बुधबार, मंसिर ४ २०७६
काठमाडौं ०४:३३
वासिङटन डिसी 17:48

दुई दशक पछि भर्जिनियाको दुवै सदनमा डेमोक्रेटिक दलको नियन्त्रण

इनेप्लिज २०७६ कार्तिक २१ गते ०:०४ मा प्रकाशित

गत नोभेम्बर ५ मंगलबारका दिन भर्जिनियामा सम्पन्न निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिक दलको नियन्त्रण भएको छ । डेमोक्रेटिक दलले पहिलो पटक यसरी रिपब्लिकन दललाई पछार्न सफल भएको छ ।

भर्जिनियाकै महत्वपूर्ण बोर्ड अफ सुपरभाइजर्स( संचालक समिति निरीक्षक)मा पनि नियन्त्रण गर्न सफल भएको छ । यसको साथै लाउडन काउन्टी को बिधालय बोर्ड (समिति) तथा कमनवेल्थ (राष्ट्रमण्डल)को अधिवक्ता कार्यालयमा पनि नियन्त्रण गर्न सफल भएको छ ।

निर्वाचनमा ईतिहास रचे पछि भर्जिनियाका गभर्नर राल्फ नर्थमले एक वक्तब्य निकाल्दै मतदाताले बोलेका छन् र सिनेट र हाउस अफ डेलिगेट दुवैमा युगान्तकारी बिजयी भएको छ भनि संदेश दिएका छन् ।

यसै गरि डेमोक्रेटिक दलका नेता सिनेटर सस्लले बन्दुक नियन्त्रण ,किफायती स्वास्थ्य सेवा र जन शिक्षा कोषवृद्धि मुख्य मुद्धा थिए जस्लाई रिपब्लिकनको बर्षौ सम्मको अकर्मण्यताको कारण हामी काम गर्न तयार छौ भने ।

यसै गरि तल्लो सदनका सभामुख किर्क कक्सले उनको पद मुक्त हुने भएकोले रिपब्लिकन डेमोक्रेट्स संग काम गर्ने बताए । यसै गरि पूर्व भर्जिनियाका गभर्नर टेरी म्याकल्फ़ले रिपब्लिकन अवरोधको युगको अन्त्य भएको बताए ।

अझ पनि केही स्थानमा पुन निर्वाचन मत गणना हुन् बाकि रहेकोले हाल सम्म डेमोक्रेटिक दल ५५ -४५ तथा सिनेटमा २१ -१९ रहेको समाचार डब्लुटिओ डटकममा प्रकाशित छ ।

भर्जिनियामा दुवै सदनमारिपब्लिकनको सिनेटमा २१-१९ र बिधान सभामा ५१-४९ को झिनो बहुमत रहेको थियो ।

प्रतिक्रिया