अमेरिकामा कार्यस्थलमा हाजिरीमा झुक्याउछु भन्ने कहिले किन सोच्नु हुदैन ?

विजय थापा २०७६ कार्तिक ९ गते १७:३७ मा प्रकाशित

विजय थापा,डिसी । अमेरिकालाई कसैले झुक्याउन हत्तपत्त सक्दैन । झुक्याएता पनि कालान्तरमा अमेरिकाले फेला पार्दछ । बेलाबेलामा हामी अमेरिकालाई झुक्याएको सुन्छौ । अचानक अमेरिकालाई झुक्याउन खोज्नेलाई समात्यो भन्ने सुन्छौ ।

अमेरिका आए पछि कुनै पनि चिजमा झुक्याउनु हुदैन । अमेरिका अनेक कारणले आएता पनि झुक्याएको छ भन्ने थाहा हुने बित्तिकै कालले छोड्ला अमेरिकाले छोड्दैन ।

नेपालमा हत्या गरेका एक व्यक्तिलाई आँखिर अमेरिकाले सुपुर्दगी गरि छाड्यो । अमेरिकालाई कैयौ बर्ष सम्म झुक्याएका बिन लादेनलाई समेत अन्त्यमा समाती छोड्यो ।

नेपालबाट अमेरिका आएका जो कसैले पनि अमेरिकामा यस्तो हर्कत कहिले गर्नु हुदैन । गरेमा सजाय को भागी आफै हुनु पर्ने छ । अमेरिका हामी कमाउन आएका हौ । हाम्रो भबिष्य र हाम्रा सन्तानका लागि हामी अमेरिका आएका हौ । कुनै पनि चिजमा हामी लोभी हुनु हुदैन । हामी ईमान्दार हुनु पर्छ । अलिकति पनि लोभ मोह गर्नु हुदैन ।

झन् कार्यस्थलमा हाजिर गर्दा फरक समयमा आएको र केही पैसा आउछ भनि सानो चित्त गरेमा फसिने हुन्छ । अमेरिकामा आए पछि नेपाली रुपैया करोड कमाइन्छ । अमेरिकामा नेपाल जस्तो हाजिर गर्ने चलन हुदैन । यहाँ सबै यन्त्रले गर्छ । यन्त्रलाई झुक्याउने कोसिस कहिले गर्नु हुदैन ।

आफू उपस्थिति भएको सबै सुसांख्य यन्त्र( कम्प्युटर) ले गर्दछ । सबैकुरा यन्त्रले छर्लंग देखाई दिन्छ । यस्ता यन्त्रलाई पनि झुक्याउने मानिस अन्त्यमा फेला पर्दछन । हामीले प्रबन्धक या हाकिमले थाहा पाउदैन भन्ने कदापी सोच्नु हुदैन ।

उनीहरु हामीहरु भन्दा ज्यादै अगाडी हुन्छन । अमेरिका जस्तो देशमा आए पछि करोड हैन अर्ब कमाइने हुनाले लोभ मोहमा फस्नु हुदैन । यसैमा हाम्रो भलाई छ । नेपाल जस्तो हाजिर गरेर बेपत्ता हुने गरेमा पक्राउ पर्दछ । जवाफ दिनु पर्छ । नेपालमा पनि अब त्यस्तो हुदैन किनभने सरकार ,प्रदेश तथा स्थानीय स्तरमै निकै कडा छ । अब पहिलेको जस्तो नेपालमा अवस्था रहेन ।

कारवाही पनि गरेको सुनिन्छ । नेपालमा प्रसाशन भन्दा संचार माध्यमले नै कडा निगरानी र चनाखो हुनाले नेपालमा आफ्नो उपस्थितिमा गोलमाल गर्न अब कठिन छ । तर पनि आफ्ना मान्छे छन् भने जागिर धरापमा पर्दैन । तर अमेरिकामा कही पनि हाजिरीको बिषयमा तलमाथि या गोलमाल या झुक्याउने हर्कत गरेमा जागिर बाट हात धुने निस्चित हुन्छ ।

हाजिरीमा तलमाथि गर्नेहरु प्रसस्त बर्खास्त हुने गर्छन । हाजिरीमा झुक्याउने गरेमा चित्र ग्राहिणी (क्यामरा )ले समेत दुधको दुध पानीको पानी छुट्याई दिन्छ । यसको साथै कार्यस्थलमा पटक पटक बहाना बनाई ढिलो आउने गरेमा पनि कारवाईमा पर्दछन । अनि जागिरबाट निस्कासनमा पर्दछन ।

सपनाको देश अमेरिका आए पछि आफू मेहनत गर्छु ,ईमान्दार हुन्छु ,समयको पालना गर्छु ,झुक्याउने छैन ,आफू र परिवारको भविष्य यही देशमा बनाउछु भन्ने सदैव सोच्नु पर्छ ।

लोभ लालच भन्ने कुरा मस्तिस्क बाट बाहिर निकाली दिनु पर्छ । जे भएता पनि कार्यस्थलमा हाजिरी को बिषयमा मजाक र हल्का लिनु हुदैन ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया