बलिउड अभिनेता गोविन्दा श्रीमतीसहित काठमाडौँमा

इनेप्लिज २०७६ कार्तिक १९ गते २२:४० मा प्रकाशित

काठमाडौँ, १९ कात्तिक । ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन बलिउड अभिनेता गोविन्दा श्रीमती सुनिता आहुजासहित नेपाल आइपुगेका छन् ।

वीरगन्जमा बिहीबारबाट सुरु हुन लागेको तीनदिने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा बिहीबार साँझ विशेष कार्यक्रमबीच उनले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

बुधबार दिउँसो त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गोविन्दाले नेपाल र नेपालीको प्रशंसा गर्दै नेपालको प्रेम नडगमगाउने बताएका छन् ।

पत्रकार सम्मेलनमा गोविन्दाकी श्रीमती सुनिताले आफ्नो आमाको घर काठमाडौँमा रहेको र गोविन्दालाई समेत केही नेपाली बोल्न सिकाएको बताइन् ।

त्यस्तै, गोविन्दाले नेपाली फिल्मका केही सिनहरु हेरेको बताए भने आफ्नै फिल्म केही सिनहरु मात्रै हेर्ने गरेको बताए ।

त्यस्तै गोविन्दासँगै मुम्बईबाट अभिनेत्री निरुता सिंह पनि महोेत्सवमा सहभागी हुन नेपाल आइपुगेकी छिन् । उनीहरु दुवैले महोत्सवमा प्रस्तुति दिँदैछन् ।

प्रतिक्रिया