बिहीबार, मंसिर २६ २०७६
काठमाडौं २३:४१
वासिङटन डिसी 12:56

अमेरिकामा चाडपर्व र संस्कृतिको बारेमा बालबालिकाले सिकुन भन्दै अन्तिम देउसी देसी भैलो कार्यक्रम

देउसी भैलोबाट कूल ३४ हजार डलर संकलन

विजय थापा २०७६ कार्तिक २० गते १:१३ मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा यस बर्ष २०७६ (२०१९) को अन्तिम देउसी भैलो कार्यक्रम विभिन्न फरक प्रस्तुति पस्कदै सम्पन्न भएको छ । भाईटिका तिहार सम्पन्न भएको ५ दिन पछि नोभेम्बर ३ आईतबारका दिन अन्तिम देउसी भैलो खेलिएको थियो ।

उक्त कार्यक्रम चाडपर्व र संस्कृतिको बारेमा अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका बालबलिकाले पनि सिकुन भन्ने रहेको थियो । साथै नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक )समुदायिक केन्द्र बनाउने अभियानको सूचना सबै डिसी महानगर क्षेत्रबासिहरूको घरघर सम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको जनाएका छन् ।

अमेरिकामा अहिले पनि देउसी : नेपाली अमेरिकन सामुदायिक केन्द्र( न्याक) स्थापनाको पहिलो बर्षमा आयोजित अन्तिम देउसी भैलो कार्यक्रमको प्रत्यक्ष प्रसारण :

Posted by Enepalese on Sunday, November 3, 2019

नेपाली अमेरिकन सामुदायिक केन्द्रले स्थापनाको पहिलो बर्षमा आयोजित देउसी भैलो कार्यक्रमको अन्तिम कार्यक्रम भर्जिनियाको सेन्टरभिल शहरको एक चर्चको कार्यक्रम स्थलमा सम्पन्न गरियो । उक्त स्थानमा नेपाली पाठशाला संचालनमा छ ।

एक छापा बिज्ञप्ति निकाल्दै विगत ३ वटा सप्ताहन्तमा ६ स्थानमा देउसी, भैलो ,गीत, नाच, तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरु गरी कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त देउसी भैलो कार्यक्रमबाट देउसी भैलो आयोजक समितिले $३४,२८८.०० रकम संकलन गर्न सफल भएको छ।

न्याकको पहिलो देउसी भैलो कार्यक्रमलाई अत्यन्त सफल बनाउन सहयोग गर्ने सबैलाई आयोजकले धन्यवाद दिएको छ । देउसी भैलो कार्यक्रम मात्र प्रस्तुति नगरी भर्जिनिया कै सेन्टरभिल स्थित नेपाली पाठशाला सेन्टरभिलका बिधार्थीहरुले बिभिन्न प्रस्तुति गर्दै बिशेष तिहारका गीतमा नृत्य प्रस्तुति गरेका थिए ।

उनीहरुलाई हौशला प्रदान गर्न सबैलाई उपस्थितिको लागि आब्हान गरिएकोले उत्साहजनक उपस्थिति रहेको थियो । देउसी भैलो कार्यक्रममा सामूहिक रुपमा पुरुष तथा महिलाले देउसी भैलो खेलेका थिए ।

अन्तिम देउसी भैलो कार्यकमको आतिथ्यता डिसी नेपाली समाजले गरेको थियो । डिसी नेपाली समाजका अध्यक्ष अरुण रुपाखेतीले आफ्नो संस्थाले आतिथ्यमा गर्न पाएकोमा हर्ष व्यक्त गर्दै डिसी नेपाली समाज धर्म र संस्कृतिको रक्षा गर्ने मुख्य उद्धेश्यले स्थापना भएको बताए ।

नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC )देउसी भैलो तैयारी समितिको प्रेस विज्ञप्ति       
जस्ताको त्यस्तै : 
प्रेस विज्ञप्ति
November 5, 2019
नेपाली अमेरिकन सामुदायिक केन्द्र (NACC) ले आफ्नो स्थापनाको वर्ष दिन पनि नपुग्दै नेपाली चाड तिहारको उपलक्षमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा यहाहरुले देखाउनु भएको उत्साहजनक सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं।
विगत तिन वटा सप्ताहन्तमा निम्नानुसारका ६ स्थानमा देउसी, भैली, गीत, नाच, तथा अन्य मनोरन्जनात्मक कार्यक्रमहरु गरी कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त देउसी भैलो कार्यक्रमबाट देउसी भैलो आयोजक समितिले $३४,२८८.०० रकम संकलन गर्न सफल भएको छ।
यसमा सदश्यहरुले सदस्यता वापत दिएको रकम र चन्दा वापत प्रदान गरेको रकम संलग्न छन्। स्मरण रहोस, देउसी कार्यक्रममा घोषणा गरिए अनुरुप यदि सदस्यले $१००.०० भन्दा बढी रकम दान गरेको भए सदस्यले चाहेमा उक्त रकम सदस्यता शुल्क वापत दिनुपर्ने रकममा गणना गरिने छ। पुनश्च: यस कार्यक्रम मार्फत थप ७ जना संस्थापक आजीवन सदस्य हुनु भयको छ।
Date Time Deusi Address Host
19-Oct 3-5 pm 12248 Arbiyan Place, Woodbridge, VA 22192 Ram Aryal and Uma Rimal
20-Oct 6-8 pm 7135 Quincy Ave, Falls Church, VA 22042 Rajendra and Minu Thapa
25-Oct 6-8 pm 13564 Tabscott Dr., Chantilly, VA 20151 Hem and Rita Panta
2-Nov 12-2 pm 9040 Westchester Dr, Manassas VA Padam and Rojina Regmi
2-Nov 3-5 pm 2801 Reign Street, Herndon, VA 20171 Narayan and Sabina Poudel
3-Nov 4-7 pm 5649 Gilead Rd, Centreville, VA 20120 DC Nepali Samaj
NACC को पहिलो देउसी भैलो कार्यक्रम यसरी अत्यन्त सफल बनाउन सहयोग गर्नु भएकोमा सम्पूर्ण देउसी भैलो सहभागीहरु, आयोजकहरु, स्वयम् सेवकहरु, संस्कृतिक कार्यक्रममा भाग लिने बालवालिकाहरु र उनीहरुका बुबा आमाहरु, स्थानीय मीडियाकर्मीज्युहरू  तथा Centreville नेपाली पाठशाला लगाएत सम्पूर्ण शुभचिन्तक एवं भविष्यका सदस्यहरुलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। आशा छ, यहाँहरुले NACC का भविष्यका कार्यक्रमहरुमा पनि यसरी नै सक्रिय सहभागिता र सहयोग गरिरहनु हुनेछ।
सबै जुटौं सबै उठौ आउनुहोस, यस महान कार्यमा कोहि पनि नछुटौँ!!
धन्यवाद
NACC देउसी भैलो तैयारी समिति

 

प्रतिक्रिया