युएस च्याप्टर अफ दि ईन्सटिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालको बार्षिक सम्मेलन डिसी क्षेत्रमा हुने
विजय थापा ,डिसी । युएस च्याप्टर अफ दि ईन्सटिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालको बार्षिक सम्मेलन तथा बार्षिक साधारण सभा डिसी क्षेत्रमा हुने भएको छ । डिसी क्षेत्रको भर्जिनियाको भियना शहरमा नोभेम्बर ९ शनिबारका दिन हुने जानकारी अमेरिका शाखाका संयोजक गणेश चन्द्र बानियाले दिनु भएको छ । सम्मेलनको आतिथ्यता अमेरिका शाखाले गर्ने छ ।
यस सम्मेलनको लागि ईन्सटिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद आचार्य आउनु हुने भएको छ भने प्रमुख अतिथिको रुपमा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की आउनु हुनेछ । संस्थाका सदस्यहरु अमेरिकाका बिभिन्न राज्यबाट सहभागिता जनाउने छ ।
एकदिवसीय उक्त सम्मेलनमा ३ चरणका कार्यक्रम तय गरिएको छ । उद्घाटन सत्र ,प्राविधिक सत्र र बन्द सत्र । समुद्घाटन समारोह ९:३० बजे सुरु हुने छ भने अतिथिहरुको आगमन र दर्ता ९:३० देखि १० बजे सम्म गरिने भएको छ । यसै गरि औपचारिक कार्यक्रममा अतिथिहरुका संदेश र शाखाले गरेको क्रियाकलाप आदी ईत्यादीको जानकारी गराइने छ ।
दिवा भोजन समाप्त पछि प्राविधिक सत्र सुरु हुने छ भने उक्त कार्यक्रममा बिश्व अर्थतन्त्रमा नेपालको स्थिति लगायत अन्य महत्वपूर्ण बिषयमा कार्यपत्र प्रस्तुति को साथै बिशेष छलफल हुने कार्यक्रम रहेको छ । प्राविधिक सत्र ३:३० सम्म मात्र रहने छ भने त्यसपछि साधारण सभा र छलफल गरिदै रात्री भोजन साथ एक दिवसीय सम्मेलन समापन हुनेछ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अर्थात इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल विशेष ऐन “नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको नियमनकारी निकाय हो । यसले लेखासम्बन्धी पेशा तथा शिक्षालाई नियमित गर्न नियमनकारी निकायको रूपमा कार्य गर्दछ ।
लेखा प्रणाली संस्थाको व्यापारिक कारोवारको सुचना राक्ने, अभिलेख राख्ने, अभिलेख प्रसोधन गर्ने तथा आर्थिक प्रतिवेदनको माध्यमबाट सम्बन्धित पक्षलाई जानकारी दिने पद्धति हो । आजको युग लेखाको युग हो आजकल लेखा हरेक कुरा र ठाँउ ठाँउमा काम लाग्ने बिषय हो ।
लेखापरिक्षण एक बिशेष परीक्षण हो। लेखापरिक्षण भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ ।
बिश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा राजन थपलिया
अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने
कर घटाऊँ – ठूला नोट र भ्रस्ट्राचार हटाऊँ – के. सी. तथा ओलीलाई बचाऊँ अनि खतिवडालाई निकालौ
अमेरिकाका विश्व किर्तिमानीधारी ठकुरीलाई चौथो र पाँचौ बिश्व गिनीज किर्तिमान प्राप्त ,राजदुत डा कार्कीले गरे सम्मान
ईन्जाले आफ्नो मार्ग चित्र सार्वजनिक गर्यो , ईन्जा र समुदाय बिचको सहकार्यको शूरुवात
चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रममा ‘राईज अप ‘को प्रदर्शनी
सिनेटर कमला ह्यारिसले राष्ट्रपति पदको उम्मेद्वार बन्ने चाहना त्यागिन
नेपाली समाज टेक्सास (एनएसटि)को निर्वाचन डिसेम्बर २८ मा हुने ,सदस्यता लिने अन्तिम मिति डिसेम्बर २१
प्रबाशी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा म्याग्दीका शेरचन चुनिए
व्हाइट हाउस बुधबार हुने न्यायिक समितिको सुनुवाईमा भाग नलिने
प्रतिक्रिया