क्यानडाको मिसिसागामा २०० जनाको सामुहिक “म्हः पुजा” सहित नयाँ बर्ष नेपाल सम्बत ११४० कार्यक्रम सम्पन्न

इनेप्लिज २०७६ कार्तिक २१ गते ११:१८ मा प्रकाशित

 

मिसिसागा (क्यानडा), क्यानेडियन नेवाः गुथिले बिगतका बर्षहरुमा झै यसपाली पनि “म्हः पूजा तथा नयाँ बर्ष नेपाल सम्बत ११४० ” बिभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।कार्यक्रमको शुरुमा सहभागिहरुले नयाँ बर्ष नेपाल सम्बत ११४० को शुभकामना प्लेकार्ड बोकेर धिमे बाजाको साथमा स्थानिय कार्यक्रम क्षेत्र परिक्रमा गरि कार्यक्रम स्थलमा भित्रिंदा पूजा गर्ने नकिं महिलाहरुले फूल, अक्षता सहित स्वागत गरेका थिए ।

त्यसपछी बिधि बिधान सहित म्ह पूजा शुभारम्भ गर्नु हुन्दै लुम्बिनि बिस्वबिद्यालयका पूर्ब उपकुलपति एबम फूलब्राईट प्रोफेसर डा. नरेस मान बज्राचार्यले म्ह पूजा नेवा समुदायको मौलिक एबम हाम्रो जीबन दर्शन संग निकट सम्बन्ध भएको पर्ब हो भन्नु भयो। मन्दलाको अर्थ प्रस्ट्याउनु हुन्दै त्यसमा प्रयोग गरिने पानीले आत्मिय शुद्दता, तेलले परिपूर्णता तथा चक्रले मानब संबेदना एबम पर्मात्मा संगको मिलन हो भन्नु भयो भने म्ह पूजा मन्दलामा रहेको आठ वटा कमलको पातले अस्ट सिद्धि, अस्टमात्रिका जनाउँछ भन्नु भयो ।

साथै उहां`ले म्ह पूजा मा प्रयोग गरिने जजंका ले जीबनको पूर्णता, बतिले उज्यालो जीबन, बिभिन्न फलफूलले जीबनका आरोह, अबरोह एबम रसमय अबस्थाको प्रतिक र म्ह पूजामा बितरण गरिने सगुण (फुल, माछा, बारा, मासु, रक्सि) ले क्रमस पंचतत्वका बायु, जल, आकाश, पॄथ्बी, अग्निको प्रतिनिधित्व गर्छ भन्नु भयो ।पूजा पस्चात उहांले जीबन, संस्कृति एबम महत्व बारे छोटो प्रबचन दिनु भएको थियो ।

कार्यक्रममा गुथिका अध्यक्ष प्रकाश प्रधान, महासचिब बिमल श्रेस्थ तथा कार्यक्रम संयोजक सुमन राजबन्सीले नेवाः संस्कॄतिको सम्बर्द्दन, प्रबर्द्दन तथा आउँदो पुस्तामा हस्तान्तरणको आबश्यकता बारेमा जोड दिनु भयो ।

म्ह पूजा कार्यक्रम पस्चात प्रसिद्द मादल बादक सानुराजा महर्जन, सिटार बादक रंजना सैन्जु, उत्तम माकजु, बिमल श्रेस्थ, रिकेश श्रेस्थ, रबिन प्रधान, डा. कृस्ण भण्डारी, डा. अमर सैन्जु, डा. उद्दब श्रेस्थ, तारक जोशीको समुहले नेवाः तथा नेपाली गीत तथा देउसि भैलो का धूनहरु प्रस्तुत गरेका थिए भने टोरोन्टो बिस्व बिद्यालयमा नेवाः बौद्ध धर्ममा पिएच. डी. बिद्यार्थी ईयन टर्नरले नेवाः गीत ” व छु गल्ली थ्व छु गल्ली मखं त्वाः गल्ली रे ” गीत गाउनु भै पाहुना हरुको मन जित्नु भएको थियो। सो गीतमा नरेश ताम्राकार र उत्त्तम माकजुले मादल र तीन्छु मा सह्योग गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रो. डा. नरेश मान बज्राचार्य ले गुथिका आजिबन सदश्यहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

सो कार्यक्रममा ब्रोक बिस्वबिद्यालयका प्रो. डा. टम ओ नील, टोरोन्टो बिस्वबिद्यालयका पिएच. डी. तहका बिद्यार्थी हरु आम्बर मूर, ईयन टर्नर र स्नातकोतर तहका अस्तिन गोमेस,अलाना लगायत थुप्रै गैर्ह नेवाः समुदाय सहित करिब २००जनाको सहभागिता थियो ।

प्रतिक्रिया