शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०२:०२
वासिङटन डिसी 15:17

नेपाली मूलका भुवन प्याकुरेलले ईतिहास रच्दै बने ओहायोका नगर-परिषद सदस्य

विजय थापा २०७६ कार्तिक २१ गते २:४६ मा प्रकाशित

विजय थापा ,भुटानमा जन्म भै हाल अमेरिकाको ओहायोमा बस्दै आएका होनहार युवा भुवन प्याकुरेलले ईतिहास रच्दै ओहायोको रेनोल्ड्सबर्ग शहरका लागि नगर-परिषद सदस्यमा निर्वाचित भएका छन् । गत नोभेम्बर ५ मंगलबारका दिन सम्पन्न निर्वाचनमा प्याकुरेल बिजयी भएका हुन् ।

उनि उक्त शहर वडा ३ का लागि सिटि काउन्सिल ( नगर-परिषद सदस्य )भएका हुन् । प्याकुरेल यसरी निर्वाचनमा उम्मेदवार बनि निर्वाचनमा बिजयी हुने पहिलो भुटानी -अमेरिकन भएका छन् ।उनि बिजयी भए पछि उनलाई ,ईष्टमित्र ,साथीभाई तथा शुभचिन्तकहरुले बधाई दिनेको ओहिरो लागेको छ भने अधिकांशले ईतिहास रचेको भन्दै उनलाई बधाई दिएका छन् ।

उनले रेनोल्ड्सबर्ग नगर परिषदको निर्वाचनमा १ हजार ३ सय ५२ मत ल्याई विजय भएका हुन् । उनका प्रतिस्प्रद्धि रिपब्लिकनका उम्मेदवार मार्सल स्पल्डिंगले ९ सय ९० मात्र प्राप्त गरेका थिए । उनि ९ बर्षको उमेरमा आफ्ना परिवार साथ नेपालको पूर्वीय क्षेत्रमा आएका थिए । उनि १८ बर्ष सम्म नेपालका विभिन्न शरणार्थी शिबिरमा रहेका थिए ।

अमेरिका आए पछि उनि नागरिक बने पछि समाज सेवामा केही योगदान गर्ने योजना बनाए । र उनले धेरै घर दैलो अभियान र मेहनत गर्दै नगर परिषदमा बिजयी हुने उनि प्रथम भुटानी-अमेरिकन हुने सौभाग्य प्राप्त गरेका छन् ।

प्याकुरेल सन् २००९ मा अमेरिकाको कोलोराडो आएका थिए भने पछि उनि ओहायोमा परिवारसाथ बसाई सराई गरेका थिए । सन् २०१६ मा अमेरिकन नागरिकता लिएका हुन् भने प्याकुरेलले रिपब्लिकनका मार्सल स्पल्डिंगलाई हराएका छन् ।

उनलाई बिजयी गराउन मेरिल्याण्ड बाल्टिमोरका वरिष्ठ समाज सेवी तथा मेरिल्याण्ड डेमोक्रेटिक पार्टी एएआइपीका डा श्याम कार्की लगायत डेमोक्रेटिक दलका अधिकारी तथा एसियन अमेरिकन एण्ड प्यासिफिक आइल्याण्डर (एएआइपी) ककस प्रमुखले स्वयम् सेवक तथा चुनावी रणनीतिमा सहयोग गरेका थिए ।

डा कार्की प्याकुरेललाई सहयोग गर्न ओहायो पुगेका थिए भने डा कार्कीले आगामी सन् २०२० मा हुने निर्वाचनको लागी ४-५ जना नेपाली अमेरिकन तयार गर्ने हेतुले काम गर्न सुरु गरेका ईनेप्लिजलाई बताए ।

स्मरण रहोस ,अमेरिकाको मूलधारको राजनीतिमा मेरिल्याण्ड राज्यको इन्डियन हेड नगरपालिकाको उप प्रमुखमा बिजयी भै पहिलो ईतिहास रच्ने  किरण सिटौला हुन् भने भुटानी समुदायको तर्फबाट भुवन प्याकुरेलले पहिलो खाता खोलेका छन् ।

यसै गरि अमेरिकाको ईतिहासमा मेरिल्याण्ड बिधान सभाका लागि बिधान सभा सदस्य(सांसद )मा निर्वाचित हुदै ईतिहास रच्ने ह्यारी भण्डारी पहिलो नेपाली मूलका हुन् । यसै गरि भर्जिनियाको हे मार्केट (शहर) मा नगर परिषद सदस्यमा निर्वाचित मधु पन्थी तथा भर्जिनिया कै हर्नडन शहरमा नगर परिसद सदस्यमा बिजयी हुने प्रदिप ढकाल हुन् ।

हाल सम्म नेपाली मूलका नव निर्वाचित प्याकुरेललाई समेत जोड्दा अमेरिकामा सार्वजनिक पदमा निर्वाचनमा होमिएर बिजयी हुने ५ जना भएका छन् । जस्मा ३ जना नगर परिसद सदस्य बिजयी भएको देखिन्छ ।

तस्बिर : भुवन प्याकुरेल फेसबुक(मुहार पुस्तिका )

प्रतिक्रिया