शुक्रबार, मंसिर २७ २०७६
काठमाडौं ००:५२
वासिङटन डिसी 14:07

व्हाइटहाउस अगाडी तीरधनुष बोक्ने क्यालिफोर्नियाकि महिला पक्राउ

इनेप्लिज २०७६ कार्तिक २१ गते ११:५७ मा प्रकाशित

 

अमेरिकी राष्ट्रपति व्हाइट व्हाइट हाउस अगाडी तीर धनुष बोक्ने क्यालिफोर्नियाकि महिलामा प्रकाउ परेकी छिन् । उनले तयारी अवस्थामा रहेको तीर बाण आफु संग रहेको बताए पछि उनलाई पक्राउ गरिएको हो ।

४९ बर्षिय स्टासी पामेला बान्ता नामक महिला क्यालिफोर्निया सटर शहर कि निवासी हुन् । उनलाई गत सोमबार आफुसंग ध्वंसात्मक उपकरण छ भनि व्हाइट हाउसका पोशाक लगाएका गुप्तचर अधिकारीलाई भने पछि उनलाई नियन्त्रणमा लिइएको हो ।

डिसी प्रहरीका आनुसार उनले आफै व्हाइट हाउस नजिक रहेको पर्यटक केन्द्रमा गएर आफु संग र आफ़ो सवारी साधनमा धनुषबाण छ भनि सूचना दिए पछि उनलाई प्रकाउ गरिएको वाशिंगटन पोस्टले जनाएको छ । उनको सवारी साधनमा जाँच गर्दा तयारी अवस्थामा रहेका धनुष बाण फेला परेको थियो ।

उनका ७२ बर्षिय पिताले एक पत्रिकामा आफ्नी छोरी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थन हुन् र उनि किन त्यहाँ गएकी भन्दै आश्चर्यमा परेका छन् । उक्त महिला आगामी डिसेम्बर १२ का दिन अदालतमा हाजिर हुने छिन् ।

प्रतिक्रिया