कुष्ठरोगी नन्दीको हृदय बिदारक हेर्नुहोस भिडियो ।

इनेप्लिज २०७६ कार्तिक १९ गते ११:४८ मा प्रकाशित

बाजुरा , कात्र्तिक १८ ।

हिमाली जिल्ला बाजुराको गौमुल गाउँपालिक वार्ड न ६ कि नन्दा परियार शारिरिक रुपमा अपांग रहेकी छन तर उनको प्रतिभाको संगीत प्रतिको मोहले सबैको मन छुने खालको रहेको छ । शारीरिक अपांग भएर पनी उनको कलाको अहिले सामाजिक सञ्जालमा सबैको ध्यान केन्द्रित भएको छ ।

आमा बुवाको कुष्ठरोगका कारणले उहिले मृत्यु भईसक्यो, दाई भाई कोहि छैन् ! खिरसेर हिडछन, तर बोल्न प्रष्ट सक्छन् । ४० बर्ष देखि त्यहि एउटै ठाउमा छन् । रहर त धेरै छन् । तरपनि उनी सबैतिर बाट ठगिए कि छन् । एउटा हृदय बिदारक कथा छ उनमा । सरकारी निकायको सामान्य सहयोगबाट उनको दिनचर्या चलिरहेको छ ।

६० बर्षको बृद्ध अवस्थामा पनी उनीमा संगीत प्रतिको मोह असिम रहेको छ । उनलाई सहयोग गर्न चाहनेका लागी पत्रकार मान सिंह को सम्पर्क नम्वर ९८४८५३१३४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

हेरौ उनको प्रतिभा ।

 

प्रतिक्रिया