गायक सुरज कुमार थापाको ‘मेरा सिरानीमा मै ‘गजल ‘सार्वजनिक ,क्यानडाका गीतकार रविमान सिंह बस्न्यातको अवधारणा ,कथा ,निर्देशन

इनेप्लिज २०७६ कार्तिक १५ गते २३:२१ मा प्रकाशित

गायक सुरज कुमार थापाको ‘मेरा सिरानीमा मै ‘गजल ‘सार्वजनिक भएको छ । गीतकार भुपेन्द्र महतको उक्त गजलमा सुरज कुमार थापाको स्वर तथा संगीतमा श्रब्य दृश्य ( भिडियो ) बजारमा आएको हो ।

किरण कँडेलको संगीत संयोजनमा प्रज्ञा साउण्ड एचडी थापागाउँ बानेश्वरमा रेकर्ड (अभिलेखन ) गरिएको हो । गायक थापा कै आफ्नो युट्युब च्यानल मार्फत श्रब्य दृश्य सार्वजनिक भएको हो ।

उक्त गजलमा क्यानडामा बसोबास गर्दै आएका गीतकार रविमान सिंह बस्न्यात र सुगम बस्न्यातको अभिनय रहेको छ । छायांकन भने क्यानडाको टोरोन्टोमा गरिएको हो भने छायाँकन आदित्य बस्नेतले गरेका हुन् ।

गजलको अवधारणा ,कथा ,निर्देशन गीतकार रविमान सिंहले गरेका हुन् । गीतकार/ कलाकार रविमान सिंह बस्न्यात तथा सुगम बस्न्यातको अभिनय बेजोड रहेको छ भने प्रगाढ मायाप्रेम पछिको वियोगमा केटाको पिडा प्रस्तुति गरिएको छ ।

प्रतिक्रिया