शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०६:३५
वासिङटन डिसी 19:50

म्यानमारसित मैत्रीपुर्ण खेल खेल्न नेपाली फुटबल टोली कतारमा

करिम बक्स मियाँ, २०७६ कार्तिक ७ गते ११:३० मा प्रकाशित

करिम बक्स मियाँ, दोहा –कतार फुटबल एसोसिएसनको निमन्त्रणामा म्यानमारसित मैत्रीपुर्ण खेल खेल्न यु २३ समुहको नेपाली फुटबल टिम कतार आईपुगेको छ ।

आगामी डिसेम्वरमा नेपालमा आयोजना हुनगई रहेको सागको तयारीकालागी नेपाली टिम जुटेको हो । सोही तयारी स्वरुप नेपाली टोली म्यानमारसँग मैत्रीपूर्ण खेलको लागि कतार आएको टिमका प्रशिक्षक बाल गोपाल महर्जनले जानकारी दिएका छन्।

कतारको स्थानिय समय अनुसार २५ अक्टुबर शुक्रबार बेलुकी ६ः३० बजे नेपाल र म्यानमारविच खेल दफ्नास्थित कतार स्टेडियममा हुने महर्जनले जानकारी दिए ।

उत्त, खेल हेर्नलाई शुल्क नलाग्ने हुदा कतारबासी नेपाली दर्शकहरुलाई टिमको हौसला बढाउन खेल हेर्न आउन नेपाली टोलीका प्रशिक्षण महर्जनले आग्रह समेत गरेका छन ।

तस्वीर सौजन्य : गोल नेपाल बाट

प्रतिक्रिया