बुधबार, मंसिर ४ २०७६
काठमाडौं ०४:३३
वासिङटन डिसी 17:48

तमु धी भर्जिनियाको देउसी-भैलो कार्यक्रम सम्पन्न

विजय थापा २०७६ कार्तिक ११ गते १४:३८ मा प्रकाशित

विजय थापा,डिसी । डिसी महानगर क्षेत्रमा स्थापित तमु धी भर्जिनियाले देउसी-भैलो कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । गत अक्टोबर २७ आइतबारका दिन भर्जिनियाको आशबर्न शहरमा देउसी भैलो खेलिएको हो ।

कार्यक्रममा देउसी भैलो खेल्नुको साथै विभिन्न नेपाली गीतहरुमा नृत्यहरु प्रस्तुति गरिएको थियो । देउसी भैलो खेल्दै संस्थाको लागि मनकारीहरुले दक्षिणा प्रदान गरेका थिए ।

उक्त देउसी भैलोमा कार्यक्रममा महिलाहरु आफ्नो गुरुङ वस्त्रमा सजिएका थिए भने पुरुषहरु दौरा सुरुवाल टोपीमा उपस्थिति रहेका थिए । कार्यक्रममा गुरूंग जातिका खानाका परिकारका सामग्रीहरु सजाइएको थियो । कार्यक्रममा बिशेष सेलरोटी ,नेपाली शैलीको अचार तथा अन्य परिकारका खाना खुवाईएको थियो । तमु धी ले पहिलो पटक देउसी भैलो आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष नन्द कुमार गुरुङले सबैलाई सहभागी हुने सबैलाई धन्यवाद दिएका छन् । गत जुन ९ ,२०१९ आइतबारका दिन ग्रेटर वाशिंगटन तमु समाजको ऐतिहासिक बार्षिक साधारण बाट तमु धी भर्जिनियामा परिणत भएको हो ।

स्मरण रहोस, नन्द कुमार गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मतबाट आगामी ३ बर्षको लागि चयन भएको हो । हाम्रो पैतृक सम्पत्ति ,हाम्रो भाषा र संस्कृति नारा सहित स्थापित भएको संस्थाले विभिन्न महत्वकांक्षी योजनाहरु बोकेर हिडेको छ ।

प्रतिक्रिया