अमेरिकामा स्बास्थ्य बिमा छनौट कसरी गर्ने !

महेश भट्टराई ,मेरिल्याण्ड, २०७६ कार्तिक १९ गते ०:५६ मा प्रकाशित

Tips for choosing Health Insurance

Open enrollment 2020

November 1st to December 15th 2019.

Trump ले Obama health care plan २०१९ मा cancel गरे पछि Medical Insurance अनिबार्य गरेको छैन अर्थात Tax file गर्दा जरिबाना तिर्नु पर्दैन । तर केहि राज्यले भने आफ्नै नियम लगाएको छ ।

सामान्य insurance companies ले नाम जे दिए पनि Insurance तिन प्रकारका हन्छन ।

१ Basic plan – कम प्रिमियम , कम कभरेज
२ Standard – मध्य प्रिमियम र ठिकै कभरेज
३ Premium – धेरै प्रिमियम र धेरै कभरेज

छनौटको आधार :

१ मुख्य बिषय बिमा किन किन्दै हुनुहुन्छ ? आबश्यकता किन र कति हो ? गत बर्ष कति प्रयोग भयो ? कति बिरामी हुनुहुन्छ ? गत बर्षको डाक्टर र प्लान संग कति सन्तोष हुनुहुन्छ ?

२ प्रिमियम – by weekly वा monthly हो ? बर्षमा कति बुझाउनु पर्छ ? कभरेज के मा कति छ ? Dr visit, prescription, Co pay, diagnostic, deductible कति हो ?

३ बजारमा भएका plans को बारेमा राम्ररी बुझ्नुस र सोध्नुस – HMO, PPO

४ Out of pocket cost : co- pay, co-insurance, deductibles, Annual maximum cost बारेमा बुझ्नुस !

५ Plan of coverage benefits- के कति कभरेज हुन्छ र के कति स्बास्थ्य समस्याहरू कभरेज भित्र पर्दैन वा कति प्रतिशत मात्र कभर गर्छ बुझ्नुस !

६ Travel गर्दा अर्थात out of state or country जादा वा Emergency पर्दाको के कति कसरी कभर गर्छ बुझ्नुस !

७ Prescription drugs- copay, co-insurance र exclusive बारेमा बुझ्नुस !

८ Dental, vision, Mental health and chronic health care coverage बारेमा बुझ्नुस
क्यान्सर, Dialysis, दिर्घ रोगको कभरेज बारेमा पनि बुझि राख्नुस !

थप जानकारी :

१ भाषाको समस्या भएमा दोभासे निशुल्क पाइन्छ !

२ मन नपरे कुनै पनि समयमा डाक्टर फेर्न सकिन्छ ।

३ मागेमा सबै Medical record- lab, x-ray, diagnosis को कपि निशुल्क दिनु पर्छ।

४ छोराछोरी लाई Family plan मा २६ बर्ष सम्म संगै राख्न सकिन्छ !

५ बर्षमा एक पटक Full health check up र preventative Treatment सबै जसो Insurance ले फ्रि मा कभर गर्छ !

६ Dental र Eye exam बर्षमा दुई पटक regular check up र preventative treatment cover गर्छ !

७ Eye/Dental उपचार University/College Teaching hospital हरूमा बिध्यार्थिहरूले फ्रि वा कम रकममा उपचार गर्ने गर्छन !

Know key Terms:

१ Premium – ईन्सुरेन्सको लागि प्रत्येक महिना तिरिने रकम

२ Deductible – हरेक बर्ष मेडिकलको लागि तिर्नै पर्ने रकम

३ Co pay – हरेक मेडिकल सेवा बापत तिर्नै पर्ने रकम

४ Out of pocket maximum- एक बर्ष भित्र deductible, copay, coinsurance तिरेको रकम। यो रकम मिट भए पछिको बाबि रकम त्यो बर्षको लागि Insurance company ले तिर्दछ ।

५ Net work – मेडिकल सेवा दिने डाक्टर,हस्पिटल, फार्मेसी र अन्य सेवा दिनेहरूको संलग्न समुह, जसमा रकम कम तिर्नु पर्ने हुन्छ

६ Out of network providers – समूहमा नपर्ने स्बास्थ्य सेबाहरू जसको सेवाको लागि बढि रकम तिर्नु पर्ने हुन्छ ।

७ Co Insurance – तिर्नु पर्ने deductibles तिरे पछि बिमितले तिर्नु पर्ने प्रतिशत रकम

८ HMO – more affordable, Network coverage, Referral requires, less coverage, more restrictions

९ PPO -more flexible, more coverage, higher premium and deductible

१० HSA- Health saving account: Tax नतिरिकन स्बास्थ्य उपचारको लागि मात्र खर्च गर्ने गरि खोलिएको खाता

मेरो सुझाब :

१ यदि रोग लागेको बारेमा मनमा धेरै नै शंका उपशंका छ भने एक बर्षको लागि धेरै प्रिमियम तिरेर राम्रो Insurance लिने र out of pocket maximum पार्ने र सबै Diagnostic test हरू गराउने र अर्को बर्ष बाट सस्तो लिने !

२ यदि तपाई निरोगी हुनुहुन्छ भने Basic plan लिए पनि हुन्छ ।

३ दांत र आंखाको धेरै समस्या छ भने supplemental Insurance लिदा राम्रो !

४ Kaiser Permanente- एउटै ठाऊ बाट मेडिकलका सबै पक्षका सेबा Dr, lab, pharmacy, diagnostic, Emergency, online, 24/7 सेवा दिने हुनाले मलाई मन पर्छ !

५ Online service- per year/ per visit : healthtap.com  घर मै बसेर सस्तो मुल्यमा तपाई video, voice, text द्दारा डाक्टर संग जांच गराउन, lab test, prescription र refers to specialist सक्नु हुन्छ ! $49/visit

६ सबै Insurance companies ले जसरी पनि बिमित लाई मुर्गा नै बनाएको हुन्छ । त्यसैले सधै आफै सचेत भै आफ्नो कभरेज र को पे बुझ्न जरूरि छ !

Standard: Higher the premium- higher coverage, lower the copay, Lower the premium- lower the coverage, higher the copay.
हरेक मानिसको आ आफ्नो सोच, आबश्यकता, आर्थिक अबस्था, स्बास्थ्य अबस्था र खतरा मोल्ने क्षमताको आधारमा मेडिकल बिमा लिने गरेको पाइन्छ !
सबै स्बास्थ्य रहौ ! सधै खुशी साथ बाचौ !

प्रतिक्रिया