शनिबार, कार्तिक ३० २०७६
काठमाडौं ०३:२०
वासिङटन डिसी 16:35

पुलिसको कठिन जीत

इनेप्लिज २०७६ कार्तिक १९ गते ८:५३ मा प्रकाशित

बिर्तामोड, कार्तिक १७ गते । झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपमा घरेलु टिम झापा ११ लाई २—१ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।

यस अघिका संकरणहरुमा फाइनल सम्मको यात्रा तय गर्दै आएको घरेलु टिम पहिलो चरणबाटै बाहिरिएको छ ।
कठिन जीत निकाल्ने क्रममा पुलिसका सुमन लामा र सौजन्य याख्ख्याले गोल गर्नुभयो । पुलिसको तर्फबाट खेलको १२ आंै मिनेटमा झापाका खेलाडीले फाउल गरेपछि डिबक्स नजिक्कैबाट पुलिसका सुमन लामाले गरेको सुन्दर प्रहार झापाका गोलरक्षक किशोर गिरीले अनुमान लगाउन नसक्दा बलले सिधै जाली चुमेको थियो ।

पहिलो हाफ १ — ० गोलअन्तरले सकिएको थियो । दोस्रो हाफमा खेलको ५४ औं मिनेटमा पुलिसका सौजन्य याख्याले गोल गदै अग्रता दोब्बर बनाउनुभयो । झापाका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउँदै पुलिसका याख्याले गोल गरप् खेलमा लगभग विजय निश्चित गरिसकेको अवस्थामा घरेलु टिम झापा आक्रमक बनेको थियो । खेलको ६९ आंै मिनेटमा झापाका क्याप्टेन योगेश गुरुङले एकल प्रयासमा गोल गर्दै खेलमा फर्किने प्रयास गर्नुभएको थियो । तर योगेशको गोलले झापाको हारलाई टार्न सक्नुभएन ।

खेलको सातांै मिनेटमा पुलिसले फाउल गरेपछि झापाले पाएको सुन्दर प्रहारलाई पुलिसका डिफेन्सले बचाउनुभयो । खेलको ३३ औं मिनेटमा पुलिसका निरकुमार राई वान भर्सेस वानमा गोल गर्न चुक्दा अग्रता दोब्बर बनाउनबाट चुक्नुभयो । खेलको ३७ औं मिनेटमा पुलिसका सुजन याख्याको प्रहार झापाको गोलपोष्ट बाहिर गयो । यता खेलको ६८ मिनेटमा पुलिसका जुमानु राई गोल किपरमात्रै भएको अवस्थामा गोल गर्नबाट चुक्नुभयो ।

यता झापाका तर्फबाट खेलको ९ औं मिनेटमा निरोज बस्नेतको क्रसपासमा अभिशेष लिम्बुको प्रहार गोल पोस्टबाट बाहिरिन पुग्यो । खेलको ३२ औं मिनेटमा झापाका रोजिन माझिको प्रहार थोरै गोलपोष्टमाथिबाट बाहिरिंदा बरावरी गोल गर्नबाट चुक्नुभयो । खेलको ४३ मिनेटमा झापाका मिलन राईको हेड पुलिसको थोरैमात्र गोलपोष्टमाथिबाट बाहिरियो । यसैगरि, ४५ आंै मिनेटमा झापाका योगेशको पासमा अभिषेक गुरुङको प्रहार पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाउनुभयो ।
प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका सौजन्य सुब्बा हुनुभयो । उहाँ?

प्रतिक्रिया