शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०१:४२
वासिङटन डिसी 14:57

पेन्सलभेनिया राज्यमा छठ पर्व मनाइयो

इनेप्लिज २०७६ कार्तिक २१ गते ३:२३ मा प्रकाशित

 

अमेरीकामा बिगत बर्षहरुमा झैँ यस बर्ष २०७६ मा पनि छठ पर्व धुमधाम संग मनाईएको छ । अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने र नेपालमा बिशेष तराई मधेशमा बसोबास गर्ने नेपालीहरुले हर्सौल्लास साथ मनाएका खबर प्राप्त भएको छ ।

यसै क्रममा अमेरीकाको पेन्सलभेनिया राज्यमा रहेको भारतीय मन्दीरमा मनाईएको छ । कार्यक्रममा दुई सय भन्दा ज्यादा नेपाली समुदायका मधेशीहरुको उपस्थिति रहेको त्यहावाट मुकेश यादवले जानकारी दिनु भएको छ ।

डा सुवोध मल्लीक ,डा माधव यादब ,डा उपेन्द्र कर्ण ,ईन्जीनीयर अभिषेक झा मुकेश सर्वाईल ,सीन्दात साहको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया