पचास बर्ष पुगे अमेरिकामा किन जानु र मैले के गर्न सकुला कदापी किन नभन्नु ?

विजय थापा २०७६ कार्तिक ९ गते २:०० मा प्रकाशित

विजय थापा ,डिसी । एक अमेरिकी विद्धानले भनेका छन् ,जीवन ४० बर्ष देखि सुरु हुन्छ । अमेरिका आउनु अगाडी लेखक बौलाएका होलान भन्ने लाग्दथ्यो । मानिसको जीवन ४० मा १० जोडे पछि ५० हुन्छ । अर्थात् केही समय अगाडी सम्म नेपालमा ५८ बर्ष पछि कामबाट अवकास/निवृतिभरण पाइन्थ्यो । जीवनको उत्तरार्ध तिर ४० बर्ष देखि कसरी जीवन सुरु हुन्छ होला भन्ने सोच्दथे ।

पछिल्लो समयमा गायक हेमन्त रानाले सुन साहिली चालीस कटेसी रमाउला भन्दा पनि पत्याउन गाह्रो नै भएको थियो । तर यो पंक्तिकारले ४० कटेसी अमेरिका प्रवेश गर्ने अवसर प्राप्त गर्यो ।

यहाँ आए पछि अनि लाग्यो ,अमेरिकामा ५० बर्ष पछि आए पनि जीवनमा प्रगती ,उन्नति ,कमाई र परिवारको भबिष्य बनाउन ठूलो भूमिका निर्वाह गर्न सकिने रहेछ भन्ने व्यावहारिक रुपले भुक्तभोगी भैयो । अनि जीवन ४० बर्ष देखि सुरु हुन्छ भन्ने अमेरिकी लेखकलाई सम्झना गरायो ।

अनि हेमन्त रानाले गएको सुन साहिली चालीस कटेसी रमाउला भन्ने गीत यथार्थता जस्तो लाग्दछ । अर्थात् अमेरिकी द्रुत गतिको जीवन शैली ,शरीरलाई पर्याप्त काममा लगाउने जुन पद्धति रहेको छ त्यसले आत्म सन्तुष्टिको दिने र दिर्घजिवी देश अमेरिका रहेछ भन्ने लाग्यो ।

अमेरिका ५० बर्ष पछि आएता पनि थप २० बर्ष सम्म निरन्तर काम गर्न सकिने रहेछ जस्तो भान हुने गर्छ । ५८ बर्षमा आफू अवकास भए ,जीवनको उत्तरार्धमा पुगेको जस्तो अनुभुति नेपालमा हामी कैयौलाई लागेता पनि अमेरिकामा आफ्ना मान्छे छन् र कोसिस गर्दा हुने छ भने अमेरिकाको लागि एक पटक आउने प्रयास गर्दा राम्रो होला भनि यो पंक्तिकार यहाहरुलाई उत्प्रेरणा गर्न चाहन्छ ।

हामी सबैले बुझ्नु पर्ने कुरा नेपालमा ४० -५० बर्ष या ५० -६० बर्ष पुगेता पनि स्वास्थ्यले साथ दिएको छ भने अमेरिका आउन सकिने अवस्था छ भने कोसिस गर्न पछि हट्नु हुदैन । केवल २० -२५ या २५- ३० सम्मका बिधार्थी मात्र अमेरिका गए राम्रो हुन्छ भन्ने सोचाई हामी धेरैको हुन्छ । तर अमेरिकामा त्यसो हुदैन । उमेर लिङ्ग धर्म जात आदिले रोकावट कदापी हुदैन । बिधार्थी भन्दा यी उमेरकाले प्रगति उन्नति गरेका कैयौ उदाहरण छन् ।

यति बर्ष उमेर भएकाले मात्र जागिरमा निवेदन दिनु भन्ने अमेरिकामा हुदैन । नहुने भने चाही हुदैन तर अधिकांशमा उमेर आदी ईत्यादीले रोक्दैन । ४०-५० बर्ष उमेरमै बुढो या बुढी भए काम गर्न सक्दिन भन्ने पनि पनि सोच्नु हुदैन ।

अघि भने झैँ मानिसको जीवन ४० बर्ष देखि बल्ल सुरु हुन्छ र मान्नु पर्ने भएको छ । अमेरिकामा कम्तिमा पनि नेपालको भन्दा वातावरण ,खानपिन र स्वास्थ्य बिमाको कारण १० बर्ष कान्छा/कान्छी देखिन्छन ।

