिहारको कोसेली स्वरुप सन् २०१७ देखि निरन्तर कलिवुड नाईट सफलतापूर्वक सम्पन्न गर्न सफल भएको केसी डान्स सेन्टरले कुनै पनि उमेरकालाई नृत्य प्रशिक्षण दिन ईच्छुक रहेको जनाएको छ ।

नृत्य सिक्न चाहनेहरुका यो लागि सुवर्ण अवसर भन्दै संचालक द्वय नवीन के सी तथा लुना श्रेष्ठले नृत्य सिक्न कुनै पनि उमेरले नछेक्ने हुँदा केसी डान्स सेन्टर संग सम्पर्क गर्न आग्रह गरेका छन् ।

हाल के सी डान्स सेन्टरका शाखाहरु अलेकजेनड्रिया (भर्जिनिया ),फेयरफ्याक्स ( भर्जिनिया ) तथा मेरिल्याण्डको गेथर्सबर्गमा विभिन्न नृत्य प्रशिक्षणको लागि नयाँ कक्षाहरुको भर्ना खुलेको जनाएको छ ।

नृत्य निर्देशक नविन केसीले परदेशमा पनि आफ्नो कला र संस्कृतिको प्रवर्द्धन र जगेर्नाको लागि केसी डान्स सेन्टरको स्थापना भएको बताए । उनले दोश्रो पुस्ता या पहिलो पुस्ता जोसुकै र जुनसुकै उमेरकालाई पनि हामी प्रशिक्षण दिन तयार रहेको बताए । डिसी क्षेत्रका नेपाली समुदायले यसको फाइदा उठाउन भन्ने चाहना रहेको बताएका छन् ।

केसी डान्स सेन्टरको छापा बिज्ञप्ति जस्ताको तस्तै :

भर्ना खुल्यो…………….

के सी डान्स सेन्टरका शाखाहरु Alexandria (VA) , Fairfax (VA) र Gaithersburg (MD) मा विभिन्न नृत्य प्रशिक्षणको लागि नयाँ कक्षाहरुको भर्ना खुलेको छ । कुनै पनि उमेरका जो कोहिले पनि यदि नृत्य प्रशिक्षण लिन चाहनु हुन्छ भने समयमै सम्पर्क राख्नु होला ।

सम्पर्क नम्बरहरु:

लुना श्रेष्ठ (703) 362 7255
नवीन के सी (703) 386 6457

प्रतिक्रिया