हामी ४० /५० पुग्न लागेका हौ किन अमेरिका जाने भन्ने शब्द पनि ननिकाल्नु नै राम्रो । अमेरिकामा ५० बर्षमा भर्खर कै युवा मानिन्छ । हुन्छन पनि देखिन्छन पनि । केवल ७० देखि माथि ७५ बर्ष सम्म पुग्दा अलिक बृद्ध हो कि जस्तो भान हुन् सक्छ ।

अमेरिकामा स्वास्थ्यमा निकै संबेदनशील भएकोले मानिस फूर्तिला हुन्छन । अन्य सबै भन्दा ठूलो कुरा काम गर्ने बानीको कारण अमेरिका आएका मानिसको आयू त्यसै बढ्छ । किनभने कहिले न कमाउने ले पनि डलर कमाए पछि यति सन्तोष हुन्छ कि त्यसको बयान नै गर्न सकिदैन ।

मन सन्तुष्ट भए पछि आफू स्वस्थ हुइञ्छ । शरीर स्वास्थ्य भए पछि फूर्ति आउछ । फूर्ति आए पछि कमाईन्छ । डलर कमाए पछि के चाहियो त ? हामी ४० -५० हुदैमा कहिले बृद्ध या बुढो भैयो भन्ने सोच्नु हुदैन ।

नेपालमा प्राप्त गरेको अनुभव शीप छ भने आउनु होस् अमेरिका । अमेरिकाले यहाँलाई मात्र हैन सबै परिवारलाई जीवन बनाई दिन्छ । ६० बर्ष भएता पनि अमेरिका आउने बाटो भयो भने आउनुस यो पंक्तिकार सत प्रतिसत सिफारिस गर्दछ ।

नेपालमा ४० देखि ५५ या त्यही आसपासका उमेरकालाई अमेरिका गएर दुख पाउछ्स र यो उमेरमा किन अमेरिका जानु भनि निरुत्साहित पनि गरिन्छ । किनभने अमेरिकी जीवनको स्वाद उनीहरुलाई थाहा हुदैन । सतह भित्र नगई आफै भनेका हुन्छन ।

यो पंक्तिकारलाई पनि ४० कै उमेरमा अब दिन सकिए के जान्छन अमेरिका भनि राय परामर्श नदिएका भने होईनन । तर त्यसो भनि रहदा आफू बुढो नै झैँ लाग्दथ्यो । तर अमेरिका आए पछि छर्लंग भैयो । नेपालमा आफू केवल ४० जोडको उमेरको अवस्थामा नजानु भनि उत्प्रेरणा पनि गर्न भ्याए । तर अमेरिका आए पछि नेपालको सोचाई र अमेरिका आए पछि आकास जमिनको फरक पाइयो ।

अमेरिकामा हरेक काममा समान अवसर हुन्छ । ४० या ५० या ६० बर्ष देख्ने बित्तिकै बृद्ध या बुढो या बुढी भएको कारण अस्विकार भन्ने चिज नै हुदैन । अमेरिकामा जति अनुभव त्यति माँग ।

नेपालमा बसेर ४० देखि ५५ या ६० बर्षका लाई अमेरिका जाने बिषयमा दिल खोलेर प्रोत्साहन गर्न यो पंक्तिकार सिफारिस गर्दछ । माथि उल्लेख गरेका उमेर भनेकालाई अमेरिका अवसरको भूमि हो जानु भनि सिफारिस गर्न यो पंक्तिकार आग्रह गर्दछ ।

तसर्थ नेपाल मै बसेर र कुरा नबुझी यो उमेरका मानिस प्रति नकारात्मक सुझाव सल्लाह नदिनु नै उचित हुन्छ । आफू र आफ्ना परिवारका लागि जीवन बन्न सक्ने सम्भावना देख्नु हुन्छ भने कोसिस भने गरौ ।

आउन पाउन नसक्नु या अमेरिकी दुताबासले प्रवेशाज्ञा न दिनु भनेको पृथक कुरा हो । तर उमेरले अमेरिका छेक्दैन । यो उमेरमा अमेरिका के जानु ? किन जानु ? गएर के गर्नु भन्ने कुरा जरा देखि नै निकाल्नु पर्छ । कोसिस गरौ । भाग्य चम्कन के बेर ?

यो उमेरका मानिसले उदाहरण रुपमा काम गरेका छन् । जीवन बनाएका छन् । परिवार ल्याएका छन् । एक पटक ठण्डा दिमागले सोचौ । अमेरिका आऔ ।

अस्तु

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया